Aakar Post - Medium
मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, ‘नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?’ ‘लगभग ८५ लाख’ । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो ।
यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, ‘आहा’ भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, ‘यति धेरै फलोअर भएको मान्छेले यस्तो कुरा किन लेखिस्?’ भनेर व्यर्थको अनलाइन विवाद गरिरहेका पनि भेटिन्छन् । ट्विटर/फेसबुकका फलोअर/लाइक’का आधारमा हेर्ने हो भने, मैले एकपटक मेरो ब्लगको लिङ्क सोसल मिडियामा सेयर गरेपछि कम्तिमा २० हजारले त मेरो ब्लग पढ्नुपर्ने । तर त्यसो हुन्न । २० हजार त के, त्यसको ५० प्रतिशतले पनि हेरिदिए १० हजार हुन्थ्यो, त्यो पनि छैन । ट्विटरमा १ डेढ लाख फलोअर भएक प्रयोगकर्ताले ट्विट गर्दा त ट्विटरमै ट्रेन्डिङ हुनुपर्ने, त्यो पनि छैन । युट्युबमा ५-१० लाख सब्सक्राइबर छन्, भिडियो तुरुन्तै ट्रेन्डिङ हुनुपर्ने, त्यो पनि छैन । भिडियोमा मुस्किल’ले ३-४ हजार भ्यु हुन्छ । फेसबुकमा ८५ लाख नेपाली प्रयोगकर्ता छन्, यस हिसाबले नेपालमा अनलाइन कम्पनीहरु (ईकमर्स साइट आदि) त भयंकर चल्नुपर्ने, त्यो पनि छैन । सोसल मिडिया कै लागि भनेर व्यवसाय/कम्पनीले कर्मचारीहरु राखेका छन्, मार्केटिङ एजेन्सीहरुको सेवा लिएकाछन् तर उपलब्धि देखिन्न । गर्ने के? इन्टरनेट तथा सोसल मिडिया मार्केटिङ फिल्डमा भएका कारण होला, व्यक्ति/कम्पनीहरुका मेरा यति र उती फलोअर र लाइक भनेर घोषणा गरेको सुन्दा म छक्क पर्छु । लाइक र फलोअर चाहिन्छ, भेरिफाइड भए झनै राम्रो, यस्तो छ है भनेर चर्चा/परिचर्चा हुन्छ, फेसबुक-ट्विटरमा धेरैले लाइक/फलो गरेकाछन् भने, केही हदसम्म उक्त कम्पनी/ब्रान्ड ‘विश्वासयोग्य’ रहेछ भनेर थाहा हुन्छ तर फलो र लाइक’कै आधारमा गर्व गरेर बसियो भने चैँ चुर्लुम्म डुबिन्छ ।
एनालिटिक्सको भाषामा, यसलाई ‘भ्यानिटि मेट्रिक्स’ भनिन्छ । नयाँ स्टार्टअप, कम्पनीहरु छन् भने ‘भ्यानिटि मेट्रिक्स’ले ‘मोटिभेसन’को काम गर्छ, ल आज हाम्रो फलोअर यति पुग्यो, लाइक यति पुग्यो, ल यो यतिपटक सेयर, एक हजार रिट्विट भयो आदि । यसले काम गर्ने उर्जा प्रदान गर्छ । ट्विटरमा कतिपय ट्विटहरु, रिट्विटकै लागि लेखिएको पाइन्छ, जति धेरै रिट्विट, त्यति धेरै गर्व गर्छन्, लाइक र रिट्विट गन्दै बस्न रमाइलो नै हुन्छ । तर तपाईको सेवा/सुविधा विक्री भएन भने, साइटमा भिजिटर भएनन् भने, तपाईको व्यवसाय चल्दैन ।तपाईको लक्ष्य फेसबुकबाट १ हप्तामा ५ हजार भिजिटिर तपाईको साइटमा ल्याउने, वा हप्तामा १० वटा उत्पादन बेच्ने लक्ष्य छ भने, त्यो पुरा भयो कि भएन, के कति गर्‍यो भने त्यो लक्ष्यमा पुग्न सकिन्छ वा पार गर्न सकिन्छ भन्ने जस्ता कुराहरु चाँही ‘एक्सेनेबल मेट्रिक्स’मा पर्छन् (जुन डाटा हेरेर एक्सन लिन सकियोस्) । अत: हामीले सोसल मिडिया चलाउँदा, ‘भ्यानिटि’ लाई छोडेर ‘एक्सेनेबल मेट्रिक्स’ तिर ध्यान दिनु जरुरी हुन्छ । मलाई साथीहरुले सोसल मिडियाका बारेमा हिजोआज यस्तै गुनासाहरु धेरै गर्छन् । मेरो फेसबुक पेजमा २ लाख लाइक छ, तर सेयर गरेको पोष्ट करिब १-२ सयले देख्छन् (फेसबुक एनालिटिक्स अनुसार), मुस्किल’ले २-३ जनाले लाइक र कमेन्ट