Stories by Sthapit Bikkil on Medium
खेलमा राजनीतिक तटस्थताको पाखण्डी भाष्यलाई चिर्दै ग्लोबल साउथको नजरबाट हरेक खेल हेरिनुपर्छ । फुटबलमा जित हार हाेला तर मानवता हार्नदिनु भएन ।
फुटबल कहिल्यै पनि केबल एउटा छालाको बललाई ९० मिनेटसम्म पछ्याउने खेल मात्र थिएन, र हुन सक्दैन। तर आधुनिक पुँजीवादी व्यवस्थाले यसलाई संवेदनहीन मनोरञ्जन र वित्तीय साम्राज्यको यस्तो औजार बनाएको छ, जहाँ कर्पोरेट स्वार्थ र भू-राजनीतिक अपराधहरूलाई लुकाउन ‘खेलमा राजनीति मिसाउनु हुँदैन’ भन्ने पाखण्डी भाष्यको सहारा लिइन्छ। इतिहासको सही दिशामा उभिनु र अन्यायको विरुद्धमा बोल्नु नै खेलको वास्तविक सौन्दर्य हो भन्ने कुरा बिर्सेर जब खेलाडीहरू साम्राज्यवादी र जातीय संहार (Genocide) मच्चाउने शक्तिहरूको मतियार बन्छन्, तब फुटबल भुइँमा पछारिन्छ।
आज यो आलेखमा ग्लोबल साउथ (विश्वकै उत्पीडित र सीमान्तकृत मुलुकहरू) को नजरबाट म्याराडोनाको राजनीतिक चेतना र लियोनेल मेसीको चरम व्यापारिक अवसरवादको समीक्षा गर्दैछौँ, जसले हालैका दिनहरूमा अन्तर्राष्ट्रिय मञ्चमा साम्राज्यवादी र जायोनिष्ट (Zionist) शक्तिहरूसँग घाँटी जोडेका छन्।
म्याराडोनाको आगो र मेसीको कर्पोरेट मौनता
डिएगो म्याराडोना केबल एक फुटबल खेलाडी थिएनन्; उनी उत्तर-औपनिवेशिक चेतना र साम्राज्यवादी विरोधी आन्दोलनका प्रतीक थिए। फिडेल कास्ट्रो र ह्युगो चाभेजसँगको उनको निकटता र क्युबाली क्रान्तिप्रति उनको निष्ठा केवल फेसन थिएन। उनले सधैं प्यालेस्टाइनको न्यायपूर्ण आन्दोलनको वकालत गरे र खुलेरै भने “म मेरो मनमा प्यालेस्टाइनी हुँ।”
यदि आज म्याराडोना जीवित हुन्थे भने, लियोनेल मेसीले गरिरहेका हर्कतहरू देखेर लज्जित हुने थिए। मेसी, जसलाई आजको पुँजीवादी सञ्चारमाध्यमले ‘महान्’ को पगरी गुथाएको छ, उनी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु जस्ता युद्ध अपराधीहरूसँग हात मिलाउन र इजरायली डिफेन्स फोर्स (IDF) सँग जोडिएको सामूहिक निगरानी प्रविधि (Mass Surveillance Equipment) प्रवर्द्धन गर्ने परियोजनाहरूको हिस्सा बन्न हिचकिचाउँदैनन् । जब गाजामा हजारौँ निर्दोष बालबालिकाको कत्लेआम भइरहेको छ, तब मेसी जस्ता प्रभावशाली व्यक्तिले ‘मौन’ बसेर वा जायोनिष्ट एजेन्डाहरूलाई मद्दत गरेर क्रूरताको पक्षपोषण गरिरहेका छन्। मेसी जस्ता खेलाडीले राजनीति र खेल अलग हुनुपर्छ भन्दै गर्दा, वास्तवमा उनीहरू नै खेलमा साम्राज्यवाद र कर्पोरेट प्रभावको सबैभन्दा ठूलो राजनीतिक एजेन्ट बनिरहेका छन्।
अर्जेन्टिनाको नव-फासीवाद र जातिय द्वेष
अहिले अर्जेन्टिनामा जाभियर मिलेइ (Javier Milei) को दक्षिणपन्थी र फासीवादी सरकार छ, जसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले समात्न खोजिरहेका इजरायलका नेतन्याहुले खुलेरै समर्थन र प्रशंसा गरेका छन्। भर्खरै मात्र उपराष्ट्रपतिको तहबाट हालै स्पेनिस फुटबल टोलीलाई लक्षित गर्दै “समुद्रका लुटेरा (Pirates of the sea)” भन्दै रङ्गभेदी र साम्राज्यवादी अहङ्कारले भरिएको टिप्पणी आयो । यसले के देखाउँछ भने अर्जेन्टिनाको वर्तमान राजनीतिक र खेलकुद नेतृत्व कति गहिरोसँग नश्लवाद र नव-औपनिवेशिक मानसिकतामा डुबेको छ।
यस्तो अवस्थामा, विश्वकप वा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता केवल धनीहरूलाई अझ धनी बनाउने र उत्पीडित मुलुकहरूको भावनामाथि खेलबाड गर्ने एउटा विशाल पुँजीवादी बजार बाहेक केही होइन।
साम्राज्यवादी फिफा (FIFA) र अमेरिकाको पाखण्ड
साम्राज्यवादले कसरी खेलकुदलाई आफ्नो इसारामा नचाउँछ भन्ने कुरा हालैको विश्वकपमा अमेरिकाको व्यवहारले प्रस्ट पारेको छ। अमेरिकाले आफू अनुकूल नहुने देशका रेफ्री र खेलाडीहरूलाई भिसा नदिने, र खेलकुदबाटै बहिष्कृत गर्ने जुन नाङ्गो नाच देखायो, त्यो फिफा र साम्राज्यवादी शक्तिहरूको मिलेमतोको प्रमाण हो। सोमालीयाका रेफ्रिलाइ भिसा नदिनु देखि इरानी टिम माथिको घृणित व्यवहार विश्व इतिहासले क्षमा गर्न नमिल्ने दमनहरू हुन् । साना र स्वतन्त्र देशहरूमाथि आफ्नो राजनीतिक एजेन्डा लाद्ने यो औपनिवेशिक हर्कत कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।
नेपाल र गोर्खा भर्ती: चेतनाको संकट
ग्लोबल साउथको एक हिस्साका रूपमा नेपालीहरूले पनि आफ्नो इतिहासलाई गम्भीरतापूर्वक नियाल्न जरुरी छ। फकल्यान्ड युद्ध (Falklands War) मा बेलायती सेनामा भर्ना भएका नेपाली (गोर्खा) सिपाहीहरू अर्जेन्टिनाविरुद्ध लडेका थिए। यसलाई कतिपयले राष्ट्रिय गौरवको रूपमा व्याख्या गर्ने दुष्प्रयास गर्छन्।
साम्राज्यवादी बेलायतले सस्तो श्रमको रूपमा नेपाली युवाहरूलाई भाडाका सिपाही (Mercenaries) बनाएर आफ्नो औपनिवेशिक युद्ध लड्न पठाएको थियो। यो त एउटा साम्राज्यवादी युद्ध मसिहाले गरिब देशको श्रम शोषण गरेको दुःखद वास्तविकता मात्र हो, जसमा गर्व होइन, लज्जाबोध हुनुपर्छ।
Photo courtesy: AP
स्पेनको ऐतिहासिक अडान र लामिन यामालको राजनीतिक परिपक्वता
साम्राज्यवाद र जायोनिष्ट क्रूरताका विरुद्ध अहिले युरोपभित्रै पनि स्पेन एउटा बलियो प्रतिरोधको केन्द्र बनेर उभिएको छ। हालैका दिनहरूमा स्पेनले अमेरिकी युद्धविमानहरूलाई आफ्नो विमानस्थल प्रयोग गर्न अनुमति नदिएर मध्यपूर्वमा साम्राज्यवादी आक्रामक नीतिको साझेदार नबन्ने स्पष्ट सन्देश दिएको छ । प्यालेस्टाइनलाई औपचारिक राज्यको मान्यता दिने स्पेनको साहसिक निर्णय र गाजामा भइरहेको सामूहिक संहारको खुलेर विरोध गर्ने यसको कुटनीतिक अडानले आजको विश्वमा कसरी इतिहासको सही पक्षमा उभिन सकिन्छ भन्ने उदाहरण पेश गरेको छ।
यही राजनीतिक चेतनाको प्रतिबिम्ब स्पेनको युवा पुस्ताका खेलाडीहरूमा पनि देखिनु आशालाग्दो कुरा हो। हालै आफ्नो क्लबको ऐतिहासिक जितपछि युवा खेलाडी लामिन यामाल (Lamine Yamal) ले रंगशालामा प्यालेस्टाइनको झण्डा फहराएर जुन परिपक्वता देखाए, त्यसले खेलक्षेत्रमा नयाँ तरंग पैदा गरेको छ । मेसी जस्ता पाका र कर्पोरेट बजारका कठपुतली खेलाडीहरूले लाखौँ डलरको सम्झौताका लागि मौनता साधिरहँदा, १७ वर्षका यी तन्नेरी यामालले विश्वमञ्चमा उत्पीडित प्यालेस्टाइनी जनताको आवाजलाई प्रतिनिधित्व गरे। यो केवल एउटा उत्सवको क्षण थिएन, बल्कि यो खेलकुदको माध्यमबाट भू-राजनीतिक अन्यायका विरुद्ध उठाइएको एउटा सचेत र परिपक्व कदम थियो। त्यसैले, यो फाइनल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन; यो जायोनिष्ट र फासीवादी सत्ताको संरक्षण गर्ने अर्जेन्टिना र मानवताको पक्षमा उभिने लामिन यामाल जस्ता सचेत खेलाडीहरू भएको स्पेनबीचको वैचारिक लडाइँ पनि हो। सचेत समर्थकहरूले अब कहाँ उभिने भन्ने निर्णय लिन ढिला गर्नु हुँदैन — Vamos Spain!
निष्कर्ष: इतिहासको कसिमा फुटबल र हाम्रो ऐक्यबद्धता
फुटबलमा कसले ट्रफी उचाल्यो भन्ने कुरा समयसँगै तथ्याङ्कमा सीमित होला, तर इतिहासको संकटपूर्ण घडीमा कुन खेलाडी र कुन देश कहाँ उभियो भन्ने कुरा मानव चेतनामा सधैं जीवित रहन्छ। मेसीले जतिसुकै जादुमयी खेल देखाए पनि, जायोनिष्ट र साम्राज्यवादी शक्तिहरूसँगको उनको साठगाँठले म्याराडोनाको विद्रोही विरासतलाई कलंकित बनाएको छ। ग्लोबल साउथ र विशेषगरी नेपाल जस्ता उत्पीडनको इतिहास भोगेका देशका नागरिकहरूका लागि खेलको अन्धभक्त हुनुभन्दा इतिहासको सही पक्षमा दृढतापूर्वक उभिनु धेरै महत्त्वपूर्ण छ। कर्पोरेट पुँजी र साम्राज्यवादी युद्ध मसिहाहरूको इसारामा नाच्ने आधुनिक फुटबलको यो पाखण्डी रूपलाई चिर्न अब हामीले लामिन यामाल जस्ता सचेत खेलाडी र प्यालेस्टाइनको पक्षमा उभिने स्पेन जस्ता मुलुकहरूको पक्षमा ऐक्यबद्धता जनाउनै पर्छ। हाम्रो समर्थन केवल खेलका लागि होइन, मानव मुक्ति र न्यायपूर्ण विश्वका लागि हो।
रवीन तामाङ, इन्द्र बहादुर राई र गणेश नेपालीको बलिदानबाट व्यवस्था परिवर्तनको अन्तिम अध्याय सुरू होस्
सत्र वर्षको रवीन तामाङ । थापाथलीको सुकुमवासी बस्तीमा हुर्केको एउटा किशोर, जसले आफ्नै घर डोजरले भत्किने दृश्य देख्यो, र त्यही रात शौचालयभित्र पासोमा झुण्डिएर संसार छाड्यो । एकसठ्ठी वर्षका इन्द्र बहादुर राई। खोटाङबाट काठमाडौं आई बगमती किनारमा दशकौं बसेका ज्येष्ठ नागरिक, जो बस्ती भत्किएको केही दिनमै बगमतीमा बगेको भेटिए । र पच्चीस वर्षका गणेश नेपाली — मुगुबाट रोजगारीको सपना बोकेर काठमाडौं आइपुगेका, दैनिक भाडाको मोटरसाइकलमा राइडशेयर चलाएर परिवार पाल्ने युवा — जसलाई पासपोर्ट विभाग अगाडि पाङ्ग्रा बन्द (व्हील लक) गरिँदा प्रहरीसँगको विवादपछि आफैंलाई आगो लगाउनुपर्ने ठाउँमा पुर्‍याइयो। तीन जना, तीन उमेर, तीन पेशा — तर एउटै वर्गीय नियति।
यी तीनै मृत्युलाई राज्यले व्यक्तिगत निर्णय, मानसिक तनाव, वा दुर्भाग्यपूर्ण घटना भनेर पन्छाउन खोज्छ। तर यी न व्यक्तिगत कमजोरी हुन्, न संयोग — यी संरचनात्मक हिंसाका उत्पादन हुन्। जब राज्य नै श्रम बेचेर बाँच्नेहरूको न्यूनतम बाँच्ने आधार खोसिदिन्छ, र त्यसमाथि जरिवाना र डोजर थोपरिदिन्छ, त्यो मृत्यु आत्महत्या होइन — त्यो राज्यद्वारा गरिएको वर्गीय हत्या हो।
बस्ती किन थियो, र किन भत्कियो
रवीन र इन्द्र बहादुर बस्नेहरू जग्गा कब्जा गरेर मोजमज्जा गर्न बसेका थिएनन्। तिनीहरू त्यहाँ बसेका थिए किनभने पूँजीवादी सहरीकरणले तिनीहरूलाई कतै ठाउँ दिएन। गाउँमा जमिन थिएन, सहरमा घर किन्ने पूँजी थिएन। बगमतीको किनार, थापाथली, बल्खु — यी ठाउँ तिनीहरूका लागि अतिक्रमण थिएनन्, यी दुर्गन्धित खोला किनारहरू यही व्यवस्थाको फोहोर सफा गर्ने, इँटा बोक्ने, घर बनाउने ज्यालादारी श्रमिकहरूको एक मात्र सम्भव आश्रय थियो ।
अनि जब राज्यले सुन्दर काठमाडौं, सफा बगमती सभ्यता, व्यवस्थित सहरहरू भन्दै बर्बर बुल्डोजर चलायो, त्यसले वास्तवमा के गर्‍यो? यसले जग्गाको बजार मूल्य बढायो, नदी किनारलाई पूँजीका लागि विकासयोग्य बनायो, र गरिबको छाप्रोलाई पूँजीको दृष्टिबाट बाधा ठहर्‍यायो । यही नै हो पूँजीवादी सहरीकरणको मूल तर्क — सहर सुन्दर बनाउनु भनेको सहरलाई पूँजीका लागि लाभदायक बनाउनु हो, त्यहाँ बस्ने गरिबका लागि बासयोग्य बनाउनु होइन । सौन्दर्यीकरण शब्दले नै जनमानसमा भ्रम छर्छ । कसको लागि सुन्दर? पर्यटकका लागि? लगानीकर्ताका लागि? वा रियल इस्टेटका लागि? वा कुनै वैदशिक लगानीको स्वप्नील बगैंचा प्रजेक्टका लागि? सौन्दर्यीकरण त्यही जमिनमा दशकौं बाँचेको श्रमिक वर्गका लागि कदापी थिएन, होइन ।
राज्यले सेना, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरेर, पत्रकार र मानवअधिकारकर्मीलाई समेत छेकेर बस्ती भत्कायो । कुनै वैकल्पिक बासको ग्यारेन्टी बिना, कुनै पुनर्वासको ठोस योजना बिना । जुन गति र बल प्रयोग युद्धमा हुन्छ, त्यही गति र बल आफ्नै भोका नागरिकविरुद्ध प्रयोग गरियो । यही असंगति हो — जब सिंहदरबार डढ्यो, सेना मूकदर्शक बस्यो तर जब गरिबको छाप्रो भत्काउनुपर्‍यो, सेना नै अगाडि सरेर सर्वेक्षण र भत्काउने काममा जुट्यो । राज्यको बल कहाँ प्रयोग हुन्छ र कहाँ हुँदैन, त्यसैले नै वर्ग–चरित्र छर्लंग हुन्छ।
जरिवानाको राजनीति : गरिबीलाई अपराधीकरण
गणेश नेपालीको कथाले अर्को तह देखाउँछ — बस्ती भत्काउने मात्र होइन, दैनिक रोजीरोटीमै दण्डको संयन्त्र । गणेश दिनको केही सय, बढीमा एक–डेढ हजार कमाउने राइडशेयर चालक थिए । त्यसमाथि बाइकको तीन लाख ऋण तिर्दै थिए । मोटरसाइकलमा लगाइएको ताला हजार रुपैयाँ जरिवाना तिरेपछि मात्र छुट्ने भनियो — यही सामान्य प्रशासनिक विवाद अन्ततः उनको ज्यानसम्म पुग्यो ।
यहाँ नियम आफैंमा गलत होइन — सडक व्यवस्थापन, ट्राफिक नियम आवश्यक नै हुन्। तर प्रश्न यो हो कि दण्डको तह कसको आम्दानीको आधारमा तय भएको छ? जुन दण्डको उद्देश्य सुधार हुनुपर्ने हो, त्यो वास्तवमा आतंक र अपमानको संयन्त्र बनेको छ । यस्तो व्यवस्थाले के भन्छ भने — तिम्रो गल्ती होइन, तिम्रो गरिबी नै सजायको लायक हो । जुन “गरिब भएर मर्नु तिम्रै गल्ती हो” भनेर ठालू पल्टेका गृहमन्त्रीले दिएको आकाशवाणी थियो ।
यो ठ्याक्कै त्यही तर्क हो जसले विश्वभर अनौपचारिक श्रमिक — रिक्सा चालक, भरिया, राइडसेयर चालक — लाई व्यवस्थाको बाधा ठान्छ, अर्थतन्त्रको मेरुदण्ड ठान्दैन । यिनै मानिसहरूले नै त सहरलाई चलायमान राख्छन् — गुड्ने सहारा, सफा बाटो, हरेक ढोकामा खाना, हरेक कुनामा यातायात — तर जब यिनै मानिसहरू व्यवस्थित पार्किङ, सामाजिक सुरक्षा, न्यूनतम आम्दानीको ग्यारेन्टी माग्छन्, राज्यसँग बजेट हुँदैन । तर तिनैलाई ताल्चा लगाउन, जरिवाना उठाउन, डोजर चलाउन भने राज्यसँग जनशक्ति र स्रोत दुवै तुरुन्तै भेटिन्छ । र सरकारी बिदा पारेरै सबैकाम फत्ते गर्छन् । यही हो वर्गीय राज्यको वास्तविक प्राथमिकता — पूँजी र सम्पत्तिको संरक्षण पहिले, जीवितको मर्यादा पछि ।
संरचनाले सिर्जना गरेको बेवारिसे पीडा
गणेशका दाजुले भनेका थिए — यो सबै राज्यले गरेको हो। यी उनका अन्तिम शब्द थिए । रवीनले आफ्नै घर भत्किएको हेर्नुपरेको थियो । इन्द्र बहादुरले उमेरको यो साँझमा फेरि बेघर हुनुपरेको थियो । तीनैजनाको मृत्युअघि एउटा साझा अवस्था थियो — निरन्तर असुरक्षा, अपमान, र भविष्यको पूर्ण अनिश्चितता ।
गरिबीमा बाँच्नु भनेकै दैनिक मानसिक यातना हो । भोलिको छाक कता आउँछ, भाडा कसरी तिरिन्छ, ऋण कसरी चुक्ता हुन्छ भन्ने चिन्ताले लगातार पिँधिरहनु यसको दैनिकी हो जसबारे राज्यलाइ कुनै हेक्का छैन । पूँजीवादी व्यवस्थाले यसलाई व्यक्तिगत डिप्रेसन वा मानसिक कमजोरी भनेर व्यक्तिकरण गर्छ, तर वास्तवमा यो सामाजिक–आर्थिक संरचनाले उत्पादन गरेको सामूहिक पीडा हो ।
नेपालको राज्य संयन्त्रमा गरिब, अनौपचारिक श्रमिक, विस्थापित बस्तीवासीका लागि कुनै मनोसामाजिक सहयोग प्रणाली छैन। होल्डिङ सेन्टरमा राखिएकाहरूले खाना र आवासको अभावसँगै मानसिक र शारीरिक स्वास्थ्य समस्या भोगिरहेका छन् भन्ने गुनासो सार्वजनिक भइसकेको छ, तर त्यसको सम्बोधन गर्ने कुनै संस्थागत संयन्त्र छैन । बरू बस्ती खाली गराएर राज्यका हँसिला पात्रहरू निमुखा सुकुम्बासीका बच्चाहरू जम्मा गरेर क्यामेरामा क्रुर प्रश्न तेर्स्याउँछ — तिमी भविष्यमा के बन्ने? कस्तो भद्दा मजाक गरिन्छ बाल मानसिकता माथि ।
राज्यसँग बुल्डोजर छ, ताल्चा छ, जरिवानाको दर तय गर्ने ऐन छ — तर संकटमा परेको नागरिकको अपिल सुन्ने, फोन उठाउने, उसको समस्या सुन्ने, उसलाई साथ दिने कुनै संयन्त्र छैन । यो अनुपस्थिति नै राज्यको वर्ग–चरित्रको अर्को प्रमाण हो । दमनका लागि पूर्ण रूपले सुसज्जित तर संरक्षणका लागि पूर्ण रूपले अनुपस्थित ।
कसले तिर्नुपर्छ यो मूल्य?
