Stories by Prakash Aryal on Medium
शुक्रबार बिहान टिकट क्लर्कले हातमा टिकट थमाईदिए पछि बल्ल ढुक्क भयो यसपाली चैं पुनहिल जाने नै भइयो भनेर।
साँझ ६:१५ को गाडी भनेर टिकटमा लेखेको हुनाले पौने छ बजे तिर नै बसपार्क पुगेका थियौं सुशिल र म। गाडी कतै नदेखेपछि काउण्टरमा गएर बुझ्दा गाडीको तेल सकिएर तेल खोज्न पेट्रोल पम्प तिर गएको छ पो भने। तेल नै नभएको गाडीको टिकट काटिदिए पनि दोष नाकाबन्दीलाई दिने निश्चितप्राय थियो।
आधा घण्टा जति पछि गाडीको साहुजी आएर भने तेल पाइएन, अब ब्ल्याकको खोज्ने हो, पाए जाने हो नपाए गईंदैन। एक चोटी खंग्रङ्ग भइयो यसपाली पनि जान पाईंदैन क्याहो भनेर। निराश भएर मोदीलाई मनमनै गाली गर्दै थिएँ, काउण्टरमा खबर आयो गाडीले ब्ल्याक मार्केटबाट तेल पाएछ।
साढे सात तिर बसपार्कबाट हिँडेको गाडी ९ बजे तिर बल्ल थानकोटबाट ओराली लाग्यो। भोली दिन भर हिँड्नु पर्ने भएकाले रातभर गाडीमा निदाउनै पर्ने बाध्यता थियो। पुराना पुराना नेपाली र हिन्दी फिल्मका गीत बज्दै थिए बसमा। मुग्लिन पारी कतातिर खाना खान रोकेपछि रफ़्तारमै कुदिराको थियो बस। जिन्दगानी फिल्मको “माया नै माया छ.. ” भन्ने गीत हेर्दै गर्दा निदाएछु जस्तो लाग्छ।
पाँच बजेतिर आँखा खुल्दा गाडी रोक्किराखेको जस्तो लाग्यो। मान्छेको कल्याङ्गमल्याङ्ग पनि सुनिंदै थियो। कहाँ आइपुगियो भनेर सोध्दा नारायण दाईले हेम्जा हो क्यारे भन्नुभयो। किन रोकेको भनेर बुझ्दा त तेल सकिएर गाडी २ बजे देखि नै त्यंही रोकिएको रैछ। त्यति मात्रै होइन, तेल लिन भनेर हिँडेको ड्राइभर खलासी पनि फोन स्विच अफ गरेर गायब भएका रैछन्। सबै यात्रु मिलेर गाडीको साहुजीलाइ कराउंदै थिए।
साढे छ बजे सम्म पनि तेल र ड्राइभर नआउने छाँटकाँट देखेपछि हामी अर्को गाडी रोकेर जाने निधो गर्यौं। सीट त के पाउनु भित्र उभिने पनि ठाउँ नभएपछि छतमा बसेर गयौं हेम्जा बाट नयाँ पुल सम्म। छतको यात्राभर वारी पारीका दृश्य र बेला बेलामा देखिने सेता हिमश्रृंखलाले लोभ्याउँदै थिए।
नयाँपुलमा खाजा खाँदै गर्दा भेटिएका एकजना शेर्पा दाई ले आजै घोरेपानी पुग्न त गाह्रै हुने भएकाले माथी सम्म जीपमा जान सल्लाह दिनुभयो। जम्मा ९ किमी माथी सम्म जाने रैछ जीप। अनि भाड़ा चैं ३०० रे, नाकाबन्दीले गर्दा। फेरी एकचोटी मोदीलाइ गाली गर्दै जीपमा चढ्यौं। बिक्रम र म चैं छतमै बस्नुपर्ने भयो। छत त्यही पनि कच्ची बाटो मा, अविश्मरणीय हुने नै भयो।