गर्छन् । युट्युबमा १ लाख सब्सक्राइबर छन् तर भिडियोमा भ्युज हुन्न । केही अपवादहरुलाई छोड्ने हो भने, अहिले फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम आदि साइटहरुमा हामीले गरेको लगानी, गलत भइरहेझैँ देखिन्छ । तर यो समस्या नेपालको मात्र होइन, सबैतिर, सबैलाई यही समस्याले सताएकोछ । पहिले हजारौँ-लाखौँसम्म पुग्ने फेसबुक पोष्टहरु अहिले केही सयमा सिमित भएकाछन् । प्रयोगकर्ता सोसल मिडियामा छन् भन्ने थाहा छ, तर लगानी अनुसार, प्रतिफल छैन । एउटै प्रयोगकर्ताका सयौँ, हजारौँ साथीहरु छन्, सयौँ हजारौँ पेजहरु लाइक गरेका हुन्छन् । फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम सबैतिर प्रतिस्पर्धा धेरै छ, अत: “अर्गेनिक रिच” (Organic Reach) (पैसा खर्च नगरी, स्वत स्फूर्त रुपमा पुग्ने) बाट सबैतिर पुग्न असम्भव नै छ । प्रयोगकर्ताको रुची र इङ्गेजमेन्ट अनुसार, अपडेट फरक फरक देखिन्छ । तपाई र मेरोमा उही साथी छन्, एकै पेजहरु लाइक गरेका छौँ भनेपनि हामीले देख्ने अपडेटहरु फरक हुन्छन् ।
पहिलो कुरा त, प्रयोगकर्ताले धेरै पेज लाइक/फलो गरेका हुन्छन्, प्रतिस्पर्धा धेरै छ । दोस्रो कुरा, ब्रान्ड/कम्पनीहरुले सँधै गुणस्तरिय ‘कन्टेन्ट’ उत्पादन गर्न सक्दैनन् । तेस्रो कुरा, फेसबुक, ट्विटर आदि सबै साइटको आम्दानीको स्रोत भनेको विज्ञापन हो । चौथो कुरा, यी साइटहरुले हप्तैपिच्छे जस्तो नयाँ फिचर ल्याउँछन्, नयाँ अपडेटहरु आउँछन् । जस्तो, एकसमय फेसबुकमा फोटो राखियो भने धेरै समक्ष पुग्न सकिन्थ्यो, अहिले फेसबुक भिडियो हुँदै, लाइभ भिडियो र स्टोरिजमा पुगेको छ । कतिपय अवस्थामा एपहरुकै कारण भनेको जस्तो ‘रिच’ हुँदैन, जस्तो कि युट्युबमा सब्सक्राइब गरेको च्यानलको भिडियो ‘होम फिड’मा बिरलै देखिन्छन् । आफूले सब्सक्राइब गरेको च्यानलको भिडियोहरु ‘सब्सक्रिप्सन’ ट्याबमा बस्छन्, प्राय: प्रयोगकर्ताले त्यो ट्याब हेर्दैनन्, किनकी प्रयोगकर्ता अल्छि हुन्छन्, जे ‘होम फिड’मा आयो त्यही हेर्छन् । अनि युट्युबले पनि प्रयोगकर्ताले जे हेर्नथाल्यो, त्यही सम्बन्धित भिडियो अगाडी देखाइदिन्छ । अर्को कुरा, आफ्ना प्रयोगकर्ताले के सम्बन्धि कुराहरु रुचाउँछन् भनेर ज्ञान नराख्नुले पनि यसमा धोका पाइन्छ ।
गर्ने के?
तपाईको सोसल मिडिया च्यानलहरुको अडिट गर्नुहोस् । लाइक, फलोअर कति छन् ? कति समय लगानी गरिरहेको छु? साइटमा ट्राफिक कति छ? कसले कहाँबाट हेर्ने गरेकाछन् ? कति प्रतिफल पाइरहेको छु? लक्ष्य पुरा भइरहेको छ? तपाईको कम्पनी अनलाइनमा जाँदैछ वा अनलाइनमा छ भने, सोसल मिडिया सहित अन्य कुराहरु पनि चुस्त, दुरुस्त हुन जरुरी छ । मानिलिउँ तपाईको एउटा फेसबुक पोष्ट भाइरल भयो, त्यसलाई हेरेर धेरै प्रयोगकर्ताहरु तपाईको साइटमा आए, साइट क्र्यास भयो । फेसबुक वा ट्विटर हेरेर तपाईको साइटमा त पुगियो, तर उक्त पेजमा यति धेरै कुरा रहेछ कि, कुन प्रायोजनका लागि तपाईको साइटमा पुगियो, के गर्न खोजिएथ्यो भन्ने कुरा नै बिर्सियो । ट्विट हेरेर समाचार पढ्न, अनलाइन पोर्टल त छिरियो तर पहिलो स्क्रिन सबै विज्ञापनले ढपक्क छोपेको छ, समाचार कहाँ नेर छ खोज्नुपर्छ, त्यसमाथि मोबाइल फ्रेन्डली पनि छैन, भद्रगोल छ । अर्कोपटक देखि म तपाईको अनलाइन किन हेर्थेँ ?