जेन–जी आन्दोलनमा ७६ जना मारिँदा, जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि तोकियो । ठिक हो । सोही तर्कले, थापाथली र बल्खुका मृत्युको जवाफदेहिता वर्तमान प्रधानमन्त्री तथा गृहमन्त्री पदमा रहेकैमाथि पर्नुपर्छ । र गणेश नेपालीको हकमा — मानिस व्यक्तिगत छनोटले मरेको होइन, नगरमा तैनाथ पुलिस बलले सिर्जना गरेको अवस्थामा मरेको हो । त्यही महानगरपालिकाका हिकमले तीन वर्षअघि यस्तै प्रेम आचार्यको घटनालाई राज्यको सम्पूर्ण असफलता भनेका थिए । आज सत्तामा पुगेपछि त्यही जिब्रो मौन बसेको छ । बिपक्षमा हुँदा हरेक त्रासदी पुरानो सत्ताको दोष देखिन्छ । सत्तामा पुगेपछि, प्रणालीको असफलता आफ्नै मुखबाट स्वीकार्न गाह्रो हुन्छ । यो नै हो सत्य कि शक्ति सधैं कमजोरप्रति निर्मम हुन्छ । र त्यो निर्ममता पार्टी वा व्यक्ति नबदली, सत्ताको संरचना नबद्ले सम्म दोहोरिइरहन्छ ।
जवाफदेहिता भनेको एक कमिटी बनाएर, तीन जना कर्मचारी सस्पेन्ड गरेर, वा परिवारलाई क्षतिपूर्ति दिएर सकिने विषय होइन । साँचो जवाफदेहिता भनेको त्यो संरचना नै बदल्नु हो जसले बारम्बार गरिबलाई यस्तो कुनामा पुर्‍याउँछ जहाँ आगो लगाउनु वा नदीमा हाम फाल्नुबाहेक अर्को उपाय नै नदेखियोस् ।
यो श्रमिकले बनाएको सहर हो
१. डोजरभन्दा पहिले पुनर्वास: कुनै पनि बस्ती हटाउनुअघि वैकल्पिक बास, जग्गा वा आवासको ठोस, कार्यान्वयनयोग्य योजना अनिवार्य गरिनुपर्छ । सार्वजनिक जग्गा फिर्ता लिने अधिकार सरकारसँग होला, तर त्यहाँ दशकौं बसेका नागरिकलाई अपराधी वा अतिक्रमणकारीको दृष्टिले हेर्ने अभ्यास बन्द हुनुपर्छ — किनभने उनीहरूलाई त्यहाँ पुर्‍याउने पनि यही व्यवस्थाकै असफलता हो ।
२. दण्ड होइन, आम्दानी–सापेक्ष व्यवस्थापन: जरिवानाको दर आम्दानीसँग सापेक्ष हुनुपर्छ । ताल्चा बोकेर शक्तिको उन्माद देखाएर द्वन्द्व निम्त्याउनुभन्दा डिजिटल क्यामेरा र ई–चालानजस्ता प्रणालीले तत्काल टकराव हुने अवस्था हटाउन सकिन्छ ।
३. अनौपचारिक श्रमिकलाई कानुनी मान्यता: राइड–सेयर चालक, दैनिक ज्यालादारी — यिनीहरूलाई हटाइनुपर्ने समस्या भन्दा सहरको अर्थतन्त्रको आधार भनेर मान्यता दिने कानुन बन्नुपर्छ । निश्चित क्षेत्र र समय तोकेर व्यवस्थित गर्न सकिन्छ, सधैं लखेट्ने बिरालो–मुसाको खेल चलाइरहनु पर्दैन । कहाँ गल्ती गर्ला र चिट काट्छु भनेर लुकेर बस्ने अवैध तरिका राज्यका निकायले छोड्नुपर्छ । बरू सम्भावित समस्या आउने ठाउँहरूमा सुरक्षा निकाय तैनाथ गरेर नियमन गराउँदा व्यवस्थापन चुष्ट हुन्छ ।
४. सहरी गरिबका लागि मनोसामाजिक संयन्त्रः होल्डिङ सेन्टर, विस्थापित बस्ती, र आर्थिक संकटमा परेका श्रमिकका लागि पहुँचयोग्य, निःशुल्क मानसिक स्वास्थ्य सहयोग प्रणाली स्थापना गर्नुपर्छ — हेल्पलाइनदेखि स्थानीय तहसम्म । संकटमा परेको मानिसले भनेका गुनासा सुन्ने र सम्बोधन गर्ने संयन्त्र चाहिन्छ, थप बल प्रयोग होइन ।
५. भूमि सुधार, कमिटी होइनः सात दशकमा उन्नाइस वटा भूमिहीन समस्या समाधान आयोग बने, तर समस्या ज्यूँ–का–त्यूँ छ । त्यसले के देखाउँछ भने समस्या नीतिको अभावमा होइन, राजनीतिक इच्छाशक्तिको अभाव हो । वास्तविक भूमिहीनसम्म जमिन पुर्‍याउने पारदर्शी संयन्त्र बनाइ समस्या समाधान गर्नु भन्दा समस्या नै दबाउने मार्गमा जानु राज्य जिम्मेवारीबाट पन्छन खाजेको नै हो ।
नबिर्स यी नामहरू
रवीन तामाङ, इन्द्र बहादुर राई, र गणेश नेपाली — यी नाम केही दिनको हेडलाइन बनेर हराउनु हुँदैन। यिनीहरूको मृत्यु कुनै दुर्भाग्य वा व्यक्तिगत कमजोरी थिएन । यो त्यो व्यवस्थाको लक्षण थियो जसले सहरलाई पूँजीका लागि सुन्दर बनाउने होडमा, त्यही सहर बनाउने हातहरूलाई बेवारिसे छोड्छ । जुन हातले इँटा बोक्यो, बाटो कुँद्यो, राति–बिहान गाडी चलायो — तिनै हातलाई अन्तिममा आगो र नदी नै अन्तिम उपाय बाँकी रहन्छ भने, त्यो सभ्यता होइन, त्यो सभ्यताको मुखौटा लगाएको बर्बरता हो।
यी मृत्युहरू व्यक्तिगत त्रासदी मात्र होइनन् — यी वर्ग संघर्षका दस्तावेज हुन् । जब सम्म उत्पादनका साधन र सहरी जग्गामाथिको नियन्त्रण मुठ्ठीभर पूँजी र सत्ताको हातमा रहन्छ, र श्रम बेचेर बाँच्नेहरूको निर्णय प्रक्रियामा कुनै आवाज हुँदैन, तबसम्म यस्ता मृत्यु दोहोरिइरहनेछन् । यिनलाई रोक्ने एउटै उपाय छ — श्रमिक वर्गको आफ्नै संगठित शक्ति, जसले राज्यलाई बाध्य पार्छ कि सहर पहिले तिनका लागि बनोस् जसले त्यो सहर बनाउँछन्, अनि मात्र तिनका लागि जो त्यसमा लगानी गर्छन् ।
रवीन, इन्द्र बहादुर, र गणेशको मृत्यु अन्त्य होइन । यो अन्तिम अध्याय बन्नुपर्छ — त्यो व्यवस्थाको, जसले गरिबलाई सहरको शोभा बिगार्ने दाग ठान्छ । र सुरुवात हुनुपर्छ त्यो व्यवस्थाको, जसले सुन्दर सहर भनेको भवन र सडकको चम्किलोपन होइन, त्यहाँ बस्ने हरेक मानिसको मर्यादित जीवन हो भन्ने कुरा बुझोस् ।
कृष्ण सेन इच्छुकको हत्या, दण्डहीनताको दुई दशक, र संसदमा बसेका आरोपित
२०५९ जेठ ७ गतेकाठमाडौँको बट्टीसपुतलीमा सादा पोसाकका प्रहरीले एउटा मान्छेलाई घरबाटै उठाए । उनको नाम कृष्ण सेन इच्छुक। उनी जनादेश साप्ताहिकका सम्पादक थिए । निडर कलम चलाउने मान्छे। हातमा बन्दुक थिएन, शब्द थिए ।
सरकारले भन्यो — हामीले पक्राउ गरेको छैनौँ। प्रहरीले भन्यो — रेकर्डमा छैन । तर महेन्द्र पुलिस क्लबको यातना गृहमा के भयो, त्यो अब इतिहासको दस्तावेज बनिसकेको छ।
इच्छुकलाई यातना दिई मारियो । जनआस्था छाप्यो — मृत्युको कारण ढाक्न शरीरमा गोली ठोकियो । लाश पशुपतिनाथमा जलाइयो । यसरी नाम मेट्ने कोशिश भयो । नाम मेटिएन । बरू यो नामले बेलाबखत राज्यको शासनव्यवस्थामा पुगेकाहरूसँग प्रश्न सोधी रह्यो — कृष्ण सेन इच्छुक ।
को थिए कृष्ण सेन इच्छुक?
कृष्ण सेन इच्छुक त्यस्ता पत्रकार थिए जसले किसानको दुःख लेखे, राज्यको दमन लेखे, चुप लाग्नुभन्दा कलम भाँच्नु जाँगरिलो ठाने । निरन्तर लेखिरहे । उनी कवि पनि हुन् । जनआवाजलाइ सृजनामा ढाले । तरजनादेश रजनादिशा दुवै उनका अखबार राज्यसत्ताका नजरमा माओवादी मुखपत्र बन्यो ।
उनी केवल पत्रकार थिएनन् — उनी एउटा वैकल्पिक वैचारिक राजनीतिक चेतनाका लेखक थिए । राज्यले तटस्थ पत्रकारभन्दा बढी डर वैचारिक पत्रकारसँग मान्छ। किनकि वैचारिक पत्रकारले केवल घटना रिपोर्ट गर्दैन — घटनाको संरचना देखाउँछ । वर्ग देखाउँछ । अनि सत्ताको रूप देखाउँछ। दमनको स्वरूप देखाउँछ । त्यसैले इच्छुक अरू पत्रकारहरू भन्दा धेरै खतरनाक थिए ।
सरकारले उनलाई पत्रकार मान्न अस्वीकार गर्‍यो । ‘माओवादी नेता’ करार गर्यो । न उनलाइ कहिल्यै अदालत लगियो न कहिल्यै प्रमाण देखाइयो । पुलिस हिरासतमा बर्बरतापूर्ण तरिकाले मारियो ।
यही हो प्रश्न — पत्रकार भए पनि, नेता भए पनि, के हिरासतमा यातना दिएर मार्नु न्याय हो? हुन त जनयुद्धका बेला मात्र हैन गणतन्त्र आइसकेपछि पनि ओली प्रधानमन्त्री र गृहमन्त्रीमा पूर्व माओवादी रामबहादुर थापा भएकै बेला सलार्ही जिल्लाका राज्यद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको निर्मम हत्या गरिएको थियो । यसमा प्रत्यक्ष संलग्न भएकाहरुको नाम दोषी किटान गरिएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन आजभोलि गायब छ । खुल्छ खुल्दैन त्यो यस सरकारको नियत र हिजोका सरकारको बदमासीले बताउला । तर नेता पत्रकारहरु मारिने घटना नेपालमा सामान्यकृत गरिन्छ ।
पक्राउ, यातना र हत्या — राज्यको ‘कानुनी’ प्रक्रिया
त्यसबेला देशमा संकटकाल थियो। आतंकवाद विरोधी कानूनको नाममा पत्रकार, लेखक, विद्यार्थी, कलाकार, बुद्धिजीवी सबैलाई शंकाको आँखाले हेरिन्थ्यो । राज्यले समाचारलाई पनि सुरक्षा खतरा मानेको थियो । सञ्चार गृहहरूमा नियमित सेनाको निगरानी थियो । सम्पूर्ण प्रेस जगतका सम्पादक सेनापति हुन्थे । बन्दुकको नालले समाचारहरू लखिन्थे ।
इच्छुक पक्राउ परेपछि केही दिनसम्म बेपत्ता पारिए । महेन्द्र पुलिस क्लबमा गैरन्यायिक हत्या गरियो भन्ने कुरा मानवअधिकार संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पीडित फारम नम्बर ६३३२ मा दर्ज गरेको छ । सो समय उनीसँगै यातना भोगेका अर्का पत्रकार संगीता खड्काले सार्वजनिक रूपमा भनेका छन्, “केही घण्टाको यातना पछि सेनले बान्ता गरिरहेका थिए, उनको हात र खुट्टा भाँचिएको थियो।” दुई प्रहरीले सेनलाई भित्तामा अड्याएको र बुट लगाएका डीएसपी विक्रम थापाले उनलाई बारम्बार लात हानेको देखेका प्रत्यक्षदर्शी पत्रकार खड्काले उनको किताब युद्धका ती दिनमा लेखेका छन् ।
Reporters Without Borders को अनुसन्धान टोलीले नेपाल आएर तथ्य संकलन गर्‍यो । जेठ १५ गते महेन्द्र प्रहरी क्लबको पूछताछ कोठामा उनको मृत्यु भएको, शरीर बीरेन्द्र प्रहरी अस्पताल पुर्‍याइएको, र त्यसपछि पशुपतिनाथमा जलाइएको विवरण बाहिर आयो । पछि पुलिसले गोकर्णमा पुलिस गस्तीले मारेको भनेर थपझुट माथि झुट बोले । मृत शरीरमा गोली हान्ने काम यातनाको प्रमाण लुकाउन गरिएको थियो ।
मानवअधिकारवादी संस्थाका रिपोर्टहरूले भन्छ नेपाली राज्यले सशस्त्र युद्ध चलिरहेको बेला यस्तो झुट विभिन्न घटनाहरूमा हजारौं पटक बोले । आजसम्म पनि १० वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएकाहरुको संख्या १३५० भन्दा माथि छन् । यसमा अधिकांश घटना बुझ्न आएका परिवारजनहरुलाई झुट बोलेरै फर्काइयो ।
यो जवाफदेहीताको अन्त्य नै नेपाल राज्यको सामान्य कानूनी प्रकृया बन्यो । यस्ता घटनाहरु युद्ध सकिएका वर्षहरुमा पनि कयौं घटेका छन् । केही वर्ष अगाडी मात्रै ओली सरकार रहेको बेला मारिएका कुमार पौडेलका आरोपितहरु आज निस्फिक्री डुल्दै छन् । यी दण्डहीनता राज्यको कानूनी प्रकृया नै बनिसकेको छ । बनेका रिपोर्टहरू प्रधानमन्त्रीको कार्यालयमा बुझाइन्छ र धमिरा लाग्न दिइन्छ ।
‘हत्यारा आराेपित’लाई पुरस्कार
हत्या भएको केही महिना नपुग्दै २०५९ असोज मसान्तमा तत्कालीन काठमाडौँ प्रहरी प्रमुख विक्रम सिंह थापालाई युवराज पारस वीर विक्रम शाहले ‘वर्षको उत्कृष्ट प्रहरी’ पुरस्कार दिइयो । ‘व्यावसायिकता’ र ‘साहस’का लागि । शाहीकालमा पत्रकारको हत्यामा सरिकलाइ पुरस्कृत गरिरहँदा अरू पत्रकारहरूले समाचार बनाउन कर लाग्यो । तर उनको हत्याको बारे प्रश्नहरू उठेनन् । जनआस्था साप्तहिकले २०५९ असार ११ गते नै इच्छुकको हत्याको समाचार सार्वजनिक गरे । तुरून्तै जनआस्थाको अफिसमा सेना पुग्यो र प्रबन्ध सम्पादक रहेका किशोर श्रेष्ठ समातियो । जनआस्था माथि कडा निगरानीमा राखियो । सत्य बोल्नु नै अपराध बन्यो।
नेपालका बडेमानका पत्रकारहरूको बोली फुटेन । बरू Reporters Without Borders ले भन्यो, “एउटा यातनाकारीलाई पुरस्कार दिनु घृणास्पद छ।” संसारले सुन्यो। काठमाडौँले सुन्यो । तर राज्यले ढाँटिरह्यो ।
यसले एउटा भयावह सत्य उजागर गर्यो कि नेपालमा दण्डहीनता कुनै कमजोरी होइन, यो राज्यको संरचनागत चरित्र हो । यातनामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई राज्यले पदक लगाइदियो । त्यस हत्यामा तत्कालीन डिआइजी अमरसिंह थापा र नगर प्रमुख प्रहरी प्रमुख विक्रम सिंह थापाको नाम बारम्बार उठ्यो । उनीहरूको संलग्नताको प्रश्न उठे । तर निष्पक्ष अनुसन्धान कहिल्यै गरिएन । विक्रम सिंह थापा बढुवामाथि बढुवा पाउँदै एसएसपीसम्म पुगे।
माओवादी सत्तामा आए, न्याय आएन
२०६३ पछि माओवादी सत्तामा आए । इच्छुकलाइ जनयुद्धका ‘शहीद’ भनिए । इच्छुकलाई सम्झिए । स्मृतिसभाहरू गरे । उनको नाममा साँस्कृतिक दिवसहरू मनाइयो । पछि प्रतिष्ठानसम्म पनि खोलियो । इच्छुकले देखाएको मार्ग हिँड्ने प्रण ख्वाइए, खाए ।
तर जसले इच्छुकलाई मार्‍यो ती प्रहरी अधिकारीमाथि कुनै मुद्दा चलाइएन । कुनै अनुसन्धान भएन । सत्य निरूपण आयोगले फाइल धुलो खान छोड्यो । तत्कालीन डिआइजी अमरसिंह थापा र विक्रम सिंह थापा दुवैले सहजै सेवानिवृत्ति पाए । पेन्सन पाए ।
यो प्रश्न केवल एउटा व्यक्तिको न्यायको होइन । यो प्रश्न सिंगो आन्दोलनको नैतिकताको हो ।
यदि एउटा आन्दोलन आफ्नै वैचारिक पत्रकारको हत्यामा न्याय दिलाउन असफल हुन्छ भने, उसले जनतालाई कुन नैतिक आधारमा परिवर्तनको वाचा गर्छ? सत्तामा पुगेपछि क्रान्तिहरू किन सम्झौतामा बदलिन्छन्? किन हिजो “फासिस्ट राज्य” भन्नेहरू आज त्यही राज्य संयन्त्रसँग सहज सहअस्तित्वमा रमाउँछन्?