सुदामे पुगेर खाना खाएपछि हाम्रो हिंडाइ सुरु भयो घोरेपानीको लागी। बाटोमा भेटिएका अरु पर्यटक त भोली बल्ल घोरेपानी पुग्ने भन्दै थिए तर हामी चैं जसरी भए पनि आजै पुग्नुपर्ने बाध्यता थियो।
मोदी खोलाको सुशेली सुन्दै सुन्दै करिब एक घण्टा हिँडे पछि एउटा गज्जब झरना आईपुग्दो रहेछ। गर्मी र पसिनाले भिजेको ज्यान लगेर त्यहीँ झरना मुनि राखदिउँ कि जस्तो लागे पनि हातले पानी छोएको त यति चिसो थियो कि पुरै ज्यान शित्तल भैहाल्यो।
अब सुरु भयो उल्लेरीको उकालो। नारायण दाईले यो उकालो अलि गाह्रो छ रे भन्ने सुन्नु भएको रैछ। ठ्याक्कै भनेअनुसार नै। मध्य दिन, चर्को घाम, ढुङ्गा चिनेर बनाइएको ठाडो बाटो, खच्चड़को गन्हाउने आची र सबै भन्दा त कहिले नसकिने उकालो। यो उकालो पार गर्न टीममा मोटिभेटरको पनि आवश्यकता पर्दो रहेछ। संयोगवश मेरो टीममा म बाहेक सबै जना मोटिभेटर। म त फर्किउँ अब भन्न थालिसकेको थिएँ। तर पुन हिलको कल्पना र त्यहाँ पुगे पछि आउने मज्जाको गन्थन गर्दै, ग्लुकोज पानी पिउँदै ३ घण्टा जतिमा उल्लेरीको उकालो पार गरियो।
हामी बल्ल आईपुगेक थियौ १९०० मि जति मा। घोरेपानी थियो २८०० मि जति मा। अझै ९०० मि उकालो चढ्न बाँकी नै थियो। अलि तेर्सो बाटो देखेपछि ज्यानले नै आनन्द महसुस गर्दै थियो। अर्को एक घण्टा जति जंगलै जंगल तेर्सो तेर्सो हिँड्नु पर्ने रहेछ। खोलाको कल कल पानी बगेको आवाज र चराचुरुंगीको चिरबिर चिरबिर आवाजले यात्रालाइ रामाइलै बनाउँदै थियो। बाटोमा भेटिने झरनाहरुले मन्त्रमुग्ध बनाउँथे। त्यों क्षेत्रमा सामान ओसार्न खच्चड़ प्रयोग हुने हुँदा बाटो भरि नै खच्चड़ सँग जम्काभेट भैरह्यो।
माथी हेर्दा कुहिरोले ढाकिएको एउटा डाँडो देखिन्थ्यो र हाम्रो अन्दाज त्यही डाँडा माथी पुग्नु पर्छ होला भन्ने थियो। उकालो लाग्न थालेपछि कति हाइटमा आइयो सुशील भनेर सोधिरहन्थें। सुशिलले मोबाइलमा बारोमिटर एप हेरेर अघि भन्दा ५० मिटर माथी भन्दा मन खुसी हुन्थ्यो, त्यो भन्दा कम चैं नभने हुन्थ्यो जस्तो लाग्थ्यो। उचाइको हिसाब र अब लाग्न सक्ने समयको अन्दाज छलफल गर्दा गर्दै पनि धेरै नै समय बिताईयो होला। जंगलमा घण्टी बांधेका खच्चड़, भैंसी देख्न थालेपछि लाग्यो मानव बस्ती नजिकै छ र त्यै नै घोरेपानी हुनुपर्छ। उकालो सकिएर एकछिन तेर्सो बाटो हिँड्दै थियौं। निलो टिनका छाना भएका घरको चिम्नी बाट धुवाँ पुत्याउँदै थियो। नजिक जाँदै गर्दा त्यस्ता घरहरु धेरै देखिए। एउटा रंगीचंगी गेट पनि देखिन थाल्यो। त्यसमा लेखिएको थ्यो “Welcome to Ghorepani Poonhill” ए घोरेपानी त आईपुगेछ। मनमा एक किसिमको आनन्द महसुस भयो।