क्रान्तिको नाममा लडेको दलले सत्तामा आएर आफ्नै साथीको हत्याराहरूलाई छुन सकेन । यो बिडम्बना लाग्ला तर समय कालखण्डले देखाउँछ त्यो कायरता थियो र सत्ता मोहमा गरिएको सम्झौता पनि । जुन दुवै समान रूपमा शर्मनाक छन् ।
हत्यारा आरोपित अब संसदमा
समय बित्यो । ८४ मा राखिएको चुनाव एक्कासी ८२ मा गर्ने जुर्यो । विक्रम सिंह थापा — पहिले नेपाली काँग्रेसबाट प्रदेश चुनाव लड्दा हारे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) मा गए । कपिलवस्तु-२ बाट २७,६३५ मत ल्याएर प्रतिनिधि सभाका सांसद भए । उनको इतिहासमा प्रश्न त के एकसरो जानकारीसम्म पनि दिइएन । बेवास्ताको दनियामा बाँचेका बेखबर जनताले उनलाइ जिताए । फलतः हत्यारा आरोपित आज संसदमा छ ।
जेनजी आन्दोलनपछि फलिफाप भएको पार्टीले ‘परिवर्तन’ को नारा फालेको छ । पुराना दलको भ्रष्ट संरचनाविरुद्ध उठेको पार्टीको शक्तिशाली सदन छ । र त्यसै पार्टीको ब्यानरमा एउटा व्यक्ति चुपचाप संसदमा छ । जसको हातमा एउटा पत्रकारको रगत छ भन्ने अन्तर्राष्ट्रिय मानवाधिकार संगठनहरूले दशकौँअघि नै दस्तावेज गरिसकेका छन्।
नयाँ राजनीतिक शक्तिले यो विगत थाहा थिएन भन्ने विश्वास गर्न गाह्रो छ। यस पार्टीका सभापति पत्रकार परिवेशबाटै माथि उठेका पात्र हुन् । थाहा हुँदाहुँदै पनि मौन बसियो भने त्यो मौन सहभागिता हो । विस्तारै आफ्ना सांसदको हातमा लागेको रगत पार्टीमा पनि फैलिन्छ । सो पार्टीले यसको जिम्मेवारी लिनै पर्ने हुन्छ ।
यदि नयाँ राजनीति पनि पुरानै राज्य संरचनाका पात्रहरूलाई शरण दिने ठाउँ मात्रै बन्छ भने, त्यसले परिवर्तन कदापी दिन सक्दैन ।
विचारको हत्या
कृष्ण सेन इच्छुकको हत्या नेपालको इतिहासमा केवल एक पत्रकारको हत्या थिएन । त्यो राज्यले दिएको एउटा सार्वजनिक सन्देश थियो किराज्यको आधिकारिक कथाभन्दा बाहिर सोच्ने, लेख्ने, बोल्ने, वा जनयुद्धको राजनीतिक चेतनासँग उभिने जो कोहीलाई पनि निर्ममतापूर्वक समाप्त गर्न सकिन्छ । राज्यको यस्तै मानसिकता शाहकाल, राणाकाल, पञ्चायत र शाही कालमा पनि थिए । तर ती सबैको एउटै नियती बन्यो — शासनकाल अन्त्य ।
उनको शरीर मात्र मारिएन। एउटा वैकल्पिक आवाजलाई यातनागृहमा लगेर चुप गराइयो । पत्रकारिता तिमीले गर्न सक्छौ तर हाम्रो सीमाभित्र बसेर मात्र भन्न खोजिएको थियो । इच्छुक त्यो सीमा मान्दैनथे । उनले त्यसलाइ कविताकृत गर्दै लेखेका थिए — हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै, हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ — गाउन त गाऊ तर यो गीत नगाऊ । हामी भने त्यही गीत गाइरहन्छौँ ।
प्रश्न बाँकी छ
दुई दशकभन्दा बढी बित्यो । राजतन्त्र गयो, गणतन्त्र आयो, संविधान बन्यो, सरकारहरू आए र गए । तर हत्याराहरू सुरक्षित छन् । पीडितको परिवार न्यायको प्रतीक्षामा छ । र जो मान्छेले सत्य बोल्छ, जो पत्रकारले प्रश्न सोध्छ, राज्य अझै उसलाई खेद्छ । उसको आवाज दबाउन खोज्छ । उसलाई “समस्या” मान्छ ।
यो प्रवृत्ति २०५९ सालको मात्र होइन यो प्रवृत्ति आजको पनि हो । फरक केवल यति छ कि पहिले ढोका फोडेर घरमा घुस्थे, अहिले कानुनको आवरण लगाएर आउँछन् । पहिले पुलिस क्लब र भैरवनाथ गणजस्ता यातनाकक्षमा लैजान्थे, अहिले अदालतको कागजले डराउन खोज्छन् । तरिका परिष्कृत भयो, नियत उही रह्यो । र यही प्रवृत्तिले एउटा गम्भीर प्रश्न उठाउँछ — न्याय कहिले आउँछ? के संक्रमणकालीन न्यायको प्रक्रिया केवल एउटा कागजी खेल हो, जहाँ पीडितको नाम दर्ता हुन्छ तर हत्यारालाई छुइँदैन? के नेपालको राजनीतिक परिवर्तन केवल अनुहार फेर्ने खेल हो — जहाँ एउटै मान्छे कहिले वर्दीमा, कहिले सुटमा, कहिले सांसदको पहिचानमा देखिन्छ, तर जवाफदेही भने कहिल्यै हुँदैन? संसदमा बसेर कानुन बनाउने मान्छेको हातमा यदि एउटा पत्रकारको रगतको आरोप छ र त्यो आरोपमाथि कहिल्यै अनुसन्धान भएन भने त्यो संसद, त्यो कानून, र त्यो न्यायप्रणाली कसको लागि हो?
कृष्ण सेन इच्छुकको हत्या एउटा बन्द फाइल होइन । त्यो एउटा खुला प्रश्न हो । जबसम्म त्यो प्रश्नको इमानदार जवाफ आउँदैन तबसम्म हरेक क्षणमा त्यो प्रश्न सोधिरहनु पर्छ । जबसम्म हत्यामा संलग्न भएको आरोप लागेकाहरू सार्वजनिक जीवनमा निर्विघ्न विचरण गर्छन् तबसम्म उनीहरूको निगरानी जनताले गरिरहनु पर्छ । जबसम्म सत्य बोल्ने पत्रकार वा हरकोहीलाइ खेदिन्छ तबसम्म यो देशमा न्याय सम्भव छैन भन्ने बुझिरहनु पर्छ । प्रश्नहरू सोधिरहनु पर्छ ।
References:
https://www.refworld.org/reference/annualreport/rsf/2003/en/48602
https://rsf.org/fr/reporters-sans-fronti%C3%A8res-lance-un-appel-solennel-au-gouvernement-si-krishna-sen-est-vivant-laissez
https://ifex.org/police-officer-allegedly-involved-in-journalist-krishna-sens-murder-receives-policeman-of-the-year-award/
https://rsf.org/en/report-about-torture-and-arbitrary-detention
https://www.ohchr.org/en/press-releases/2012/10/un-releases-report-charting-ten-years-violations-during-nepal-conflict
https://rsf.org/en/death-detention-journalist-krishna-sen-and-regimes-lies
https://www.hrw.org/reports/2005/nepal0205/4.htm
जब कलाकार, पत्रकार तथा बुद्धिजीवी भनिनेहरूलाइ लोकप्रियताको मात लाग्छ, तब अचेत मै प्रतिगामी बाटोमा हिँडेको यिनीहरु समाजका लागि झन् धेरै खतरनाक हुन्छन् ।
विष्णु सापकोटाको हालैको भाइरल स्तम्भ पढ्दा एउटा विचित्र अनुभूति हुन्छ । वर्तमान सरकारको १०० दिन हनिमुन समय पनि नकट्दै सापकोटाहरूको स्तुतिगानले नेपाली समाजमा व्याप्त सामन्तवादी सोच उजागर गर्दछ । शक्तिको भक्तिगान सामन्तवादको पहिलो विशेषता हो । तर नेपाली पत्रकारहरू वा बुद्धिजीवीहरूबाट नै यस्ता एकांकीहरू छरप्रष्ट रूपमा बाहिर आउनुलाइ सामान्य रूपमा बुझ्नु नेपाली समाजको लागि प्रत्युत्पादक हुनेछ ।
सुरूमा वरिष्ठ अधिवक्ता विपिन अधिकारीहरूलाइ राजा ल्याउन सकस भएको भिडियो बाहिरियो । त्यसपछि टिकाराम यात्रीहरूले बालेनमा महेन्द्रीय वा पृथ्वी अवतारहरू देख्न थाले । र अहिले विष्णु सापकोटाहरू लोकतन्त्रका न्यूनतम मानकहरू लल्कार्ने बालेन हठहरूसँगै सति जान उद्दत छन् । यी सबै प्रवृत्तिहरूले चुपचाप एउटै भाष्य निर्माण गर्दैछ कि — चुपचाप देशमा नयाँ तवरको अधिनायकवाद ।
यस टिप्पणीमा मुलतः सापकोटाहरूको चिन्तन केलाउन केही शब्दहरू खर्चिँदैछु । उनको स्तम्भको अन्तिममा वैचरिकी प्रदर्शन गर्दै माक्र्सवादी दार्शनिक फ्रेडरिक जेमिसनलाई उद्धृत गर्दै लल्कार्छन्, “ए लोकतान्त्रिक र वामवृत्त, तिमीहरुकै दार्शनिकले भनेजस्तो आफ्नो राजनीतिक अर्धचेतनसँग अन्तर्क्रिया गर । आफ्ना पूर्वाग्रहको आफैंले ‘क्रिटिक’ गर । र जनताको चाहना बुझ ।” यो हाँस्यास्पद किन पनि छ भने सापकोटाहरुले सोही दार्शनिकको अर्को किताब पढ्न भ्याइसकेको भने देखिँदैन । द कल्चलर लजिक अफ लेट क्यापिटालिज्म नामक पुस्कतकमा फ्रेडरिक जेमिसन लेख्छन् पोस्टमोडर्निज्म कुनै खाली कलात्मक शैली वा दार्शनिक फेसन होइन, यो “late capitalism” अर्थात् बहुराष्ट्रिय, मिडिया–केन्द्रित र उपभोक्तावादी पूँजीवादको सांस्कृतिक तर्क हो । उनका अनुसार पूँजीवाद यति गहिरोसँग जीवनमा मिसिएको छ कि कला, सञ्चार, राजनीति, समाचार, स्मृति र व्यक्तिको चेतनासमेत बजारको वस्तुमा रूपान्तरण हुन्छ । यस चरणमा मानिसहरू इतिहासबोध गुमाउँदै जान्छन्, सबै कुरा सतही बन्छन् र तमाशामा बदलिन्छ, र सत्यभन्दा पनि प्रस्तुति तथा उपभोग महत्वपूर्ण बन्न थाल्छ । सापकोटा यसै बक्समा ठिक अटाउने देखिन्छ ।
जेम्सनको दृष्टिबाट हेर्दा, पत्रकार वा बौद्धिकवर्ग राज्य–पूँजी गठबन्धनको भाष्य निर्माण गर्ने उपकरण बन्न सक्छन् । विशेषतः जब मिडिया ऐतिहासिक चेतना र आलोचनात्मक राजनीति भन्दा तमाशा, राष्ट्रवाद, डर वा लोकप्रियतावाद बेच्न थाल्छ ।
सापकोटाहरूले निर्माण गर्न खोजेको दृष्टिकोणका बारे उनी आफै बेखबर भने थिएनन् । त्यो उनको ५ वर्ष पहिलेको ट्वीटरमा राखिएको अडान देख्दा स्पष्ट हुन्छ । उनी स्पष्ट थिए कि — जीवनको सबै भन्दा लोकप्रिय हुन सक्ने लेख प्रतिगामी हुन सक्छ । किनकी त्यो उनीजस्तै “वर्चश्वशाली” समूहको सेवामा भएको हुन सक्छ । किनकी त्यो देशका सबैभन्दा पींधमा भएका, निमुखाको विरुद्ध हुन सक्छ । उनी स्पष्ट थिए कि यो राज्यको स्तुतिगानले उनी भाइरल हुन सक्छन् ।
यहाँ फ्रेडरिक जेमसनको शब्दशब्द उनका प्रवृत्तिमाहरुमा देखिन्छ । सोही ट्वीटमा उनले लेखेका छन्, “त्यो लोकप्रियताले मलाई पोल्नेछ ।” आज सापकोटाहरुले निर्माण गर्न खोजेको अहंले पत्रिका, टि.भी.हरुको स्पेस पाएको छ । यो लोकप्रियताले उनलाई पोल्दैछ कि छैन त्यो समयले बताउला ।
फुकुयामाको भूल र सापकोटाको अवस्था
सापकोटाको यो दोस्रो भाइरल लेख हो । बालेन सरकार गठन प्रकृया चल्दै गर्दा उनले नेपालमा वामपन्थको अन्त्यको घोषणा गरिसकेका थिए — क्लासिक उदारवादी फ्रान्सिस फुकुयामाकै लहरमा । तर बिडम्बना कस्तो भयो भने फुकुयामाले स्वयं End of History थेसिसलाई फर्केर हेर्दा त्यसमा केही गम्भीर सीमाहरु भएको स्वीकार गरिसके । उनको Liberalism and its Discontent किताब मार्फत विश्व हेर्ने पश्चिमी दृष्टिकोणले चीन, रुस, हंगेरी र भारत जस्तो राज्यहरुको उदयलाई व्याख्या गर्न सकेन भनेका छन् । उदारवादका सीमाहरूको व्याख्या गरेका छन् । फुकुयामा आफै आफ्नो भ्रमबाट फर्किसकेको परिवेशमा सापकोटाजी भने आँखा चिम्लेर अगाडि बढिरहेका छन् । वामपन्थको अन्त घोषणाको अपार सफलता पछि अब एउटा विचारहिन देखिने अपरम्परागत सत्ताको उन्मादलाई युगान्तकारी परिवर्तन भनेर प्रचार गर्दैछन् ।
परिचित पटकथा, फरक मञ्च
विश्व इतिहासमा यस्ता पटकथाहरु बारम्बार लेखिएका छन् । छिमेकी भारतमा सन् २०१४ मा नरेन्द्र मोदीको उदयका बेला मीडिमा प्रचारबाजी गरिएका भाष्यहरु स्मरण योग्य छ । रोटी–बेटी देखि घर–घर मोदीका नाराहरु नेपालीहरुलाई कण्ठै छ । त्यो बेला भारतका थुप्रै प्रगतिशील भनिने बौद्धिकहरुले सम्म मोदीको उदयलाई परिवर्तनकारी शक्तिको रुपमा हेरेका थिए । पुरानो काँग्रेस सड्यो र नयाँ उर्जा र विकास अपरिहार्य छन् भन्ने भाष्य निर्माण गरियो । मोदीको आलोचना गर्ने हरकोही परिवर्तनविरोधी कहलिन्थे । यतिसम्म कि दिल्लीका अटोवालाहरुको मुखमा पनि मोदीको उदयले निमुखाहरुको भलो हुन्छ भन्ने भाष्य थियो । एक दशकपछि भारतको न्यायपालिकाको स्वायत्तता, संघीयता, अल्पसंख्यकहरुको सुरक्षा र पे्रस स्वतन्त्रताको अवस्था हेर्दा विश्वको ठूलो लोकतन्त्र बोकेको देशको हविगत छर्लङ्ग हुन्छ । चिया बेचेर आएको बालक प्रधानमन्त्री बने भनेर नयाँ अनुहारको उत्सव मनाउने कलमहरु आज मौन छन् । उनीहरुको विरुद्ध बोलेका अधिकारकर्मी–बिद्यार्थीहरु आजसम्म जेलमा छन् । मोदीको नसा त लाग्यो तर अब त्यसलाई उतार्ने औषधी भारतमा बनिसकेको देखिँदैन ।
त्यस्तै सन् २०१९ मा युक्रेनमा जनताको सेवक नामको हाँस्य कार्यक्रमबाट भोलोदिमिर जेलेन्स्कीको उदय भयो । एकजना मामुली टेलिभिजन हाँस्य कलाकारलाई यतिसम्म मिडियामा बोकियो कि परम्परागत मुहार र राजनीतिज्ञहरुको विकल्पका रुपमा उनलाई स्थापित गरियो । भएभरका जनआकांक्षा उनमा थोपारिए । पश्चिमी मिडिया र युक्रेनी घरेलु मिडियाहरुमा उनलाई नयाँ राजनीतिको उषाकाल भनेर प्रस्तुत गरियो । एक सक्षम कलाकारको फ्यानडम र व्यवस्थाको संरचनागत प्रश्नलाई छुट्याउन कलमहरु असमर्थ भए । सत्तारोहणको उन्मादमा युक्रेन झन् विकरला युद्धमा फस्यो । उनलाई उचाल्ने पश्चिमा मिडियाहरु आजभोलि प्रायः मौन छन् आजभोलि ।
यो भन्दा पनि गम्भीर पाठ त सापकोटाहरुले वाइमर जर्मनीमा एडोल्फ हिटलरको उदयबाट सिक्नु पर्ने हो । पुरानो व्यवस्था भ्रष्ट थियो र नयाँ शक्तिको आलोचकहरु पुरानो युगका अवशेषहरु हुन् भन्ने भाष्य निर्माण गरिएको थियो । जनताको वैध निराशा र रिसलाई एक जादुगरी व्यक्तित्वमा केन्द्रित गर्दा जर्मनीले कसरी संसारकै क्रुर देशका रुपमा कुख्याति पाए भन्ने इतिहास जगजाहेर छ ।
‘परम्परा’ र ‘लोकतन्त्र’ बीचको कपटपूर्ण खेल
सापकोटाको लेखनमा एउटा ढाँचा देखिन्छ । त्यो हो परिवर्तनको आवश्यकताको निर्माण र त्यस परिवर्तनको नाममा उदाएको शक्तिको हरेक कदमको वाहवाही । त्यसैले उहाँको आलेखमा केही जन आवाजहरु पनि समेटिएका छन् । पेरिसको होटलमा एक फ्रान्सेली युवतीको उत्साह देखि आम्स्टर्डमको रेस्टुरेन्टमा भारतीय साहुको प्रशंसा । यी सबै कथाहरुको प्रयोग यहाँ उहाँले पुज्ने व्यक्तित्वको विश्वस्तरीयता देखाउन र नेपालमा भएको परिवर्तन ऐतिहासिक देखाउन नै हो । यस तरिकाका कथाहरु मोदीको नेपाल भ्रमण हुँदा गौशालाका गल्लीहरुमा हुने गर्दथ्यो । यस्ता भावनात्मक पैरवीको पछाडि एउटा महत्वपूर्ण प्रश्नलाई लेखकले जानाजानी छेउ लाउन खोजेको देखिन्छ — लोकतान्त्रिक संस्था र प्रकृयाहरुलाई परम्पराको नाम भिराएर खारेज गर्न हौसाउनु कहाँसम्म उचित हो त?