बिक्रम र नारायण दाईले होटल साहुजी सँग कुरा गरेर आउनुभयो। हामी शिखर गेष्ट हाउसमा बसिने भैयो। कोठामा नपुग्दै साहुजी आइपुगे नियम कानून बताउन। बोली चाली बाटै अडकल काट्यौं पक्कै भूपु आर्मी हुनुपर्छ। हो रहेछन्। इण्डियन आर्मी। पाकिस्तान सँग कार्गिल युद्ध हुनु भन्दा केही महीना पहिले रिटायर भएका रहेछन्। चिनेजानेकै कति साथी मरेको तर आफु चैं भाग्यले बाँचेको कुरा भावुक भएर सुनाए। पुन(मगर)हरु व्यापार गर्न नजान्ने भए पनि जेनतेन त्यों क्षेत्रमा होटल चलाएर बस्ने गरेको कुराहरु पनि बड़ो रोचक तरिकाले सुनाए। हामी सँगै यूएसए बाट आएका तीन वटी युवती र दुई जना गाइड दाईहरु त्यों होटलमा बसेका थियौं।
थकाई र सार्है भोक लागेको भएर पनि हो कि खाना असाध्यै मिठो लाग्यो। तर पानी भने सार्है चिसो। कुल्ला गर्न पानी मुखमा राखेको दाँत त सबै झरे कि जस्तो लागेको थियो तर धन्न केही भएका रैनछन्। खाना खाएपछि पनि आगो ताप्दै साहुजी सँग धेरै बेर कुरा गरेर बसियो। जेठो छोरा पढ़ाईमा राम्रो भए पनि ब्रिटिश लाहुरेमा गएको कुरा चित्त बुझेको रैनछ। कान्छो छोरोलाइ सकेसम्म नेपालमै केही गर्न लगाउने हो बाबु भन्दै थिए। तपाईंहरु पनि अरुको देशमा जाने भन्दा पनि यतै केही गर्नु पर्छ भनेर सल्लाह पनि दिए। त्यहाँ को हावा पानी मौसमको कुरा गर्दै जाँदा थाहा भयो मध्य पुष पछि त हिउँ पर्न थाल्छ रे। पानी सबै जमेर ट्वाइलेट पनि जान मिल्दैन रैछ। टुरिष्टहरुलाई समेत ट्वाइलेट पेपर दिएर जंगल तिर पठाउँछौं भन्दै थिए।
पुन हिल बाट ६:३० बजे तिर सूर्योदय गज्जब देखिने हुँदा ५ बजे त्यहाँबाट हिँड्ने सल्लाह गरेर सुत्न गयौं। तर यति चिसो कि बिस्तारा त तात्दै नतात्ने। आज निदाउन सकिदैन कि जस्तो लाग्याथ्यो तर कति बेला निदाईएछ।
मोबाइलको टर्च बाल्दै अँध्यारोमै लाग्यौं पुन हिल तिर। हात चिसोले कक्क्रक हुन थालिसकेका थिए। नाक त आजै झर्छ कि जस्तो महसुस भैराथ्यो। ढुङ्गा चिनेको ठाडो उकालो, स्यांस्यां गर्दै चढ़्यौ। ६:१० तिर डाँडामा पुगेछौं। अँध्यारै थियो तै पनि त्यहाँ त कति धेरै मान्छे जम्मा भइसकेका। सबै सूर्योदय र विशाल हिमालय श्रंखला हेर्न व्यग्र प्रतिक्षामा थिए।
त्यति सबेरै त्यो चिसो डाँडामा पनि चिया त हाम्रो सेवाको लागि तैयार भएर बसेकै थियो। १५० रुपैयाँ को कालो चियाको स्वाद ठिकै मात्रै भए पनि ठीह्राएका हात तताउन भने गज्जब काम लाग्दो रहेछ। चिया खाँदै गर्दा पूर्वी क्षितिजमा सुन्तला रङ्ग भरिन थाल्यो। अँध्यारो र उज्यालोको संगमको रुपमा उभिएको निलो रङ्ग, माथी अस्ताउँदो अन्धकार र तल उदाउँदो सूर्यले छरेको सुन्तला रङ्गको प्रकाश, आहा त्यो दृश्य संयोजन साँच्चै नै अविष्मरणीय थियो।