सापकोटाको लेखको सबैभन्दा खतरनाक तर्क भनेको लोकतान्त्रिक परम्पराहरूलाई नै ‘पुरानो’ र ‘खारेजयोग्य’ भनेर प्रस्तुत गर्नु हो । संसदमा प्रधानमन्त्री नआउनु, न्यायपालिका नियुक्तिमा स्थापित प्रक्रिया नमान्नु सामान्य देखाएता पनि यी कुराहरूलाई ‘परम्परा तोड्नु’ भन्दै आन्दोलनको फल भनेर उत्सव मनाउनु गम्भीर वैचारिक भ्रम हो ।
लोकतन्त्रका संस्थाहरू किन हुन्छन्? एक यसले कुनै व्यक्तिको इच्छाशक्तिलाई नियन्त्रण गर्छ र अर्को यसले शक्तिको दुरुपयोगबाट नागरिकको हक जोगाउँछ । जनताले चाहेका हुन् भन्दै सामान्य प्रकृयाबाट नै भागेर हिँड्नुपर्ने वाध्यता कसरी आइपर्यो भन्ने विषयले जवाफदेहिता खोज्दछ । दुइतीहाइको घमण्ड जवाफदेहिताबाट मुक्ति पाउने टिकट होइन । र मतको मात लाग्यो भन्दैमा प्रधानमन्त्रीलाई संसदीय जाँचभन्दा माथि राख्ने छुट हुँदैन । लोकतन्त्र भनेको सुरुमा मत पाउनु मात्र होइन, त्यसपछि पनि निरन्तर जवाफदेही हुनु हो ।
यसलाइ वैचारिक तवरबाट हेर्ने हो भने यो नवउदारवादी राजनीतिक दर्शनको विशेषता हो । प्रक्रियालाई ब्यूरोक्रेसी भनिदिने र पन्छाइ दिने — जवाफदेहितालाई अवरोध मानिदिने र भागिदिने — र संस्थागत जाँचलाई पुरानो परम्परा भनिदिने अनि खारेज गरिदिने । परिणाम के हुन्छ? शक्ति बिना जाँचको हुन्छ, र त्यसको पहिलो शिकार सधैं कमजोर वर्ग र अल्पसंख्यक हुन्छन् ।
जेन-जी माग र कलमको नैतिक जिम्मेवारी
जेन-जी विद्रोहको माग वैध थियो — भ्रष्ट व्यवस्थाको अन्त, नयाँ जवाफदेही शासन । के प्रकृया मिच्नु र जवाफदेही हुन नपर्ने परिपाटी आफैमा विद्रोहको माग विपरित हुन्न र?
जनताको वैध माग र त्यो माग पूरा गर्ने भनेर आउने शक्ति यी दुई एउटै होइनन् । कुनै दल जितेर आए भन्दैमा त्यसले जनताका मागहरू पुरा गर्छन् नै भनेर पत्रकारिताले गर्नुपर्ने न्यून विश्लेषणसम्म पनि गर्न नखोज्नु बौद्धिक समर्पण हो ।
जब कोही लेखक आलोचकहरूलाई सामूहिक अवसादमा परेका, प्रोसेस गर्न नसकेका, पूर्वाग्रही भनेर एकैपटक खारेज गर्छ र सत्तापक्षका हरेक कदमलाई ‘डिपार्चर’ भनेर उत्सव मनाउँछ त्यतिबेला ऊ पत्रकार कम कुनै शक्तिको प्रवक्ता बन्छ । सत्ताको मुहार पुरानो होस् वा नयाँ त्यसलाई प्रश्न गर्नु पत्रकारिताको मूल धर्म हो । त्यो धर्म त्याग्दा कलम जनताको हतियार हैन बरू सत्ताको औजार बन्छ ।
पहिले विचारहरू मरे भन्ने घोषणा गर्ने सापकोटाहरूले अहिले उत्तर-आधुनिक शैलीमा एउटा भव्य भाष्य निर्माण गर्दैछन् । त्यो भाष्यले भन्छ रास्वपा र वालेन्द्र शाह नै परिवर्तनको एकमात्र सही मार्ग हुन् र यसको आलोचना गर्नेहरू सबै ‘परम्परावादी’ हुन् । यो विचार मरिसके भन्नेहरूको वैचारिक एकांगीपना हो । यस्ता एकांगीहरूलाइ पनि प्रश्न नगर्ने हो भने सत्ताको मात लागेर लोकतन्त्रका संस्थाहरू ध्वस्त हुने अवस्था अवश्यम्भावी छ ।
नेपाली मिडियाको वैचारिक दरिद्रता: फुकुयामाको भ्रम र नक्कली वामपन्थीको पतन
राज्यले आफ्नै नागरिकलाई जसरी हटाउँछ, छिमेकीले त्यसैगरी जमिन हडप्छ
सिंहदरबारको कुनै वातानुकूलित कोठामा बसेर परराष्ट्र मन्त्रालयका एक कर्मचारीले एउटा ‘कूटनीतिक नोट’ टाइप गरे । विषय थियो — लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अङ्ग हो । सुन्दा लाग्छ, सरकार कति चनाखो छ ।
एक साता अगाडि, अप्रिल २५ र २६ मा त्यही सरकारको अर्को अनुहार देखियो । थापाथली, गैरीगाउँ र मनोहराका नदी किनारमा दशकौँदेखि ओत लागेका परिवारहरूमाथि २४ घण्टाको ‘अल्टिमेटम’ दिएर सुरक्षा बल परिचालन गरियो । नगर प्रहरी, जनपथ, सशस्त्र र सेना र तिनले बोक्ने हतियारहरूको आडमा केही घण्टामै निमुखाहरू माथि युद्ध छेडियो ।
एउटै सरकार (जसलाइ जनजिब्रोले बालेन सरकार भन्छ) भारतलाई भन्छ — “हाम्रो मान्छे त्यहाँ छन्, जमिन फिर्ता गर।” तर आफ्नै आँखा अगाडि रहेका मान्छेलाई भन्छ — “यो तिम्रो जमिन होइन, निस्किहाल!” यो व्यङ्ग्य होइन, यो नेपाल राज्यको ‘स्ट्रक्चरल स्किजोफ्रेनिया’ (संरचनागत मानसिक विभ्रम) हो।
एउटा कम्पनीसँगको सुगौली सन्धि र कानुनी शून्यता
४ मार्च १८१६ मा राजगुरु गजराज मिश्रले सुगौलीमा हस्ताक्षर गर्दा नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाएको थियो । सोच्नुस्, त्यो सन्धि कुनै सार्वभौम भारतसँग भएको थिएन, बरु एउटा व्यापारिक संस्था — इस्ट इन्डिया कम्पनीसँग भएको थियो । जुन कम्पनी आज इतिहासको पानामा सीमित छ, उसको नाफाखोर स्वार्थले खिचेको सिमानालाई आजको लोकतान्त्रिक नेपालले अझै पवित्र मानिरहनु पर्ने?
उपनिवेश-मुक्तिको अन्तर्राष्ट्रिय सिद्धान्त (Clean Slate Principle) अनुसार नयाँ स्वतन्त्र राज्यले पुराना अन्यायपूर्ण सन्धिहरू स्वतः बोक्नु पर्दैन । तर विडम्बना, स्वतन्त्र भारतले सुगौली सन्धिबाट प्राप्त भएका रणनीतिक लाभ (जमिन र सैनिक क्षेत्र) चाहिँ सहजै उत्तराधिकार पायो तर त्यसको ऐतिहासिक जवाफदेहिता र त्रुटि सच्याउने दायित्व भने कहिल्यै लिएन। भारत भन्छ — “मलाई जमिन चाहियो, सन्धिको पुनर्विचार चाहिँदैन।” र हाम्रो सरकार भन्छ — “हवस्, हामी प्रेस विज्ञप्ति लेखेरै चित्त बुझाउँछौँ।”
लिपुलेक र कालापानी — ‘डेस्कटप कूटनीति’को रमिता
नेपालको संविधान संशोधन भयो, रु. १०० को नोटमा नयाँ नक्सा छापियो । भित्ताहरूमा चुच्चे नक्सा टाँसिए । संविधानका पन्नाहरूमा नयाँ नक्सा छापिए । राष्ट्रवादको यो कागजी प्रदर्शनमा हामी विश्वविजेता बन्यौँ । तर जमिनमा के छ? जमिनमा भारतीय सैनिक छन्, भारतले बनाएको ८० किलोमिटरको सडक छ । र सोही जमिनमा चीनको समेत व्यापार गर्ने योजनाहरू थपिएका छन् ।
अप्रिल ३०, २०२६ मा भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको घोषणा गर्दा हाम्रो सरकारले चार दिनसम्म चालै पाएन । जब मिडियाले प्रश्न उठायो तब हतार-हतार ६ बुँदे विज्ञप्ति आयो । यो मिडिया-ड्रिभन कूटनीति हो । दुई ठूला छिमेकीले हाम्रो आगनमा बसेर व्यापार गर्ने सम्झौता गर्दा हामी “मित्रवत सम्बन्ध” को दुहाई दिएर बस्छौँ। मित्रले सोध्दै नसोधी तपाईंको कोठामा पसल थाप्यो भने त्यसलाई मित्रता भन्ने कि अतिक्रमण?
थापाथली र लिपुलेक — एउटा क्रूर समानान्तरता
यहाँ एउटा भयानक विरोधाभास छ । भारतले लिपुलेकमा सडक बनाउँदा, सेनाको क्याम्प राख्दा हाम्रो सरकार कूटनीतिक संवेदनशीलता को कुरा गर्छ । तर आफ्नै थापाथलीका सुकुम्बासीमाथि चार तहको सुरक्षा घेरा हालेर, हतियारसहितका प्रहरी पठाएर केही घण्टामै घर उजाडिदिन्छ ।
वरिष्ठ अधिवक्ता राजुप्रसाद चापागाईंले भनेझैँ, अदालतले ‘प्रमाणीकरण’ गर्न दिएको आदेशलाई लत्याएर अचानक बुलडोजर चलाउनु न्यायिक उपहास हो । भारतले लिपुलेकमा नेपालीलाई हटाउन बुलडोजर चलाएको छैन, बरु त्यहाँ आफ्नो पकड बलियो बनाउन सडक बनाएको छ । तर हाम्रो सरकार आफ्नै नागरिकलाई हटाउन सर्जिकल स्ट्राइक झैँ प्रस्तुत हुन्छ। निमुखा माथि युद्ध छेडेर बहादुरी कमाउन उद्दत यो सरकार दरिद्र मानसिकताबाट ग्रष्त छ ।
कुन राज्य बढी ‘अतिक्रमणकारी’ छ — छिमेकी जसले जमिन मिच्छ, वा आफ्नै सरकार जसले नागरिकको ओत मिच्छ?
राष्ट्र-राज्यको परिभाषा
‘बालेन सरकार’को व्यवहार हेर्दा ‘राष्ट्र-राज्य’ को नयाँ परिभाषा यस्तो देखिन्छ:
“राष्ट्र-राज्य भनेको त्यो संस्था हो, जसले आफ्ना गरिब नागरिकलाई निर्दयतापूर्वक घरबाट निकाल्छ, ठूला छिमेकीलाई ट्विटरमा प्रेस स्टेटमेन्ट पठाउँछ, र यी दुवैलाई ‘राष्ट्रिय हित’ भन्छ।”
थापाथलीका सुकुम्बासीले आफ्नो जीवनभरको कमाइ ‘रद्दी’ को मूल्यमा लिलाम भएको हेर्नुपर्ने दिनबाट गुज्रँदै गर्दा उता लिपुलेकमा भारतले बनाएको सडकलाई सरकारले ‘लाचारी’ को नजरले हेरिरहेछ । राज्यको यो कस्तो सामर्थ्य हो, जहाँ ऊ शक्तिसालीसँग ‘डेस्कटप’ मा लड्छ र निर्धोसँग ‘डोजर’ मा?
सुगौली सन्धीलाई ढाल बनाउने कि प्रश्न उठाउने?
नेपाल सरकार लिपुलेक दाबी गर्न सुगौली सन्धिको हवाला दिन्छ । तर त्यही सन्धिको वैधतामाथि अन्तर्राष्ट्रिय न्यायालय (ICJ) जाने हिम्मत गर्दैन। किनभने सुगौली सन्धि एउटा कर्पोरेट कम्पनीसँग भएको थियो। १९४७ को भारतीय स्वतन्त्रता ऐनले पुराना सन्धिहरू समाप्त भएको घोषणा गर्दा पनि हामी अझै त्यही पुरानो धागोमा झुन्डिएका छौँ।
यो कानुनी दुइ–धारे तरवार हो । यदि सुगौली सन्धि वैध छ भने, त्यसको पूर्ण पालना किन भएन? यदि अवैध छ भने, नयाँ सिमानाका लागि किन वार्ता हुँदैन? सरकारसँग यी प्रश्नको जवाफ छैन, त्यसैले ऊ ‘प्रेस विज्ञप्ति’ को सुरक्षित गुफामा लुक्छ।
राष्ट्रवाद कसको लागि?
सुगौली सन्धि ऐतिहासिक अन्याय थियो। र त्यो अन्यायलाई सच्याउन २०० वर्षसम्म एउटा पनि ठोस कदम नचाल्नु राज्यको असफलता हो। लिपुलेक फिर्ता ल्याउन कूटनीतिक नोट पठाउने ‘साहस’ गर्ने सरकारले थापाथलीका सुकुम्बासीलाई विकल्प दिन भने ‘असमर्थता’ देखाउँछ । आश्वासन आउँदै होलान् — त्यतिञ्जेल २ जनाको ज्यान गइसकेको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीले ‘सुरक्षाको बहाना’ बनाएर जुन हतारमा बस्ती उजाडे, त्यो उनीहरूको पार्टीको ‘१०० दिने कार्ययोजना’ सम्पन्न गर्ने इगो सन्तुष्ट पार्ने खेल मात्र थियो । अहिलेलाइ रूपमा यस्तै देखिएतापनि सारमा अरू नै कारणहरू खुल्दै जाला । ३० वर्षदेखि बसेका मानिसलाई केही हप्ता वा महिनाको समय दिएर सम्मानजनक व्यवस्थापन गर्न सकिन्थ्यो । तर, सरकारलाई मान्छेको जीवनभन्दा आफ्नो बुलडोजर हिरोइज्म प्यारा भयो ।
एउटा देश, जसले आफ्नै गरिब नागरिकलाई बुलडोजरले उठाउँछ र छिमेकीलाई चाहिँ ‘ट्विटर-कूटनीति’ बाट गुहार्छ, त्यो साँचो अर्थमा राष्ट्र-राज्य होइन। त्यो केवल एउटा ‘चयनात्मक दमनको संयन्त्र’ (Selective Oppression Machine) मात्र हो।
मानिलिउँ कि लिपुलेकको नक्सा नोटमा छाप्नु राम्रो हो, तर त्यो नोटले एउटा गरिबको भत्किएको घर बनाउन सक्दैन भने त्यो राष्ट्रवादको के अर्थ?
¹ परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्ति, मे ४, २०२६
² थापाथली क्षेत्रको स्थलगत रिपोर्टिङ, अप्रिल २०२६
³ इस्ट इन्डिया कम्पनीको विघटन र भारतीय शासन ऐन १८५८
⁴ नेपाल-भारत सीमा विवादको ऐतिहासिक पृष्ठभूमि
⁵ भियना सन्धि कानुन महासन्धि १९६९, धारा ५२
DISCLAIMER:
I do not own the rights to these images. All rights belong to their rightful owners. No copyright infringement intended.
तीन दशकभन्दा बढी समय सत्ता लोलुपतामा बिताएका कम्युनिष्ट नामधारी पार्टीहरू, २२ वटा भूमि आयोग, र ३० लाखभन्दा बढी भूमिहीन नागरिक — यो नेपाली संसदीय वाम राजनीतिको अन्तिम अध्याय हो ।
काठमाडौँको आकाशमा वैशाख १२ गते बिहान जुन धुलो उड्यो, त्यो केवल भत्किएका झुप्राको अवशेष मात्र थिएन । त्यो त साढे तीन दशकदेखि ‘सर्वहारा’ र ‘क्रान्ति’ को व्यापार गरिरहेका संसदीय कम्युनिष्ट पार्टीहरूको मृत विचारधाराको खरानी पनि थियो । थापाथली, गैरीगाउँ र मनोहराका नदीकिनारमा जब राज्यका बुलडोजरहरू निर्दयी रूपमा चले तब ती मेसिनले भौतिक संरचनाहरु मात्र भत्काएनन् । यो सँगसँगै नेपाली वामपन्थले दशकौँदेखि ओढेको छद्मभेषी बर्को पनि च्यातियो । १७०० वटा अस्थायी झुप्राहरू भत्किँदै गर्दा र ३९०० भन्दा बढी मान्छेहरू दशरथ रंगशालाको चिसो भुइँमा ओत खोज्न बाध्य पारिँदा, नेपालका ठूला पुराना महान् भनिएका कम्युनिष्ट पार्टीहरूले देखाएको मौनताले एउटा कुरा प्रष्ट पारेको छ — उनीहरूको वर्ग स्थायीरूपमा फेरिएको छ । केबल नाम फेर्ने साइत हेर्न बाँकी रह्यो ।
सत्ताको सिंढी र शहिदको रगत
आजको यो विडम्बनापूर्ण अवस्था बुझ्न विगतका दशकहरूलाई फर्केर हेर्नुपर्छ । हजारौँको बलिदान र “वैज्ञानिक भूसुधार” को नारा दिएर सत्ताको शिखरमा पुगेका शक्तिहरूले संविधानमा त भूमिहीनको अधिकार लेखे, तर व्यवहारमा भने जमिन र पूँजीमाथि कब्जा जमाएका वर्गसँगै साँठगाँठ गरे । माओवादी जनयुद्धले देखाएको सपना र एमालेले “आफ्नो गाउँ आफैँ बनाउँ” भन्दै छरेको भ्रम आज गन्हाउने नदीका बगरमा सुकुम्बासीको आँसु बनेर बगिरहेको छ । यसको भद्दा नक्कल देशैभरका सुकुम्बासी वस्तीहरूको नियति बन्ने देखिन्छ ।
सत्तामा पुग्नुअघि भूमिहीनको घरमा पुगेर रोटी बाँड्ने नेताहरू सत्तासीन भएपछि तिनै गरिबका झुप्रामा बुलडोजर चल्दा पार्टी कार्यालयका वातानुकूलित कोठामा बसेर संगठन सुदृढीकरण को गफ गरिरहेका छन् । यो कुनै संयोग होइन, यो त संसदीय कम्युनिष्टहरूको वर्गीय पतनको स्वाभाविक परिणाम हो । हिजो बन्दुक र झन्डा बोक्ने हातहरू आज ठूला भू-माफिया र ठेकेदारहरूको चन्दामा बाँधिएका छन् ।
आयोगको खेती: कार्यकर्तालाई जागिर, सुकुम्बासीलाई सास्ती
नेपालको भूमि राजनीतिमा “सुकुम्बासी आयोग” एउटा यस्तो प्रहसन बनेको छ, जहाँ समस्या समाधानका लागि होइन, बरु सत्तासीन पार्टीका कार्यकर्तालाई जागिर खुवाउनका लागि संरचनाहरू बनाइन्छन् । तीन दशकमा गठन भएका दुई दर्जनभन्दा बढी आयोगहरूले अर्बौँ रुपैयाँ खर्च गरे, तर सुकुम्बासीको हातमा धनीपूर्जा होइन, केवल असुरक्षा र उठिबासको त्रास मात्र दिए । एकपछि अर्को आउने सरकारले अघिल्लो आयोगको तथ्याङ्कलाई रद्दीको टोकरीमा फाल्दै नयाँ कार्यकर्ता भर्ती गर्ने थलो बनाउँदा, वास्तविक पीडितहरू भने सधैँ राज्यको निशानामा परिरहे । यो आयोगको खेती सुकुम्बासीलाई भूमि दिलाउन होइन, बरु उनीहरूलाई सधैँ भोट बैंकको रूपमा जोगाएर राख्ने एउटा कुटिल चाल मात्र साबित भएको छ।
सेताेपाटीमा छापिएकाे नाम टिपाउन आएका एक सुकुम्बासीको कथाकाे अंश
राज्यको क्रूरता र एउटा जीवनको अन्त्य
यो उठिबासको कथा केवल भौतिक संरचना भत्किएको विषय मात्र होइन, यसले सिर्जना गरेको मानवीय संकट अझ भयानक छ । राज्यको एउटा सूचनाले कसरी एउटा परिवारको जग नै भत्काउन सक्छ भन्ने कुरा मनोहरा बस्तीबाट निकालिएका तामाङ परिवारको विक्षिप्त अवस्थाले देखाउँछ । आफ्नो थातथलोमा पहिरोको जोखिम भएपछि आश्रय खोज्दै काठमाडौँ आइपुगेका ती परिवारका १७ वर्षीय किशोरले जब दुई दिनको म्यादमा घर भत्किने खबर सुने, उनको कलिलो मस्तिष्कले त्यसलाई सहन सकेन ।
गाउँमा खेती गर्ने जमिन नभएको र सहरमा पनि ओत लाग्ने ठाउँ खोसिएपछि भविष्यको अन्धकार देखेर ती किशोरले आत्महत्याको बाटो रोज्नुपर्‍यो । घरमा दमको रोगी आमा, पक्षघातले थलिएकी हजुरआमा र मुटुरोगी बुबाको जिम्मेवारी बोकेको परिवारमा जवान छोराको मृत्यु हुनु र सोही समयमा बस्ने ठाउँ पनि खरानी हुनु राज्यले गरेको संगठित हत्या नै हो । आर्थिक अभावले छोराको काजकिरिया समेत गर्न नसक्ने अवस्थामा पुगेका यस्ता परिवारहरू रंगशालाको लगत संकलन केन्द्रमा आफ्नो कारुणिक व्यथा बोकेर उभिएका छन् ।
मौनताको अर्थ: अन्त्य
जुन समयमा थापाथली र मनोहराका बस्तीहरूमा मान्छेहरू मर्ने र मारिने अवस्थामा पुगेका थिए, सोही समयमा संसद्मा भएका र आफूलाई कम्युनिष्ट भन्ने पार्टीहरूको मौनता झनै भयानक छ । सडक र सदन तताउने दाबी गर्नेहरूले यो मानवीय संकटमा एक शब्दसम्म पनि उच्चारण नगर्नुले उनीहरूको सर्वहारावादको नैतिकता पूर्ण रूपमा समाप्त भएको पुष्टि गर्छ ।
जब मान्छेहरू आफ्नै घरको शौचालयमा झुन्डिएर ज्यान फाल्न बाध्य हुन्छन् र ती पार्टीहरूले केवल सत्ताको जोडघटाउमा आफूलाई केन्द्रित गर्छन् तब ती पार्टीहरूको राजनीतिक औचित्य स्वतः समाप्त हुन्छ । ३६ वर्षको संसदीय अभ्यासमा यी पार्टीहरूले गरिबको भाषा बोल्न त सिके तर गरिबको पक्षमा उभिन भने कहिल्यै सकेनन् ।
थापाथलीको यो धुलो र सुकुम्बासीको यो चिच्याहटले नेपाली राजनीतिको नयाँ अध्यायको माग गरेको छ । गरिब अन्त्य गर्दै गरिबी निवारण गर्ने वैचारिकीले सरकार जनताकाे कत्लेआम गर्न उद्दत छ । प्रतिपक्ष बेहोस छ । पुराना र थोत्रा भइसकेका वामपन्थी नामधारी पार्टीहरूको यो मलामी यात्रासँगै भुइँमान्छेको साथमा उभिने जनतावादी दलको आवश्यकता पनि देखिन्छ । अबको राजनीति केवल कागजमा अधिकार लेख्नेहरूको होइन, सडकमा गरिबको जीवन रक्षाका लागि उभिनेहरूको हुनुपर्छ । जहाँ विचारधारा केवल भाषणमा होइन, नागरिकको सुरक्षित ओत र गाँसमा देखिनुपर्छ । संसदीय कम्युनिष्टहरूको यो सफाचट अन्त्य नै नयाँ र इमानदार जननीतिको प्रस्थान विन्दु बन्न सक्छ ।
Data as per 28 April 2026
DISCLAIMER: I do not own the rights to these images. All rights belong to their rightful owners. No copyright infringement intended.
एकजना मजदुर वा किसानले आफ्नो न्यून ज्यालाबाट दुई पैसा जोगाउनु उसको आर्थिक अधिकार हो । त्यही दुई पैसामा सरकारले आँखा गाडेको छ ।
२०८३ वैशाख १ गतेदेखि नेपाल–भारत सीमावर्ती क्षेत्रमा एउटा नयाँ र उदेकलाग्दो दृश्य मञ्चन भइरहेको छ । हातमा एउटा प्लास्टिकको झोला, त्यसमा दुई किलो चिनी वा अलिकति चामल बोकेर साइकल, टाँगा वा रिक्सामा पसिना पुछ्दै फर्किरहेका नागरिकलाई सुरक्षाकर्मीले ‘राजस्व’को तराजुमा जोख्न थालेका छन्। अर्थ मन्त्रालयको पछिल्लो उर्दी छ — सय रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नू!
प्रश्न उठ्छ, यो कस्तो खाले ‘आर्थिक सुधार’ हो जहाँ राज्यको ढुकुटी भर्न गरिबको थालको गाँस खोसिन्छ?
गरिबको ढाडमा टेकेर राष्ट्रवादको खेती
जब कुनै व्यक्ति सीमापारि रक्सौल, जोगबनी वा रुपैडिया पुग्छ, ऊ त्यहाँ राष्ट्रद्रोह गर्न वा विलासिताका सामान थुपार्न गएको हुँदैन । ऊ त केवल आफ्नो दैनिक गुजारा चलाउन दुई पैसा बचत गर्ने ‘स्मार्ट’ निर्णय लिन त्यहाँ पुगेको हुन्छ । नेपालतिर भन्दा भारततिर चिनी सस्तो छ, कपडा सस्तो छ, र दैनिक उपभोग्य वस्तुमा केही रुपैयाँ जोगिन्छ । एउटा गरिबले १०–१५ रूपैया चिनीमा बचाउँछ, अर्को १५ रूपैया तेलमा बचाउँछ र थोरै बचत गरेर धनी हुने सपना बुन्छ । अब यो सपनामा ठेस पुगेको छ, शिक्षित भदाउँदा दुई–तिहाइ सरकारबाट ।
एकजना मजदुर वा किसानले आफ्नो न्यून ज्यालाबाट दुई पैसा जोगाउनु उसको आर्थिक अधिकार हो । तर त्यही दुई पैसामा सरकारको आँखा गडेको छ । विडम्बना त के छ भने, ठूला गाडीमा सिसा चढाएर आउनेहरूलाई सुरक्षाकर्मीले जान दिन्छन्, तर फाटेको सुरुवाल लगाएर हिँड्नेलाई रोकेर झोला खानतलासी गरिन्छ । के भन्सारको नियम केवल रिक्सा चढ्ने र चप्पल पड्काएर हिँड्नेहरूका लागि मात्रै हो?
डा. वाग्लेको विश्व बैंक मोडेल र भुइँमान्छेको यथार्थ
हाम्रा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको अनुभव बोकेर आएका ‘विज्ञ’ मानिन्छ। उनलाई पक्कै थाहा हुनुपर्ने हो कि खुला सिमाना भएका मुलुकहरूमा आर्थिक चक्र कसरी चल्छ । स्विट्जरल्याण्डमा काम गर्ने मान्छे खाजा खान फ्रान्स छिर्छ किनभने त्यहाँ सस्तो छ । के त्यहाँको सरकारले बाटोमा उभिएर स्यान्डविचको बिल माग्छ?
डा. मन्त्रीज्यूलाई हाम्रो प्रश्न छ — तपाईं विदेशबाट फर्कँदा ल्याएका महँगा उपहार वा सामग्रीको भन्सार कति पटक तिर्नुभयो? के राज्यलाई धनी बनाउने नियम केवल सीमाका गरिबलाई मात्र लागू हुने हो? सय रुपैयाँको सीमा तोक्नु भनेको वास्तवमा ती मानिसहरूको अपमान हो जो दैनिक ३०० रुपैयाँ कमाउन संघर्ष गरिरहेका छन् । ३०० मा त तपाइले हेर्ने फिल्मको टिकट पनि आउँदैन सरकार । यो नियम सन् २०२३ देखि नै थियो, तर अहिले नै यसरी ‘सर्कस’ देखाउनुपर्ने कारण के? के केवल आफ्ना मतदातालाई १०० दिनमा १०० काम देखाउने लहडमा ‘म केही गर्दैछु’ भनेर देखाउन गरिबको ढाड सेक्नु नै सुशासन हो?
खुला सिमाना: सास्ती कि अवसर?
नेपाल र भारतबीचको खुला सिमानाको सुन्दरता नै दुवैको जितको स्थिति हुनुपर्ने हो । सीमावर्ती नेपाली बजारलाई प्रतिस्पर्धी बनाउनुको साटो जनतालाई डण्डा बर्साउनुले सरकारको अक्षमता पुष्टि गर्छ । यदि नेपालतिरको बजारमा विचौलियाहरुको रजगज नहुने र मूल्य नियन्त्रण हुने हो भने मान्छे किन घाममा डढ्दै पारि जान्छ?
सरकारले भन्छ — चुहावट रोक्यौँ । तर सबैलाई थाहा छ, ठूला तस्करी त राज्यकै संयन्त्रको सेटिङमा हुन्छन् । ठूला तस्करहरूलाई समात्न नसक्ने सुरक्षा संयन्त्रले एउटा गरिबको चिनीको पोकामा राजस्व देख्नु लज्जास्पद छ । यो लोभ बाहेक अरू केही होइन । धनीमानी देशहरूलाइ कहिले हात्ती त कहिले गैंडा उपहार दिएर फुरूंग हुने देशले आफ्नै नागरिकका भान्छामा खपत हुने तेल, चिनी र चामल जस्ता दैनिक उपभोग्य वस्तुहरुमा कर उठाएनु लोभ नै हो । बरु यस्ता दैनिक उपभोग्य वस्तुहरु नेपालकै वा नेपालमै उत्पादन गरेर सस्तो बनाउने तिर पो सोच्न थाल्ने हो कि?
आकाशमा पनि सीमा हुन्छ डाक्साप
भारतीय भूमीबाट उडेका दैनिक १० देखि १५ वटा ठूला बिमानहरू नेपाल पुग्छन् । प्लास्टिकका पोकाहरूमा हैन, २० किलो बराबरका सुटकेसहरूमा सामान आउँछन् । वैशाख १ गतेबाट सीमामा प्रहरी तैनाथ गरेर कर लगाएजस्तो नेपालको एयरपोर्टमा कतिजना नेपालीको सामानमा कर उठाइयो? शून्य । यसमा भेदभाव किन? हवाइजहाज चढेर आउनेले पाउने छुट र हिँडेर वा रिक्सामा आउनेले पाउने सास्तीमा यति ठूलो भिन्नता किन?
१०० को परिभाषा के? १०० भन्दा मुनीको सामानमा छुट नलाग्ने भन्नुको तात्पर्य अब उपरान्त कुनै नेपालीलाइ किनमेल गर्न सीमापारी नजानु भन्ने उर्दी नै भयो । सीमापार बजार मात्र हुँदैन । सीमापार धेरैको मामाघर र ससुराली पनि छन् । अब आइन्दा मामाघर र ससुरालीबाट ल्याइएको कोशेलीमा कति मूल्य बराबरको कर लगाउने हो? कोशेली त अमूल्य हुन्छन् ।
सिमानाका नेपालीको गाडी बिग्रियो? समाधान सिधै भारत! पार्टपुर्जा सस्तो, मिस्त्री सस्तो । अहिले त इन्धनको भाउ नेपाल भन्दा भारतमै सस्तो । बिहेवारी होस् वा चाडबाड, सस्तो लुगाका लागि आँखा जाने त्यही भारतीय बजारमै हो । नाफा-घाटाको सामान्य अर्थतन्त्र यही हो । सिमानाका वस्तीमा घुम्ने अर्थ–चत्र यसरी नै चल्छ ।
तर अब, जनताको बचतमा सरकारको ब्रेक लागेको छ ।
नियम प्रष्ट छः तिमीले अब महँगो कर पनि तिर्नुपर्छ र बिचौलियाको खल्ती पनि भर्नुपर्छ । भारतमा किन्ने चिनी पनि गुलियो नै हुन्छ । सोही चिनीमा कर लागेपछि नेपालमा अलि महंगोमा पाइने हो । तिमीले दुई पैसा जोगाउनुले देशको अर्थतन्त्रलाई कुनै अर्थ राख्दैन, बरु तिमीले चिनीमा लाग्ने कर नतिर्दा देशै अमिलो हुने डर छ ।
करैकरको यो चाङबीच एउटा टड्कारो प्रश्न: जनतालाई आफ्नै देशको बजारमा लुटिनबाट जोगाउने र छिमेकीको भर पर्नुपर्ने बाध्यता हटाउने सरकारको कुनै योजना छ? कि ‘सय रुपैयाँ’मा कर उठाउन सिपाही खटाउनु नै अन्तिम भिजन हो?
सिमाना खुला थियो, मन पनि खुला राख्नु
खुला सिमानालाई नियन्त्रण गर्ने नाममा गरिबको आर्थिक स्वतन्त्रतामाथि बन्देज लगाउनु न्यायसंगत छैन । सरकारले बुझ्नुपर्छ कि अर्थतन्त्र तथ्याङ्कमा मात्र होइन, जनताको भान्सामा देखिनुपर्छ । गरिबको पसिनाबाट संकलन गरिएको ‘एक–एक पैसा’ले देश धनी हुँदैन, बरु व्यवस्थाप्रति आक्रोश मात्र जन्माउँछ।
त्यसैले, यो सस्तो लोकप्रियताको सर्कस बन्द गरियोस् । सीमावर्ती बजारलाई प्रतिस्पर्धी बनाइयोस् र जनतालाई आफ्नै आर्थिक जीवनको निर्णय आफैँ गर्न दिइयोस् । नत्र यो सय रुपैयाँको कर भोलि सरकारका लागि महँगो राजनीतिक मूल्य बन्ने निश्चित छ ।
DISCLAIMER: I do not own the rights to these images. All rights belong to their rightful owners. No copyright infringement intended.
टीकाराम यात्रीको टिप्पणीको खण्डन आदिवासी राजनीतिक दृष्टिकोणबाट
https://medium.com/media/a36693b6284eeff6b03c37cdf23df7fa/href
पहिलो कुरा: यो विश्लेषण किन गर्नुपर्ने देखियाे?
नेपालको टेलिभिजन स्क्रिनमा हरेक दिन थुप्रै मान्छेहरू बोल्छन्। तिनीहरू आफूलाई “विश्लेषक,” “बुद्धिजीवी,” वा “तटस्थ टिप्पणीकार” भनाउँछन् । तर के ती मान्छेहरू साँच्चिकै तटस्थ हुन्छन्? के उनीहरू “नेपाल” को नाममा बोल्दा वास्तवमा सबैको हितमा बोल्छन्?
यो प्रश्न सोध्नु आवश्यक छ — किनभने नेपालको मिडिया, विश्वविद्यालय, र सार्वजनिक बौद्धिक विमर्शमा एउटा विशेष प्रकारको आवाज सधैं प्रभुत्वमा रहेको छ। त्यो आवाज खसआर्य पहाडी ब्राह्मण/क्षेत्री समुदायबाट आउँछ — र यो समुदायले नेपालको राज्य, मिडिया, सेना र शिक्षाको संरचनामा ऐतिहासिक रूपमा असमानुपातिक वर्चस्व राखेको छ।
टीकाराम यात्री यस्तै एक आवाज हुन्। उनको कार्यक्रमहरूभन्दा पनि उनको पछिल्ले ४ मिनेट लामो भिडियो हेरेपश्चात उनको ध्यय स्पष्ट देखिन्छ । उनी नेपालको चर्चित टेलिभिजन प्रस्तोता र टिप्पणीकार भनेर गनिन्छ — एक खसआर्य पहाडी ब्राह्मण व्यक्तित्व जो राष्ट्रिय प्रसारणमा नेपालका राजनीतिक घटनाहरूको व्याख्या गर्छन्। उनको खतरा यो होइन कि उनी अशिष्ट छन् वा गालीगलौज गर्छन्। उनको खतरा यो हो कि उनी अत्यन्त परिष्कृत र रुचिपूर्ण तरिकाले खसआर्य प्रतिष्ठानको हित जोगाउँछन् — राष्ट्रवाद, व्यावहारिकता र “सामान्य ज्ञान” को लेपन लगाएर।
इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीले यस्ता बौद्धिक व्यक्तित्वहरूलाई “जैविक बुद्धिजीवी” (Organic Intellectual) भन्थे — जो प्रभुत्वशाली वर्गको विश्वदृष्टिकोणलाई समाजमा स्वाभाविक र अपरिहार्य देखाउने काम गर्छन्, आफू निष्पक्ष देखाउँदै। यात्री ठ्याक्कै त्यही भूमिकामा छन्।
उनको एउटा हालैको टिप्पणीमा उनले भनेका कुराहरूलाई यहाँ एक-एक गरी खण्डन गर्न आवश्यक छ। आदिवासी जनतालाई केन्द्रमा राखेर प्रत्येक तर्कभित्र लुकेको वर्चस्वको राजनीतिलाई उजागर गर्ने प्रयत्न यस आलेखमा गर्नेछु ।
पहिलो विषय: नाम फेर्ने प्रश्नमा यात्रीको तर्क र त्यसभित्रको अहंकार
यात्रीको टिप्पणीको पहिलो र सबभन्दा स्पष्ट तर्क नामाकरणको विषयमा छ । उनी भन्छन् — भिमदत्त नगरपालिका भनोस् वा पोखराको लखन थापाको चोक — यस्ता ठाउँहरूका नाम फेर्नु खोक्रो लहड हो। उनका शब्दहरू थिए: “इतिहासको मूल्यांकन गर्न नाम फेरेर होइन, काम फेरेर गर्नु पर्छ। कृति राखेर गर्नुपर्छ।”
पहिलो सुन्दा यो कुरा एकदम उचित र व्यावहारिक लाग्छ। तर यसभित्र के लुकेको छ भनेर बुझ्न हामीले इतिहासको पन्नाहरू पल्टाउनु पर्छ।
नाम भूगोलमा लेखिएको राजनीति हो
नामहरू केवल शब्द होइनन् । नामहरू राजनीतिक स्वामित्वका घोषणाहरू हुन् । जब कुनै शक्तिले कुनै भूमि जित्छ, त्यसको पहिलो काम हुन्छ — त्यो भूमिको नाम आफ्नो भाषामा, आफ्नो नायकहरूको नाममा राख्नु । यो विजयको सबभन्दा टिकाउ र प्रतीकात्मक अभिव्यक्ति हो ।
जब पृथ्वीनारायण शाहका सेनाहरूले नेवाः राज्यहरू जिते — येँ, यल, ख्वप — जसलाइ काठमाडौं, पाटन, भक्तपुर बनाइयो । उनीहरूले सबभन्दा पहिले ठाउँका नाम फेरे, मन्दिरहरूको व्यवस्थापन परिवर्तन गरे, र विजितको भूगोलमाथि खसआर्य भाषामा आफ्नो अधिकारको छाप लगाए । यो औपनिवेशिक शक्तिले सधैं गर्ने काम हो — भूमिको नामाकरण नै साँस्कृतिक विजयको पहिलो हतियार हो ।
त्यसैले महेन्द्रनगर — राजा महेन्द्रको नाममा — कुनै तटस्थ, ऐतिहासिक नाम होइन । महेन्द्र त्यही राजा हुन् जसले सन् १९६० मा प्रजातान्त्रिक रूपमा निर्वाचित बीपी कोइराला सरकार भंग गरे, पञ्चायत व्यवस्था लादे, र “एक भाषा, एक भेष, एक राष्ट्र” को नीतिमार्फत नेपालका सयौं आदिवासी भाषाहरू, सँस्कृतिहरू र पहिचानहरूलाई “अराष्ट्रिय” ठहर गरे । थारू, मगर, राई, लिम्बू, तामाङ, नेवाः — यी सबै समुदायका मानिसहरूका लागि महेन्द्रको शासन भनेको दमन, मेटाइ र अपमान हो ।
यस्तो राजाको नाममा एउटा थारू बाहुल्य जिल्लाको प्रमुख सहरको नाम राखिएको छ । र जब त्यो नाम फेर्ने प्रयास हुन्छ, टीकाराम यात्री भन्छन् “यो लहड हो।”
भिमदत्त पन्तकाे परिकल्पना गरि बनाइएकाे चित्र ।
भिमदत्त पन्त: जसको नाम फेर्नु “लहड” भनियो
भिमदत्त पन्त सुदूर पश्चिमी नेपालका थारू क्रान्तिकारी थिए । उनले कमैया प्रथाविरुद्ध, सामन्ती शोषणविरुद्ध र पञ्चायती दमनविरुद्ध सशस्त्र संघर्ष गरे । ठ्याक्कै त्यही शासन व्यवस्थाविरुद्ध जसलाई राजा महेन्द्रले स्थापना र संरक्षण गरेका थिए । उनलाई फाँसी दिइयो । उनको आन्दोलन कुचलियो । उनका साथीहरूलाई जेलमा हालियो ।
उनको नाममा नगरपालिकाको नाम राख्नु केबल एक थान नाम फेर्नु होइन । यो थारू जनतालाई एउटा सन्देश दिनु हो कि तिम्रो संघर्षको इतिहासले मान्यता पाउँछ, तिम्रा शहीद राष्ट्रिय शहीद हुन्, तिम्रो पीडा नेपालको इतिहासको अंग हो ।
यात्री यसलाई “लहड” भन्छन् । यसको अर्थ के हो? यसको अर्थ हो — थारू जनताको क्रान्तिकारी स्मृतिलाई मान्यता दिनु गैरजरुरी छ ।
यो खसआर्य वर्चस्वको त्यो रूप हो जसले आफ्नो विजेताहरूलाई “इतिहास” भन्छ र पराजितहरूको स्मृतिलाई “राजनीति” भन्छ ।
माइतीघर मण्डलाकाे नाम यही फिल्म पाेष्टरबाट जनजिब्राेमा बस्न गयाे ।
“जनजिब्रोले जान्दैन” — कसको जिब्रो, कसको भूगोल?