आकाशको कालो रङ्ग धपाउँदै आएका किरण अन्नपूर्ण हिमश्रृंखलाको पूर्वी पाखामा ठोक्किंदा स्वर्गमा आए जस्तै आभाष हुँदो रहेछ। घामका पहेंला किरण परेर टल्किन थालेका अन्नपूर्ण र धवलागिरि हिमालले त्यो क्षण यति रमाइलो बनाईदिन्छन् कि शब्दमा वर्णन गरेरै सकिंदैन। निलो आकाश र रँगीचँगी हिमाल को दृश्य संयोजन सार्है मनमोहक देखिँदोरहेछ। यसरी हिमश्रृंखलाको मुद्रा हँसिलो बनाईसकेपछि बल्ल सूर्यले पूर्वी क्षितिज बाट दर्शन दिंदोरहेछ। बिभिन्न देश बाट आएका पर्यटक दृश्यावलोकन र पुनहिल बाट देखिने मनमोहक दृश्यहरु आफ्नो क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे।
त्यहाँ बाट हिँड्न त के मन लाग्थ्यो र तर आजै पोखरा पुग्नुपर्ने हाम्रो बाध्यता भएकाले एक घण्टा जति पछि पुनहिल लाइ बाईबाई गर्दै घोरेपानी झर्यौं। खाजा खाइसकेपछि झोला बोकेर बाटो लाग्यौं। अबको हाम्रो गन्तव्य थियो घान्द्रुक। घोरेपानी बाट केहीबेर उकालो लागेपछि फेरी हिमालहरु देखिन थाले। तुषारो परेको हुनाले बाटो सेताम्मे भएको थियो। देउराली डाँडा आईपुग्दा हिमालहरु अझै टल्कको आभाष हुन्थ्यो।
हिजो भन्दा आजको पदयात्रा मार्ग अलि रमाइलो लाग्दै थियो। बाटो भरी घोरेपानी जाने र फर्किने पदयात्रीको घुइंचो नै थियो। हामी त पोखरा नै पुग्ने हो आजै भन्दा विश्वास गर्ने धेरै कम भेटिए। धेरै जसो चैं सकेसम्म घान्द्रुक गएर बस्ने योजनामा हुँदा रहेछन्। केहीबेर तेर्सो बाटो हिँडेपछि ओरालो लाग्न थालियो। घान्द्रुक अलि कम उचाईमा छ भन्ने थाहा पाए अनुसार अब बाटो ओरालो नै होला भन्ने कल्पना थियो तर तल एउटा खोलामा पुगेर बाटो फेरी उकालो लाग्न थालेपछि सपना सबै चकनाचुर भए। एउटा मात्रै होइन टाडापानी सम्म आईपुग्दा त्यस्ता उकाली ओरालीहरु धेरै नै गर्नुपर्दो रहेछ।
कुहिरो लागेको हुनाले हिमाल देखिन छोडिसकेका थिए। बेला बेलामा झुर्लुक्क देख्दा हामी माछापुच्छ्रे हिमालको नजिक तिर हिँडेको आभाष हुन्थ्यो। चकलेट, ग्लुकोज, पानी खाँदै, स्याँ स्याँ गर्दै हिँड्दै। धन्न पानी चैं जता पनि भेटिने। ढुङ्गे, पाइपे, पाते, बोत्तले, सबै प्रकारका धाराहरु पदयात्रा मार्ग भरि भेटिन्थे। बाटोमा पर्ने मनमोहक झरनाहरुले लोभ्याउँथे।