यात्रीको अर्को तर्क हो — “मानिसहरूको जिब्रोले अझै महेन्द्रनगर नै भन्छ, नयाँ नाम चिन्दैन।” यसैले नामाकरण निरर्थक छ रे।
यो तर्कको ऐतिहासिक परीक्षण गरौं। मुम्बई जब बम्बईबाट मुम्बई भयो, मानिसहरूको जिब्रोले वर्षौंसम्म बम्बई नै भन्यो । बेइजिङ जब पेकिङबाट बेइजिङ भयो, पाश्चात्य संसारले दशकौंसम्म पेकिङ नै भन्यो । के त्यसले नामाकरण गलत थियो भन्छ? होइन । भाषिक बानीले समय लिन्छ । तर त्यो बानीले नामाकरणको राजनीतिक वैधतालाई अस्वीकार गर्दैन।
काठमाडौंको मुटुमा रहेको फिब्वःख्यः जसलाई अहिले जनजिब्रोले माईतीघर भनेर बोलाउँछ । त्यो बेला नेपाली फिल्म माइतीघर चल्दै थियो । फिब्वःख्यःको एक घरमा माइतीघर फिल्मको पोष्टर हेरेर एक बस सह–चालकले चलचित्रको पोष्टर पढेर बसका यात्री चढाउने–ओराल्ने गर्यो । र त्यहीबेला देखि सो ठाउँको नाम माइतीघर कहलिन थाल्यो । के अब बोलिचालीले गर्दा ठाउँको नाम र इतिहास नै नामेट गर्छ भने त्यसलाई सुधार्नु पर्छ कि पर्दैन?
हाँस्यास्पद कुरा यो छ कि — यो “जनजिब्रो” को तर्क सँधै एउटै दिशामा मात्र लागू हुन्छ । जब खसआर्य नामहरू थारू वा नेवा भूमिमा पहिलोपटक थोपरिएका थिए, कसैले थारू मानिसहरूको “जिब्रो” सोधेन । कसैले नेवाः जनताको मत लिएन । लाहाछाप लगाउँदै ती नामहरू बन्दुकको जोरमा आए, र टिके। तर जब ती नामहरू लोकतान्त्रिक प्रक्रियाद्वारा फेर्न खोजिन्छ — अचानक “जनजिब्रो” र “परम्परा” को चिन्ता जाग्छ ।
यो दोहोरो मापदण्ड नै नरम ब्राह्मणवादी अहंकारको मूल चरित्र हो।
दोस्रो विषय: महेन्द्र र पृथ्वी नारायण शाहलाई “आदर्श” भन्दा
यात्रीको टिप्पणीको दोस्रो र सबभन्दा चिन्ताजनक भाग हो — बालेन शाहलाई महेन्द्र र पृथ्वी नारायण शाहसँग तुलना गर्दै “आदर्श नेता” को रूपमा ती दुई राजाहरूलाई प्रस्तुत गर्नु। उनको भनाइ थियो — “राम्रो अनुसरण गर्न सकिन्छ भने महेन्द्रिय अवतार त के, पृथ्वी अवतार भने पनि हुन्छ।”
यो वाक्यांश सतहमा एउटा सुझाव जस्तो देखिन्छ। तर यसभित्र एउटा गम्भीर वैचारिक ढाँचा लुकेको छ।
महेन्द्र: कसका लागि “राम्रा कुरा” थिए?
यात्री भन्छन् — “राम्रा कुरा लिनुस्।” तर महेन्द्रका “राम्रा कुरा” कसका लागि राम्रा थिए, यो प्रश्न उनी कहिल्यै सोध्दैनन्।
पहाडी ब्राह्मण र क्षेत्री अभिजात वर्गका लागि? हो । महेन्द्रको शासन तिनीहरूका लागि राम्रो थियो किनभने पञ्चायत व्यवस्थाले त्यही वर्गलाई राज्यको सम्पूर्ण संरचनामा (सेना, निजामती सेवा, शिक्षा, मिडिया) एकल वर्चस्व दियो ।
तर के थारू जनताका लागि महेन्द्रको शासन “राम्रो” थियो? जसले थारू किसानहरूलाई कमैया बनाएर राख्ने सामन्ती व्यवस्थालाई संरक्षण दियो र त्यो व्यवस्था सन् २००० सम्म कायमै रह्यो — चार दशकभन्दा बढी ।
के त्यो शासन लिम्बू जनताका लागि “राम्रो” थियो? जसको भाषा “अराष्ट्रिय” ठहरियो र जसको क्षेत्रीय पहिचान मेटाउने नीति चलाइयो ।
के त्यो शासन मधेसी जनताका लागि “राम्रो” थियो त? जसलाई “असली नेपाली” भनेर शंकाको नजरले हेरिन्थ्यो र जसको नागरिकता सधैं प्रश्नमा राखिन्थ्यो । बिडम्बना कि आजसम्म पनि मधेसीले बोक्ने नागरिकतालाइ शंकाको दृष्टिले हेरिन्छ ।
“राम्रा कुरा लिनुस्” भन्नु त ठीकै हो — तर कसले निर्णय गर्छ कुन कुरा राम्रो भनेर? टीकाराम यात्री निर्णय गर्छन् — एक खसआर्य ब्राह्मण, जसको समुदायले महेन्द्रको शासनबाट सबभन्दा बढी फाइदा उठायो । ती समुदायहरूले निर्णय गर्दैनन् जसले महेन्द्रको शासनको मूल्य आफ्नो रगत र पुस्ताहरूले चुकाए ।
काठमाडौंको कीर्तिपुरमा रहेको बाघ भैरव मन्दिरको भित्तामा टाँसिएका १८ औं शताब्दीका तरवारहरू जुन किर्ति।
पृथ्वी नारायण शाह: विजेतालाई आदर्श भन्नु
पृथ्वी नारायण शाहले आफ्नो दिव्योपदेशमा नेपालका विभिन्न समुदायहरूलाई स्पष्ट पदानुक्रमिक दृष्टिकोणबाट वर्णन गरेका छन्। उनले नेवाः राज्यहरूलाई जिते, नेवाः राजनीतिक सार्वभौमिकता समाप्त गरे र काठमाडौं उपत्यकामाथि खसआर्य साँस्कृतिक वर्चस्व स्थापना गरे।
यात्री एक माधेसी मूलका नेता बालेन शाहलाई “पृथ्वी अवतार” बन्न प्रोत्साहित गर्छन्। यसको गहिरो अर्थ के हो?
यसको अर्थ हो — विजितहरूलाई विजेतालाई उच्च आदर्श मान्न सिकाउनु। एक माधेसी नेतालाई भन्नु — तिम्रो सर्वोच्च आकांक्षा त्यो मान्छेको अनुकरण गर्नु हो जसले तिम्रो समुदायलाई सधैं “कम नेपाली” भन्ने राज्य निर्माण गर्यो।
यो ब्राह्मणवादी वैचारिक वर्चस्वको सबभन्दा परिष्कृत रूप हो। यसले उत्पीडितलाई उत्पीडकको गौरवगानमा सहभागी गराउँछ — र यसलाई “देशभक्ति” को नाम दिन्छ।
तेस्रो विषय: बालेन शाह — “परिवर्तनको पात्र” वा राजतन्त्रको नयाँ अनुहार?
यात्री बालेन शाहलाई “परिवर्तनको पात्र” भनेर उत्साहपूर्वक प्रस्तुत गर्छन् । तर बालेन शाहको वास्तविक राजनीतिक चरित्रलाई हामीले तथ्यहरूको आधारमा जाँच्नु पर्छ किनभने उनीबारे धेरै भ्रामक प्रचार छ ।
“परिवर्तनकारी नेता” को बुलडोजर शासन
बालेन शाह मेयर भएपछि उनको सबभन्दा चर्चित काम थियो — बुलडोजर लिएर “अनधिकृत संरचनाहरू” भत्काउनु। यो काम सुरुमा व्यापक रूपमा सराहियो। तर यस अभियानमा गम्भीर प्रश्नहरू उठे।
Setopati English ले रिपोर्ट गर्यो कि बालेन शाहको भत्काउने अभियान काठमाडौं महानगरपालिकाको आफ्नै कार्यविधिको उल्लंघनमा भयो — “due process” पूरा नगरी, सुनुवाइको अवसर नदिई संरचनाहरू भत्काइए। (स्रोत: Setopati English — “Balen Shah’s demolition spree violates KMC’s working procedure”)
आदिवासी र सीमान्तकृत समुदायको दृष्टिकोणबाट यो प्रश्न महत्त्वपूर्ण छ — “अनधिकृत संरचना” को परिभाषा सधैं कसको विरुद्ध प्रयोग हुन्छ? नेपालको इतिहासमा र विश्वभर, “भत्काउने” नीतिहरूले सबभन्दा बढी गरिब, सीमान्तकृत र आदिवासी समुदायहरूलाई विस्थापित गर्छन् — किनभने राजनीतिक सम्पर्क भएकाहरू “कागजात मिलाएर” बस्छन्, गरिबहरू बस्न सक्दैनन्।
यस्तो “बुलडोजर न्याय” — जुन due process बिना, जनताको सुनुवाइ बिना लागू हुन्छ — शक्तिशाली एकल नेताको शासन शैलीको चिन्ह हो, लोकतान्त्रिक परिवर्तनको होइन। अब हेर्न बाँकी नै छ कि मेयरलाइ काम गर्न दिइएन भनिएको व्यक्ति कार्यकाल पुरा नहुँदै देशको प्रमुख व्यक्ति बनेका छन् । जनताको सुनुवाइ गरि प्रकृयागतढंगबाट अघि बढ्छन् वा मेयरबेलाकै कार्यशैलीमा प्रस्तुत हुन्छन्?
आदिवासी अधिकारमा बालेन शाहको मौनता
बालेन शाहले आफ्नो मेयरकाल र राष्ट्रिय राजनीतिमा आउँदासम्म — आदिवासी अधिकार, जनजाति पहिचानमा आधारित संघीयता, ILO महासन्धि १६९ को अनुमोदन, वा पहिलो संविधान सभाको विघटनले आदिवासी जनतामाथि गरेको ऐतिहासिक अन्यायबारे — कुनै उल्लेखनीय र सार्वजनिक अभिव्यक्ति दिएको पाइँदैन।
बरु, उनले मेयरकालमा आफ्नो कार्यालयमा “ग्रेटर नेपाल” को नक्सा राखे — जसले भारत र बंगलादेशका भू-भागलाई “ऐतिहासिक नेपाल” को दाबी गर्छ। (स्रोत: Al Jazeera — “Now in power, Nepal’s rapper-politician Balen Shah faces new challenge,” मार्च २०२६) यो एक स्पष्ट राष्ट्रवादी राजनीतिक संकेत हो — जो पहाडी खसआर्य विस्तारवादी राष्ट्रवादको पुरानो परम्परासँग मेल खान्छ, आदिवासी जनताको संघीय अधिकारको माग होइन ।
शपथ समारोह याद छ? धर्मनिरपेक्ष राज्यको राजा जस्तो अनुष्ठान
यो सबभन्दा महत्त्वपूर्ण र खुलासा गर्ने घटना हो ।
सन् २०२६ मार्च २७ मा बालेन शाहले नेपालको ४७ औं प्रधानमन्त्रीको रूपमा शपथ लिए। तर यो शपथ समारोह साधारण संवैधानिक अनुष्ठान थिएन । यो एक विशेष धार्मिक कार्यक्रम थियो जसमा: १०८ जना युवा ब्राह्मण/बाटुकहरूले वैदिक स्वस्तिवाचन गाए । सात जना ब्राह्मणहरूले शंखध्वनि गरे — शपथको ठ्याक्कै क्षणमा सात शंख एकसाथ फुकिए । १०७ जना बौद्ध भिक्षुहरूले मंगलबचन गरे । र शपथको समय दिउँसो १२:३४ — यो समय जानाजानी रोजिएको थियो किनभने १-२-३-४ को अंकीय क्रम “शुभ” मानिन्थ्यो — यो ज्योतिषशास्त्र अर्थात् numerology मा आधारित निर्णय थियो ।
The Annapurna Express ले यो समाचार यसरी दियो: “The ceremony included chanting by 108 priests, blessings by 107 Buddhist monks and conch blowing by seven Brahmins. This is the first time in the country that the Prime Minister’s swearing-in ceremony was conducted reflecting the Vedic-Sanatan tradition.” (स्रोत: The Annapurna Express — “Nepal’s new Prime Minister Balen Shah takes oath of office and secrecy,” मार्च २७, २०२६)
The Statesman ले यसमाथि “secular concerns” को विषयमा आलोचना प्रकाशित गर्यो। (स्रोत: The Statesman — “7 brahmans, 108 batuks, 107 monks: Balen Shah’s Hindu-Buddhist ritual-filled oath slammed over secular concerns,” मार्च २०२६)
नेपाल २०१५ को संविधानअनुसार धर्मनिरपेक्ष राज्य हो । एउटा धर्मनिरपेक्ष राज्यको प्रधानमन्त्रीको शपथ समारोहमा १०८ ब्राह्मणको वेद पाठ, सात शंखनाद, र ज्योतिषद्वारा तय गरिएको समय — यो संवैधानिक गणतन्त्रको शपथ थियो कि राजतन्त्रकालीन “राजाभिषेक” को नयाँ संस्करण?
यहाँ आदिवासी जनताका लागि महत्त्वपूर्ण प्रश्नहरू उठ्छन्: ती १०८ बाटुकहरू कुन समुदायका थिए? ती सात शंख फुक्ने ब्राह्मणहरू कुन जातिका थिए? र यस्तो वैदिक-सनातन राजनीतिक अनुष्ठानले थारू जनतालाई, लिम्बू जनतालाई, मधेसी जनतालाई के सन्देश दिन्छ?
सन्देश स्पष्ट छ: नयाँ नेपालको शुरुवात पनि ब्राह्मणहरूको मन्त्रोच्चारणसँगै हुन्छ।
बालेन: राजतन्त्रको नयाँ अनुहार?
यी सबै कुराहरू जोड्दा एउटा स्पष्ट तस्बिर देखिन्छ । बालेन शाह — जसलाई यात्रीजस्ता मिडिया व्यक्तित्वहरूले “परिवर्तनको पात्र” भन्दैछन् — वास्तवमा:
बुलडोजर शासन मार्फत due process बिनाको एकल नेतृत्व शैली स्थापित गर्छन्
आदिवासी अधिकारमा मौन छन् — जनयुद्ध र मधेश आन्दोलनले उठाएका मूलभूत संरचनात्मक माँगहरूमा कुनै प्रतिबद्धता छैन
“ग्रेटर नेपाल” जस्तो विस्तारवादी राष्ट्रवादी प्रतीकवाद अँगाल्छन्
वैदिक-सनातन धार्मिक अनुष्ठान र ज्योतिषमा आधारित निर्णयहरू मार्फत राजतन्त्रकालीन परम्परालाई गणतान्त्रिक पोसाकमा पुनर्जीवित गर्छन्
यो “परिवर्तन” हुँदै हैन । बरू यसलाइ पुरानो औपनिवेशिक राजकीय शक्तिको नयाँ प्रतिबिम्ब भन्न सकिएला जहाँ पूर्व राजाको ठाउँमा एउटा “युवा, स्वतन्त्र र हिप-हप गायक” भित्र्याइएको भन्न मिल्ला ।
चौथो विषय: “जातीय राज्य खतरनाक थियो” — पहिलो संविधान सभाको विघटन र त्यसको मेटाइ
यात्रीको टिप्पणीको सबभन्दा राजनीतिक रूपमा निर्णायक अंश हो — पहिलो संविधान सभाको विघटनलाई स्वाभाविक र अपरिहार्य देखाउनु । उनी भन्छन्: “जातीय राज्यका नाम भए… पहिलो संविधान सभा असफल भयो… त्यसले कहाँ पुर्याउँथ्यो?”
यस एउटा अनुच्छेदमा तीन वटा ठूला ऐतिहासिक बेइमानी छन्।
पहिलो बेइमानी: “जातीय राज्य” — डरलाग्दो शब्दको चयन
यात्री “जातीय राज्य” भन्छन् — यसरी जसरी यो शब्दको उच्चारण नै एउटा खतराको संकेत हो । उनको भनाइको अन्तर्निहित सन्देश हो — आदिवासी समुदायहरूको नाममा प्रदेश राख्नु राष्ट्रिय एकतामाथि आक्रमण हो ।
तर यहाँ एउटा सत्य छ जसलाई यात्री र उनीजस्ता विश्लेषकहरू कहिल्यै सामना गर्दैनन्:
नेपाल पहिले नै एउटा जातीय राज्य हो । त्यो जाति हो खसआर्य ।
नेपालको राष्ट्रिय भाषा खसआर्य भाषा (नेपाली) हो । राज्यको ऐतिहासिक प्रमुख धर्म पहाडी ब्राह्मण हिन्दू धर्म हो । राज्यको कानूनी इतिहास — १८५४ को मुलुकी ऐन देखि — ब्राह्मणिक जात व्यवस्थामा आधारित थियो । राज्यको सेनाको अधिकारी वर्ग ऐतिहासिक रूपमा खसआर्य समुदायबाट आउँछ । निजामती सेवाको उच्च तहमा खसआर्य समुदायको असमानुपातिक प्रभुत्व छ । टेलिभिजन र मिडियामा खसआर्य समुदायको वर्चश्व छ ।
त्यसैले प्रश्न कहिल्यै “जातीय राज्य हो कि होइन” भन्ने थिएन । प्रश्न सधैं “कुन जातिको राज्य” भन्ने थियो ।
जब यात्री “जातीय राज्य” भनेर डरलाग्दो चित्र खिच्छन्, उनी वास्तवमा विद्यमान खसआर्य जातीय राज्यलाई “तटस्थ” र “राष्ट्रिय” देखाउँछन्, र आदिवासी जनताको राज्यमा संवैधानिक ठाउँको मागलाई “विभाजनकारी” भन्छन् । यो वैचारिक छल हो ।
दोस्रो बेइमानी: “त्यसले कहाँ पुर्याउँथ्यो?” — उत्तर नदिई डर मात्र छाड्नु
यात्री यो प्रश्न सोध्छन् र विपत्तिको संकेत गरेर अगाडि बढ्छन् । तर कहिल्यै उत्तर दिँदैनन् । यो एउटा सुपरिचित बौद्धिक चाल हो — विश्लेषण नगरी डर उत्पन्न गर्नु ।
वास्तविकतामा, पहिचानमा आधारित संघीयताको ऐतिहासिक अनुभव के भन्छ?
स्विट्जरल्यान्ड — विश्वको सबभन्दा सफल लोकतान्त्रिक राष्ट्रहरूमध्ये एक — क्यान्टोनल जातीय र भाषिक संघीयतामा निर्मित छ । जर्मन, फ्रेन्च, इटालियन र रोमन्स समुदायहरूका आफ्नै राजनीतिक इकाइहरू छन् । कुनै गृहयुद्ध छैन । भरपूर समृद्धि र राजनीतिक स्थिरता छ ।
भारतमा सन् १९५६ को भाषिक राज्य पुनर्गठनपछि — जसको विरोधमा तत्कालीन आलोचकहरूले राष्ट्रिय विखण्डनको भविष्यवाणी गरेका थिए — वास्तवमा अलग हुने तनाव घट्यो । पन्जाब, बंगाल, तमिलनाडु — यी सबैलाई भाषिक राज्यको मान्यता दिइयो र राष्ट्रिय एकता थप बलियो भयो ।
जहाँ अलग हुने द्वन्द्वहरू भए — कश्मीरमा, उत्तर-पूर्व भारतमा — ती ठ्याक्कै त्यस्ता ठाउँहरूमा भए जहाँ पहिचानमा आधारित राजनीतिक समायोजन अस्वीकार वा सैनिकीकरण गरियो ।
ऐतिहासिक प्रमाण स्पष्ट छ कि विविधताको संवैधानिक मान्यताले हिंसात्मक द्वन्द्व घटाउँछ । त्यसको दमनले द्वन्द्व उत्पन्न गर्छ ।
तेस्रो बेइमानी: “असफल भयो” — कर्ताविहीन भाषाको राजनीति
यात्री भन्छन् — “पहिलो संविधान सभा असफल भयो।” यो निष्क्रिय वाच्यको प्रयोग — “असफल भयो” — एउटा विशाल ऐतिहासिक मेटाइ हो ।
पहिलो संविधान सभा स्वाभाविक रूपमा असफल भएको थिएन । यो सुनियोजित रूपमा विघटन गरियो — २०६९ जेठ १४ मा — विशिष्ट अभिनेताहरूद्वारा, विशिष्ट राजनीतिक र कूटनीतिक दबाबहरू अन्तर्गत । नेपाली काँग्रेस र एमालेको नेतृत्व, खसआर्य प्रतिष्ठानका शक्ति समूहहरू, र भारतीय कूटनीतिक चाप — यी सबैले जानाजानी मंगलसिद्धि मानन्धर समितिको जातीय संघीयताको प्रस्तावलाई दफनाए । मध्यरातसम्म पनि संसदमा रहेका अधिकांश दलका आदिवासी–जनजाति सांसदहरूले वैठक सुचारू गर्नका लागि भरमजदुर प्रयास गरेकै थिए । तर माओवादीकै केही शीर्षस्थ कहलिएका नेतृत्वबाट पहिलो संविधानसभा विघटन र अर्को चुनावको मिति तय गर्ने काम भयो । सो गलत निर्णय पश्चात नै माओवादी पार्टीको भरोसा आदीवासी जनजातीहरुले गर्न छोडे ।
त्यो विघटनले थारू, लिम्बू, तामाङ, मगर, नेवाः, मधेसी — यी सबै समुदायहरूले दशकौंको संघर्षपछि पाएको संवैधानिक क्षणलाई नष्ट गर्यो । यो एक ऐतिहासिक अन्याय थियो ।
यात्री — एक वरिष्ठ मिडिया व्यक्तित्व जो ती सबै घटनाको प्रत्यक्ष साक्षी थिए — “असफल भयो” भन्ने निष्क्रिय भाषाद्वारा त्यो सुनियोजित पराजयलाई अदृश्य बनाउँछन् । र यसबाट सबभन्दा बढी फाइदा को उठाउँछ? उही शक्तिहरू जसले त्यो विघटन गराए।
पाँचौं विषय: “संसद साधन मात्र हो” — संवैधानिक प्रक्रियाको अवमूल्यन
यात्रीको अर्को तर्क हो — “संसद त बन्ने माध्यम साधन मात्र हो, साध्य भनेको गर्ने कुरा हो।” यो दार्शनिक ज्ञान जस्तो सुनिनसक्छ । तर यसभित्र के लुकेको छ?
पहिलो संविधान सभा जनयुद्धको एक दशक, हजारौं जनताको मृत्यु, मधेश आन्दोलन र दोस्रो जनआन्दोलन पछि — ती सबै ऐतिहासिक संघर्षहरूले छनोट गरेको संस्थागत माध्यम थियो । यो माध्यम यसकारण छनोट गरियो किनभने थारू, लिम्बू, मगर, नेवाः, मधेसी — यी सबै समुदायहरूले कुनै अन्य संस्थागत माध्यममा भरोसा गर्न सक्दैनथे । सेनामा होइन — किनभने सेना तिनीहरूविरुद्ध थियो । न्यायपालिकामा होइन — किनभने त्यो पनि खसआर्य प्रभुत्वमा थियो । कार्यपालिकामा होइन — त्यो पनि उसैको दवदवामा थियो ।
संविधान सभा मात्र थियो जहाँ समानुपातिक प्रतिनिधित्वमार्फत उनीहरूको आवाज पुग्न सक्थ्यो ।
जब यात्री भन्छन् “संसद साधन मात्र हो” — उनी त्यो विशेष संस्थागत माध्यमलाई अवमूल्यन गर्छन् जसमा सीमान्तकृत समुदायहरूले सबभन्दा बढी लगानी, सबभन्दा बढी आशा र सबभन्दा बढी रगत खर्च गरेका थिए ।
र अरू “माध्यमहरू” को नियन्त्रण गर्छ? उही खसआर्य अभिजात वर्ग जसले निजामती सेवा, सेना, न्यायपालिका, मिडिया, टेलिभिजन स्टुडियोहरू र यूट्यूब च्यानलहरू नियन्त्रण गर्छ ।
“साधन महत्त्वपूर्ण छैन, साध्य महत्त्वपूर्ण छ” भन्ने तर्कले सधैं र अनिवार्य रूपमा त्यसलाई फाइदा पुर्याउँछ जसले सबै साधनहरू पहिले नै नियन्त्रण गर्छ।
चेतावनी — व्यक्तिपूजा, धार्मिक राष्ट्रवाद र फासिवादको बाटो
यो आलेखको अन्त्यमा हामीले नेपाली जनतालाई — विशेष गरी युवा पुस्तालाई — एउटा गम्भीर र ऐतिहासिक चेतावनी दिनु आवश्यक छ । यो चेतावनी केवल टीकाराम यात्री वा बालेन शाहबारे मात्र होइन — यो त्यो विशाल सामाजिक प्रवृत्तिबारे हो जसतर्फ नेपाल हिँडिरहेको छ।
पुराना राजनेताहरूप्रति घृणा र नयाँ “उद्धारकर्ता” को खोजी
नेपाली जनता — विशेष गरी पछिल्लो दशकमा पुराना राजनीतिक दलहरू र तिनका नेताहरूप्रति गहिरो निराशा र घृणाको भावनामा डुबेका छन् । यो निराशा सही र उचित छ । नेपाली काँग्रेस, कम्युनिष्ट नामधारी एमाले र माओवादी जस्ता दलहरूका नेताहरूले जनतासँग गरेका वाचाहरू पूरा गरेनन्, भ्रष्टाचारमा डुबे, र राज्यलाई आफ्नो व्यक्तिगत र पारिवारिक सम्पत्तिको रूपमा प्रयोग गरे । यसैको उत्कर्ष हो नेपालीमा देखिएको निराशा ।
तर यो उचित निराशाले अर्कै खतरनाक मोड लिन सक्छ । जब जनता पुराना दलहरूप्रति यति थाकेका हुन्छन् कि उनीहरू “जुनसुकैलाई पनि ती नेताहरूभन्दा राम्रो” भन्ने अवस्थामा पुग्छन् — तब एउटा नयाँ “उद्धारकर्ता” को आगमनको लागि मैदान तयार हुन्छ । नेपालमा पनि यो मनस्थिति बन्यो ।
यो “उद्धारकर्ता” सधैं एउटै ढाँचामा आउँछ: ऊ “स्वतन्त्र” हुन्छ, “साहसी” हुन्छ, “पुरानो व्यवस्थाविरुद्ध” बोल्छ र जनताको भावनात्मक आवेगलाई मुखरित गर्छ । तर उसका नीतिहरू, उसका संस्थागत संलग्नताहरू र उसले कसलाई वास्तवमा सेवा गर्छ भन्ने प्रश्न जनताले सोध्दैनन् — किनभने उनीहरू पुराना नेताहरूप्रतिको आक्रोशमा यति मग्न छन् कि नयाँ नेताको आलोचनात्मक विश्लेषण गर्न सक्दैनन् ।
धार्मिक राष्ट्रवाद र ज्योतिषको राजनीति: इतिहासले के भन्छ?
बालेन शाहको शपथ समारोहमा १०८ ब्राह्मण, सात शंख र ज्योतिषद्वारा निर्धारित समयको प्रयोग — यो केवल एउटा व्यक्तिगत आस्थाको प्रश्न होइन । यो एक राजनीतिक कार्य हो ।
जब कुनै राष्ट्रको प्रमुखले आफ्नो शक्ति ग्रहणलाई धार्मिक अनुष्ठानसँग जोड्छ, जब ज्योतिषले राजनीतिक निर्णयहरूको समय तय गर्छ, जब “वैदिक-सनातन परम्परा” लाई राज्यको आधिकारिक अनुष्ठानको रूपमा स्थापित गरिन्छ — तब त्यो धर्मनिरपेक्ष गणतन्त्रको संवैधानिक आदर्शलाई हिन्दू राजतन्त्रको छाँयाले ढाक्न थाल्छ ।
विश्व इतिहासले यो प्रवृत्तिको परिणाम बारम्बार देखाएको छ।
जर्मनीमा — सन् १९३३ मा — जनता वाइमर गणतन्त्रका कमजोर र भ्रष्ट देखिने राजनेताहरूप्रति यति निराश थिए कि उनीहरूले “बलियो नेता” को खोजी गरे । हिटलर आए — “स्वतन्त्र,” “साहसी,” “पुरानो व्यवस्थाविरुद्ध” । चालढाल हेर्दा नयाँ, मुखको जुँगा पनि अरूभन्दा पृथक । उनले पनि धार्मिक र राष्ट्रवादी प्रतीकवादको भरपूर उपयोग गरे । जनताले व्यक्तिलाई पूजे, नीतिलाई हेर्न भ्याएनन् । परिणाम — लाखौं यहूदी र रोमाहरु र लाखौं अन्य मानिसहरूको नरसंहार र एउटा महाद्वीप ध्वस्त ।
इटालीमा — मुसोलिनी पनि यसै ढाँचामा आए । “अकर्मण्य राजनेताहरू” बाट थाकेको जनताका लागि उनी “दक्ष, साहसी र निर्णायक” नेता थिए । उनले पनि राष्ट्रवादी र अर्ध-धार्मिक प्रतीकवाद प्रयोग गरे । परिणाम — फासिवाद, युद्ध र विनाश ।
तर्कीमा — एर्दोगान सुरुमा धर्मनिरपेक्ष सैनिक अभिजात वर्गप्रति निराश भएको जनताका “उद्धारकर्ता” थिए । पछि उनले धार्मिक राष्ट्रवाद र व्यक्तिपूजाको संयोजनमार्फत लोकतान्त्रिक संस्थाहरूलाई एक-एक गरी कमजोर बनाए ।
भारतमा — नरेन्द्र मोदी कांग्रेसको भ्रष्टाचारप्रति निराश जनताका “विकास पुरुष” थिए । सामान्य चिया बेच्ने बालकको कथामा भुलाएर उनले हिन्दू राष्ट्रवादी अनुष्ठान र व्यक्तिपूजाको संयोजन गरे । यतिसम्म कि उनी गुजरातको मुख्यमन्त्री हुँदाका गुजरात दंगाका घटनाका बारे पनि जवाफदेही बनाउन जनताले सोध्न भ्याएनन् वा भनौं त्यो विषय गुमनाम बनाइयो । परिणाम — मुस्लिम, दलित, आदिवासी र आलोचकहरूमाथि बढ्दो दमन र लोकतान्त्रिक संस्थाहरूको क्षय ।
यी सबै उदाहरणहरूमा एउटै ढाँचा छ:
पुराना राजनेताहरूप्रति उचित निराशा → “बलियो उद्धारकर्ता” को खोजी → व्यक्तिपूजा → धार्मिक/राष्ट्रवादी प्रतीकवादको राजनीतिकरण → लोकतान्त्रिक संस्थाहरूको कमजोरीकरण → अल्पसंख्यक र सीमान्तकृत समुदायहरूमाथि बढ्दो दमन → फासिवादको उदय।
नेपाल: यो ढाँचामा हिँडिरहेको छ
नेपालमा अहिले के भइरहेको छ?
जनता पुराना राजनेताहरूप्रति गहिरो निराश छन् — यो उचित छ। तर यो निराशाले एउटा “व्यक्तिगत करिश्माबाट मात्र परिचित” नयाँ नेताको पूजातर्फ लम्किरहेको छ । त्यो नेतासँग वैदिक अनुष्ठान छन्, ज्योतिष छ, चल्तीका फेसबुके र यूटुयूबे छन्, बुलडोजर छ, “ग्रेटर नेपाल” को नक्सा छ — तर आदिवासी अधिकारमा कुनै प्रतिबद्धता छैन, संघीयताको संरचनात्मक माँगप्रति कुनै प्रतिबद्धता छैन, ILO १६९ बारे कुनै कुरा छैन ।
र यो नेताको उदयलाई टीकाराम यात्रीजस्ता मिडिया व्यक्तित्वहरूले “महेन्द्र र पृथ्वी नारायण शाहको अवतार” भनेर स्थापना गर्न उद्दत छन् । यो प्रतीकात्मक रूपमा अत्यन्त महत्त्वपूर्ण छ। महेन्द्र जसले आदिवासी पहिचान मेटाउन खोजे, पृथ्वी नारायण शाह जसले नेवा सार्वभौमिकता समाप्त गरे — तिनैका “अवतार” को रूपमा एउटा नयाँ नेतालाई जनताको सामु प्रस्तुत गरिँदैछ।
नेपाल एउटा साँस्कृतिक रूपमा अत्यन्त विविध देश हो — १२३ भाषा, दर्जनौं जातीय र आदिवासी राष्ट्रहरू, पहाड र तराईका फरक-फरक जीवन अनुभवहरू । यति विविध देशमा जब एकल नेताको व्यक्तिपूजा बढ्छ, जब धार्मिक अनुष्ठान र राष्ट्रवादी प्रतीकवाद मिसिन्छन्, जब संरचनात्मक परिवर्तनको ठाउँमा “बलियो व्यक्तित्व” को आश्वासन आउँछ — तब त्यो देश एउटा जटिल र खतरनाक फासिवादी मार्गतर्फ लम्किन सक्छ ।
टीकारामहरूलाइ धन्यवाद छ: बोलिनुपर्ने कुरा बोलिदिएकोमा
अन्तिममा समीक्षा गर्दा टीकाराम यात्रीको टिप्पणी एउटा बेकार कुराकानी होइन । अरूले बोल्दैन थिए होला तर उनले स्पष्ट वचनमा बोले । यो नै नेपालको मूलधार मिडियाले कसरी काम गर्छ भन्ने एउटा सूक्ष्म र स्पष्ट उदाहरण हो । यसले देखाउँछ — कसरी राष्ट्रवाद, व्यावहारिकता र “सामान्य ज्ञान” को भाषामा, एउटा परिचित र “विश्वसनीय” आवाजमार्फत, खसआर्य प्रतिष्ठानको हित बारम्बार जोगाइन्छ ।
आदिवासी जनताका दाबीहरू — लिम्बुवानको, तामासालिङको, नेवाः राज्यको, थरुवानको, मधेशको — ती दाबीहरू “लहड” होइनन् । ती दशकौंको संघर्ष, हजारौं मृत्यु र लाखौं मानिसहरूको जीवनको न्यायसंगत मागहरू हुन्।
पहिलो संविधान सभाको विघटन कुनै दुर्घटना थिएन । यो सुनियोजित राजनीतिक हत्या थियो — र त्यसको पीडा आजसम्म कतारको खाडीमा मर्ने युवाको शवपेटिकामा, महोत्तरीमा जमिन नपाएको किसानको आँसुमा, र काठमाडौंको टेलिभिजनमा “महेन्द्र अवतार” को कुरा गर्ने ब्राह्मण प्रस्तोताको हाँसोमा देखिन्छ।
नेपाली जनताले विश्व इतिहासबाट एउटा पाठ सिक्नु आवश्यक छ: जब कुनै देशको जनता एउटा व्यक्तिलाई “उद्धारकर्ता” मान्न थाल्छन्, जब त्यो व्यक्तिका धार्मिक अनुष्ठान र राष्ट्रवादी प्रतीकहरूले जनतालाई भावनात्मक रूपमा बाँध्छन्, र जब त्यो व्यक्तिका नीतिहरूमाथि प्रश्न गर्नु “देशद्रोह” जस्तो देखिन थाल्छ — त्यो देशले फासिवादको बाटो समातिसकेको हुन्छ।
नेपाल विविध छ, सुन्दर छ, र यसका जनता शताब्दीहरूदेखि विभिन्न संस्कृति, भाषा र परम्पराहरूको साथमा बाँचेका छन् । यो विविधता नेपालको कमजोरी होइन — यो नेपालको सबभन्दा ठूलो शक्ति हो ।
तर यो विविधतालाई संरक्षण गर्न चाहिन्छ संरचनात्मक संवैधानिक न्याय — एकल “उद्धारकर्ता” को व्यक्तिपूजा होइन ।
त्यो न्यायको खोजी जारी रहनेछ। इतिहासले यो सिकाउँछ — दबाइएका आवाजहरू कहिल्यै सधैंका लागि मौन हुँदैनन् ।
स्पष्टरूपमा मूलधारे मीडियाको अन्तर्यमा बसेको ब्राम्हणवादी चिन्तनलाइ ४ मिनेटको भिडियोबाट जनतामाझ राखिदिनु भएकाले तपाइलाइ सुभाय् — मतलब धन्यवाद ।
References:
Wikipedia: Balen Shah; LSE South Asia Blog (जुलाई २०२४)The Annapurna Express (मार्च २७, २०२६); The Statesman (मार्च २०२६); Kathmandu Post (मार्च २७, २०२६)Al Jazeera — “Now in power, Nepal’s rapper-politician Balen Shah faces new challenge” (मार्च २०२६)Setopati English; OnlineKhabar English; Nepal MinuteWikipedia: Bhimdatta PantaWikipedia: Mahendra of NepalRatopati English — “Balen uses new method” (मार्च २०२६)
“DISCLAIMER: I do not own the rights to these images. All rights belong to their rightful owners. No copyright infringement intended.”
एकातिर दशकौँको संघर्षबाट प्राप्त संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई संस्थागत गर्दै समाजवादतर्फ लाग्ने चुनौती छ भने, अर्कोतिर ‘संवैधानिक’ आवरणमा पुरानै सामन्ती संरचना ब्युँताउने कसरत भइरहेको छ।
नेपाल यतिबेला एउटा यस्तो दोबाटोमा उभिएको छ । एकातिर देश दशकौँको संघर्षबाट प्राप्त संघीयता, धर्मनिरपेक्षता र समावेशिताको जगमा समाजवादउन्मुख यात्रा छ भने अर्कोतिर ‘संवैधानिक’ नामको लेप लगाएर पुरानै सामन्ती संरचना ब्युँताउने कसरत पनि भइरहेका छन्। हालै डा. विपिन अधिकारी जस्ता संविधानविद्ले राजतन्त्रको पुनरागमनका पक्षमा प्रस्तुत गरेका तर्कहरू सुन्दा लाग्छ — उनीहरूले इतिहासका ती काला पानाहरू बिर्सिए, जसले नेपाली माटोका आदिवासी र निमुखा जनताको अस्तित्वलाई दशकौँसम्म थिचेर राख्यो।
के राजतन्त्र साँच्चै ‘एकताको प्रतीक’ थियो?