ओरालो बाटो धेरै नै हिंडीसकेकाले अब खुट्टा पनि दुख्न थालेका थिए। तर गन्तव्य टाढैको बनाएकाले दुइ चार मिनेट भन्दा बढी नरोकिनुको विकल्प थिएन। बाटोमा भेटिएका जति मान्छेलाई घान्द्रुक पुग्न कति समय लाग्छ भन्दै सोध्दै थियौं। अलि थोरै समय भन्ने हरु संग खुसी हुन्थ्यो, धेरै भन्नेहरु संग दुखी। जंगल सकिएर अब बिस्तारै घरहरु भेटिन थालेका थिए।
घान्द्रुक आइपुगेको खुसी धेरै बेर टिक्न सकेन किनकि गाडी चढ्ने ठाउँ पुग्न त अझै एक घण्टा हिँड्नु पर्ने रहेछ। कुहिरोले ढाकेको हुनाले माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्ने सपना चै पुरा हुन सकेन। दुखेका खुट्टा खोच्यांग खोच्यांग गर्दै भए पनि एक घण्टा जातिमा राम्चे झर्यौं। त्यहाँ खाजा खाएर पांच बजेतिर जीप चढेर यात्राका तीता मिठा सम्झनाहरु स्मरण गर्दै पोखरा हिड्यौं।
“घर घरमा इन्टरनेट, हात हातमा मोबाइल, मोबाइल मोबाइलमा एनलोकेट “ भन्ने नाराका साथ सुचना प्रविधि वर्ष मनाईदै
नेपाल सरकारले एनलोकेट लाई नेपालको राष्ट्रिय एप घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रीपरिषदको बैठकले सो घोषणा गरेको हो।
सुचना प्रविधिको प्रयोग मार्फत नेपाल भरिका व्यापार व्यवसायहरुको बारेमा आम नागरिकहरुलाई अत्यन्तै सहज तरिकाले जानकारी पुर्याउन महत्वपुर्ण भूमिका खेले वापत एनलोकेटलाई राष्ट्रिय एप घोषणा गरिएको सिंहदरबार श्रोतले जनाएको छ। यसका साथसाथै सम्पूर्ण नेपालीहरुलाई एनलोकेट संजालमा जोड्नको लागी बर्ष २०७२ लाई “घर घरमा इन्टरनेट, हात हातमा मोबाइल, मोबाइल मोबाइलमा एनलोकेट ” भन्ने नाराका साथ राष्ट्रिय सूचना प्रविधि बर्षको रुपमा मनाउने निर्णय गरेको पनि उल्लेख गरिएको छ।
सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नेपालीहरुको प्रतिव्यक्ति आय तथा जीवनस्तर वृद्धि गर्ने उद्देश्यका साथ सबै नेपालीको पहुँचमा वर्षको अन्त्य सम्ममा एनलोकेट पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको हो।
यसका साथै कम्पनी रजिस्ट्रारको कार्यालयलाई हटाएर नेपाल सरकारले सम्पूर्ण व्यवसाय दर्ता प्रक्रिया एनलोकेट बाटै गर्ने तयारी गरिरहेको छ। नेपालभरिका सम्पूर्ण व्यापार व्यवसायलाई डीजीटाइज गर्नुका साथसाथै आम नागरिकलाई आफ्नो वरिपरी उपलब्ध सेवा सुबिधा खोज्न एकदमै सजिलो हुने हुँदा सरकारको यो कदमलाई उद्योग वाणिज्य महासंघ, कम्प्युटर एसोसिएसन नेपाल लगायतका संघ संस्थाहरुले स्वागत गरेका छन्। .. रे भनेर भन्ने दिन पनि आउला नि! आज चै अप्रील फूल मनाएको है :D