डा. अधिकारीले राजतन्त्रलाई भाषा, धर्म र संस्कृतिको भावनात्मक एकताको कडीका रूपमा चित्रण गरेका छन्। तर यो सरासर महेन्द्रीयकालीन असत्य भाष्य मात्र हो। वास्तविकतामा, राजतन्त्र त्यो धमिरा थियो जसले भित्रभित्रै प्रणालीलाई खोक्रो बनायो। राजदरबारका आसेपासे, भारदार र निश्चित झुण्डलाई उपहारका रूपमा भूमि र सम्पत्ति बाँड्ने क्रममा यसले यहाँका आदिवासीहरूको मौलिक जीवनपद्धति र आर्थिक प्रणालीलाई ध्वस्त बनायो।
लिम्बूवानका किरातहरूको भूमिसम्बन्धी ‘किपट’ अधिकार खोसेर आफ्ना निकटका मान्छेलाई विर्ता बाँड्ने संस्था कसरी एकताको प्रतीक हुन सक्छ? आफ्नै मातृभाषामा कविता लेख्दा सिद्धिचरण श्रेष्ठले १८ वर्ष जेल बस्नुपरेको घाउ अझै निको भएको छैन। यो ‘एक भाषा, एक भेष’ को नीति सांस्कृतिक नरसंहार (Cultural Genocide) थियो, जसले मान्छेलाई आफ्नो जराबाट उखेलेर फ्याँक्यो। आज जनताले आफ्नो भाषा र लिपि बिस्तारै पुनर्जीवित गर्ने प्रयत्न गर्दैछन् भने त्यो राजतन्त्रको असफलताको प्रमाण हो।
राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिको मिथ्या तर्क
अन्तर्वार्तामा राजतन्त्र हटेपछि राष्ट्रिय सुरक्षा कमजोर भएको दाबी गरिएको छ। यो कतिसम्म झुटो छ भने, नेपालका नदीनाला भारतलाई बुझाउने धेरैजसो असमान सम्झौताहरू राजा सक्रिय शासनमा हुँदा नै भएका थिए। सुस्ता र कालापानीमा सीमा मिचिँदा मौन बस्ने को थियो? युद्ध हारेकाे भएर आफ्ना जनतालाइ अरूकाे देशका सिपाही भएर आजका दिनसम्म पनि लाहूर पठाउने प्रकृया राेकिएकाे छैन । याे राजाका बाहूलीबाट सगाैरव भइरहेका कार्यहरू थिए । तर कसकाे प्राण आहूतीमा?
यथार्थ त यो हो कि नेपालकाे भूमिमा भएकाे १० वर्षे जनयुद्ध र जनआन्दोलनले नै सीमान्तकृत जनतालाई आफ्नो माटो र अधिकारप्रति सचेत गराएको हो। सिमानामा राजाको सेना गायब हुँदा पनि त्यहाँका भूमिपुत्रहरूले नै माटोको रक्षा गरेका थिए। गोर्खाली साम्राज्यले यहाँका आदिवासीहरूसँग गरेका सम्झौताहरू (जस्तै किरातहरूसँगको सम्झौता) अझै पनि सम्बोधन भएका छैनन्। यदि आजका आदिवासीहरूले गोर्खाली आक्रमणपूर्वको आफ्नो पुर्ख्यौली भूमि र संविधान खोजे भने के हुन्छ? राजतन्त्रको पुनरागमनले सामाजिक सद्भाव होइन, बरु विद्रोहको विजारोपण गर्नेछ।
Kingdom of Gorkha and 10 Limbu Kingdoms Treaty of 1774
‘संवैधानिक’ राजा: फेरि टोक्ने ‘कुकुर’ मात्रै
डा. अधिकारीले ‘संवैधानिक’ राजाले प्रधानमन्त्रीको सल्लाहमा चल्छ भनेर एउटा रोमान्टिक कल्पना गरेका छन्। तर के हामीले रुक्माङ्गद कटवाल प्रकरण बिर्सियौँ? राजतन्त्र र राजाप्रति बफादार तत्कालीन प्रधानसेनापति कटवालले जनताले निर्वाचित गरेको प्रधानमन्त्रीको आदेशलाई ठाडो चुनौती दिए, जसका कारण निर्वाचित प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो।
सेनाको परमाधिपति भएर बस्ने संस्थाले कुनै पनि बेला लोकतन्त्रलाई निलिदिन सक्छ। भनिन्छ नि — चाहे पुच्छर काटिएको होस् वा बुट्टा भएको, कुकुरको स्वभाव टोक्ने नै हुन्छ। सामन्ती अवशेषलाई सेरेमोनियल बनाएर राख्नु भनेको आफैले फालेको विषालु सर्पलाई फेरि दूध खुवाउनु सरह हो। हामीले शक्तिशाली राजा र आलङ्कारिक राजा दुवै भोगिसक्यौँ — अब कुनै पनि स्वरूपको राजा नेपाललाई स्वीकार्य छैन।
आदिवासी र उत्पीडित समुदायलाई चेतावनी
किरात, मंगोल, नेवा:, मधेशी र दलित लगायतका समुदायहरू जसले आफ्नो पहिचान र अधिकारका लागि रगत बगाएका छन्, उनीहरू यस्ता प्रतिगामी तर्कहरूबाट सचेत हुन आवश्यक छ। आज कसैले ‘अनुभवको कमी’ भन्दै राजतन्त्रको वकालत गर्छ भने बुझ्नुहोस् — उनीहरू तपाईंले पाएको संघीयता र समावेशिताको अधिकार खोस्न चाहन्छन्।
नेपाल कुनै राजाको निजी बिर्ता होइन। यो त यहाँका हजारौँ वर्षदेखि बसोबास गर्ने आदिवासीहरूको साझा थलो हो। देश चलाउन कुनै ‘मालिक’ वा ‘जमिन्दार’ चाहिँदैन, सचेत नागरिक नै काफी छन्। राजतन्त्र पुनर्स्थापनाको कुरा गर्नु भनेको फेरि दासताको युगमा फर्कन खोज्नु हो।
निष्कर्ष: प्रतिगमनको ‘संवैधानिक’ जलप र मेटिएका इतिहासहरूको ज्युँदो सास्ती
डा. विपिन अधिकारी जस्ता प्राज्ञिक उचाइ बनाएका व्यक्तित्वहरूले आफ्नो बौद्धिक पुँजीलाई प्रतिगामी विचारको लेपन लगाउन प्रयोग गर्नु केवल एउटा व्यक्तिको छनोट मात्र होइन, यो त एउटा सिङ्गो युगको चेतनाको अपमान हो। समाजवादको वैधानिक लक्ष्य राखेको र समानताको मार्गमा हिँड्न खोजेको मुलुकका लागि राजतन्त्रको बहस गर्नु भनेको एउटा जीवित शरीरमा मृत अङ्ग प्रत्यारोपण गर्ने असफल चेष्टा गर्नु सरह हो। कुनै पनि स्वरूपको राजतन्त्र — चाहे त्यो आलङ्कारिक होस् वा संवैधानिक — त्यसको जरा सधैँ सामन्ती श्रेष्ठता र जन्मसिद्ध उच्चताको अहंकारमा गाडिएको हुन्छ।
अहिलेको राजनीतिक परिदृश्यमा झण्डै दुई-तिहाइको जनमत बोकेर आएका नयाँ शक्तिहरूका सामु इतिहासले एउटा झनै गम्भीर प्रश्न उभ्याएको छ। के यो शक्ति समाजको प्रगतिशील रूपान्तरण र नयाँ भविष्यको निर्माणमा खर्च हुनेछ, या ‘अनुभव’ र ‘स्थिरता’ को मोहजालमा परेर फेरि त्यही सामन्ती संरचनाको पुनरावृत्तिमा अल्झिनेछ? जब संविधानका व्याख्याताहरू सार्वजनिक रूपमै ‘हिन्दु सम्राट’ को छाया खोज्न थाल्छन्, तब सत्ताको बागडोर सम्हाल्नेहरूमा पनि त्यसको प्रत्यक्ष असर देखिनु विडम्बनापूर्ण छ।
यसको ज्वलन्त उदाहरण नवनिर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा देखियो। धर्मनिरपेक्ष राष्ट्रको कार्यकारी प्रमुखले कार्यभार सम्हाल्दै गर्दा १०८ बटुकहरूको स्वस्तिवाचन, १०८ बौद्ध भिक्षुहरूको मन्त्रोच्चारण र सातवटा शंखध्वनिको बीचमा जुन धार्मिक तामझाम देखाइयो, त्यसले संविधानको मर्ममाथि नै प्रहार गरेको छ। व्यक्तिगत आस्था र राज्यको सार्वजनिक समारोह बीचको लक्ष्मणरेखा मेटिनु लोकतन्त्रका लागि राम्राे संकेत होइन। मन्त्री मण्डलमा समावेशीताको झल्को देखिएता पनि शपथ ग्रहण समारोहमा पछ्याइएका ज्योतिषीय र अंकशास्त्रीय अन्धविश्वासका हर्कतहरूले वैज्ञानिक चेतना र संवैधानिक नैतिकता दुवैलाई गिज्याइरहेको भान हुन्थ्यो।
यदि राज्यको प्रमुख नै अवैज्ञानिक पद्धति र धार्मिक कट्टरताको बाटाेलाइ पच्छ्याउँछ भने, डा. अधिकारी जस्ता विशेषज्ञहरूले राजतन्त्रको वकालत गर्नु अनौठो रहेन। जब शासकले सार्वभौम नागरिक भन्दा धार्मिक अनुयायीको भूमिकालाई प्राथमिकता दिन्छ, तब प्रतिगमनको बाटो स्वतः प्रशस्त हुन्छ। यो जनमत केवल सरकार बनाउनका लागि मात्र होइन, बरु संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता उपलब्धिहरूको रक्षा गर्दै ती समुदायको अधिकार सुनिश्चित गर्नका लागि हो, जो युगौँदेखि राज्यको मूलधारबाट किनारा पारिएका छन्।
हाम्रो सामाजिक र राजनीतिक यात्राको गन्तव्य पछाडि फर्केर कुनै ‘मुलुकको मालिक’ खोज्नु होइन। हाम्रो वास्तविक यात्रा त इतिहासले किनारामा पारेका ती आदिवासीहरूको खोसिएको भूमि फिर्ता गर्ने, राज्यको निर्मम दमनले गुम्सिएका भाषाहरूलाई पुनर्जीवन दिने र मेटिएका लिपिहरूमा नयाँ भविष्य कोर्ने हुनुपर्छ। सामाजिक न्यायको दर्शनले भन्छ — जबसम्म अन्तिम घेरामा पारिएको समुदायले राज्यको संरचनामा आफ्नो प्रतिविम्ब देख्दैन र जबसम्म शासकहरू धार्मिक अन्धताबाट मुक्त भएर संविधानप्रति पूर्ण बफादार बन्दैनन्, तबसम्म लोकतन्त्र अधुरो रहन्छ।
त्यसैले, अहिलेको आवश्यकता दरबारको ‘अनुभव’ वा ‘धार्मिक अनुष्ठान’ होइन, बरु हिजोका ती तमसुक र सम्झौताहरूको पुनरावलोकन हो, जसले भूमिपुत्रहरूलाई आफ्नै थातथलोमा दास बनायो।
हामीले लेख्नुपर्ने नयाँ इतिहासमा कुनै ‘मालिक’ को गाथा हुने छैन। त्यहाँ त केवल ती मानिसहरूको कथा हुनेछ, जसले ढुङ्गा-माटो सुम्सुम्याएर यो भूगोल बचाए र जसले अब यो देशको भविष्यको दिशा आफैँ तय गर्नेछन्। जहाँ शासन होइन, सेवा हुनेछ र जहाँ कुनै एउटा मान्छे अर्को मान्छेको अगाडि केवल मान्छे भएर उभिनेछ, रैती भएर होइन।
नाेट: डा. अधिकारीकाे भिडियोको लिंक हेर्न इच्छुकहरूका लागि –
Uprooting and Resistance: A Comparative Study of Settler Colonial Dynamics in Palestine and the Gorkhali Conquest of Nepal
Both cases involve expansion through conquest that led to the displacement of local populations and forms of cultural erasure, drawing a parallel between these historical processes.
Ilan Pappé, in his seminal article “It is Dark Before the Dawn: Israeli Settler Colonialism Is At an End,” analyzes the Israeli-Palestinian conflict through the lens of settler colonialism, stating that the fundamental logic is one of native elimination. Pappé traces this dynamic from the early 20th century to the current devastation in Gaza, framing it as a sustained effort to remove the indigenous Palestinian population to create a homogenous Jewish state. This analysis provides a potent framework for an investigatory exploration of state-building processes in other contexts. A critical historical examination reveals striking parallels between the uprooting of Palestinians and the processes of conquest, displacement, and cultural erasure that occurred during the rise of the Gorkha Empire and the subsequent creation of the modern state of Nepal.
This study moves beyond the traditional, state-sanctioned narrative of “unification” under Prithvi Narayan Shah. A staunch investigatory approach uncovers that this period was not one of peaceful amalgamation but rather a brutal, militaristic conquest of diverse indigenous lands and cultures, aimed at establishing absolute Gorkhali dominance. This historical process, much like the Zionist project, involved the forced imposition of a single language, religion, and legal-social order, systematically eroding the identities, lands, and lineage of Nepal’s indigenous peoples (Adivasi Janajati).
Political Map of Gorkha Empire — 1805 AD
Conquest over Unification: The Gorkhali Elimination of Autonomy
Pappé argues that Zionist leaders sought to “square the circle” by aiming to build a democracy while eliminating the native population. In Nepal, a different circle was squared: a rhetoric of sacred “unification” concealed a reality of bloody conquest. Prithvi Narayan Shah’s “unification” was, in essence, the expansion of the Gorkha kingdom’s borders by military force.
Sakotha (Safu Kotha, means room for books in Nepal Bhasha) library was burned by gorkha soldiers after Bhaktapur was captured.
A key indicator of this was the systematic targeting of indigenous political and intellectual infrastructure. The conquest of the Newar kingdoms in the Kathmandu Valley is a prime example. The deliberate burning of the vast library at Sakotha, Bhaktapur, following the city’s capture, was not mere wartime damage; it was a targeted act of cultural elimination, a strategy aimed at erasing the historical records, literature, and intellectual lineage of a highly developed indigenous civilization to prevent future resistance and create a cultural void that Gorkhali identity could fill.
Furthermore, the “unification” narrative is belied by the Gorkhali regime’s pursuit of kings and communities that had given refuge to their enemies. This relentless pursuit extended deep into indigenous territories, suggesting that the goal was the complete eradication of any competing centers of power and the absolute submission of all diverse populations under Gorkhali rule. The Gorkhali army did not seek to unify; it sought to dominate and absorb, using force to make peoples obey a new, externally imposed rule.
The Logic of Elimination: Kirtipur as a Case Study
Pappé details how settler colonial projects often adopt a logic of native elimination. While the scale of death in Palestine has no direct parallel in pre-modern Nepal, the Gorkhali methods of subjugating resistance exhibited a similarly ruthless logic, aimed at breaking the native will to survive as an autonomous entity. The infamous conquest of Kirtipur serves as a haunting case study. After failing twice to capture this Newar town, Prithvi Narayan Shah finally conquered it on his third attempt through a combination of siege and betrayal. The subsequent order to mutilate the male inhabitants, reportedly cutting off their noses and lips, was a symbolic and physical act of dehumanization. It was a strategy designed to inflict terror, break indigenous resistance, and create a permanent, visible reminder of Gorkhali superiority and native subjugation, a prerequisite for sustained colonial control.
Art depicting the Battle of Kirtipur.
Codifying Subjugation: Language, Attire, and the Legal Order
A cornerstone of both the Zionist and Gorkhali projects has been the imposition of a homogenous national identity, involving the deliberate erasure of indigenous cultures and languages. In Palestine, this takes the form of “de-Arabisation.” In Nepal, it was the imposition of the Gorkhali language (now Nepali), Hinduism, and specific attire (like the Dhaka topi) as the sole legitimate expressions of national identity. This “One Language, One Attire” policy became a powerful tool of cultural elimination, systematically marginalizing Adivasi Janajati languages, belief systems, and social structures, thus cutting them off from their own history and lineage.
This cultural erasure was not merely an unintended consequence of nation-building; it was legally codified. The creation of the Nepali nation-state saw the development of written laws, most notably the Muluki Ain (Civil Code) of 1854, which was finalized during the Rana period but built upon Gorkhali precedents. This code systematically categorized Nepal’s diverse populations into a rigid caste hierarchy. Critically, many indigenous groups were classified as “enslavable” (Masine Matwali) or “those who can be destroyed,” while the ruling Khas-Arya groups (Chhetri and Bahun) from Gorkha were placed at the apex. This legal framework did not just institutionalize discrimination; it provided a state-sanctioned mandate for the subjugation, dispossession, and, in symbolic terms, the “destruction” of the identities of indigenous groups who resisted Gorkhali hegemony, serving a function analogous to the dehumanization Pappé describes in Palestine.
A woman in Kathmandu carrying her child infected by small pox in 1964. Photo: WHO
State-Induced Devastation and the Smallpox Epidemics
Pappé discusses how the dehumanization of Palestinians made it easier to justify their removal. While not a direct case of genocidal intent, historical events during the Gorkhali-Rana period illustrate a similar disregard for indigenous life when it clashed with state power. The smallpox epidemics that plagued Nepal during the late 18th and early 19th centuries, particularly under Rana Bahadur Shah, provide a chilling context. The state’s response, which often prioritized the protection of the ruling elite, involved the forced quarantine or neglect of infected indigenous communities. This created a form of state-induced devastation where entire indigenous families were wiped out, not by active military force, but by a structured indifference that treated native lives as disposable in the service of maintaining the power and purity of the Gorkhali ruling class.
External Support and the Illusion of Independence
Pappé notes the settler reliance on an Empire to establish and maintain their colonization. The Gorkhali regime, despite its subsequent isolationist policies, also relied on external forces. Prithvi Narayan Shah’s army was significantly strengthened through a relationship with the British East India Company, which provided access to firearms and military technology that proved decisive in the Gorkhali conquest. Later, the relationship with the British stabilized the Gorkhali state’s borders and secured its power, debunking the myth of Nepal as a purely self-sufficient, unified state and revealing it as a project built with the help of external colonial powers to secure local dominance over diverse indigenous populations.
Conclusion: The Re-emergence of Indigenous Consciousness
Ilan Pappé’s analysis of the Zionist project provides a critical lens for deconstructing the traditional narrative of Nepalese history. The rise of the Gorkha state and the creation of modern Nepal was not a process of peaceful unification. It was a brutal conquest of land and people, characterized by cultural erasure, the imposition of a homogenous identity, and the legal-social codification of indigenous subjugation. The state-sanctioned devastation during smallpox epidemics and the reliance on external colonial powers further highlight the parallel dynamics of displacement and domination.
However, just as the Palestinian resistance continues, the story of Nepal is not one of complete indigenous elimination. While the Gorkhali conquest created widespread devastation and profound loss for indigenous cultures and lands, a historical “dawn” is beginning to break. The 21st century is witnessing a powerful renaissance of indigenous (Adivasi Janajati) consciousness in Nepal. Far from being erased, these diverse communities have firmly reasserted their identities, rights, and distinct histories. This re-emergence is a profound testament to their resilience and a firm rejection of the Gorkhali “one nation, one culture” narrative. The current historical moment in Nepal, marked by demands for federalism, language rights, and proportional representation, is not merely political maneuvering; it is a profound struggle to sort out a new, pluralistic world order that truly reflects the country’s diversity. It is a firm standing against all odds of being erased or ethnically cleansed, representing a critical period of realization and the demand for a truly just and equitable state that honors the legacy and rights of all its peoples.
READ THIS: https://savageminds.substack.com/p/it-is-dark-before-the-dawn?utm_source=substack&utm_campaign=post_embed&utm_medium=web