इन्टरनेट मार्केटिङ वा डिजिटल मार्केटिङमा सोसल मिडिया एउटा च्यानल मात्रै हो, सोसल मिडिया सँगै, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), ईमेल मार्केटिङ, कन्टेन्ट मार्केटिङ, ल्यान्डिङ पेज, विभिन्न पेड क्याम्पेनहरु (अनलाइन विज्ञापनहरु) आदि पर्छन् । डिजिटल मार्केटिङबाट प्रतिफल लिनको लागि आफ्ना मार्केटिङका च्यानलहरुको राम्रोसँग उपयोग गर्नु जरुरी छ । अर्को मनन गर्नुपर्ने कुरा चाँहि के हो भने, जतिसकुै मार्केटिङ गरौँ, जुनसुकै च्यानल प्रयोग गरौँ तर ‘कन्टेन्ट’ राम्रो छैन भने, धेरैले पढ्दैनन्, सेयर गर्दैनन् । यसको लागि आफ्ना प्रयोगकर्ताले कस्तो ‘कन्टेन्ट’ खोज्छन्, हाम्रा प्रयोगकर्ता को हुन् भनेर जान्न जरुरी छ । भन्नैपर्ने अर्को कुरा चाँहि के छ भने, सोसल मिडियाबाट ‘अर्गेनिक’ तवरले धेरैसामु पुग्नु, लगभग असम्भव जस्तै भइसक्यो । दशौँ लाख, लाइक भएका पेजका पोष्टमा १-२ वटा कमेन्ट आउनु, ३-४ सयले मात्रै देख्नु यसको प्रमाण हो । अत: अब सोसल मिडिया नै प्रयोग गर्ने भएपनि, सोसल मिडियामा पैसा तिरेर चलाइने क्याम्पेनहरु अलि धेरै प्रभावकारी देखिन थालेकाछन् । आफ्नो क्याम्पेनको लक्ष्य, अडियन्स, तथा मार्केटिङ सामाग्रीमा अलिकति ध्यान दिँदा व्यापारमा सुधार हुनसक्छ । हुन त यसमा पनि प्रतिस्पर्धा धेरै छ, तर यहाँ आफूले चाहे जसरी, चाहेको मान्छेसम्म पुग्न सजिलो छ ।
अत: सोसल मिडियामा लाइक र फलोअर यति हजार र लाख छन् भन्नु भन्दा पनि त्यसबाट आफूलाई, आफ्नो व्यापार, व्यवसायलाई कत्तिको प्रतिफल मिलिरहेकोछ, एकपटक समिक्षा गर्नु जरुरी छ । आफूलाई कुन च्यानल उपयुक्त हुन्छ, भन्ने कुरा जानेर चाहिएको डिजिटल च्यानलमा लगानी गर्नु लाभदायक हुन्छ । तपाईलाई यससम्बन्धि थप जान्न मन छ वा सहयोग चाहिएकोछ भने, मलाई aakar(at)aakarpost(dot)com मा ईमेल गर्नसक्नुहुन्छ, वा फेसबुक (fb.com/aakarpost), ट्विटर (@aakarpost) मा पनि सम्पर्क राख्नसक्नुहुन्छ ।
थप सन्दर्भ सामाग्री:
➤ Use social media marketing to your advantage
➤ Stop All Social Media Activity (Organic) | Solve For A Profitable Reality
Originally published at www.aakarpost.com.
सोसल मिडिया मिथ्याङ्क? was originally published in Aakar Post on Medium, where people are continuing the conversation by highlighting and responding to this story.
नहुनुपर्ने घटना घट्यो । गोली चल्यो, मान्छेहरु मरे ।
सबैजना दोष, एक अर्कालाई नै थोपर्ने व्यस्त देखिएकाछन् । कोही एमाले दोषी देख्छन्, कोही मोर्चा त कोही सरकार । गोली चल्नु र मान्छे मर्नु; सरकार नै जिम्मेवार होला ? मोर्चाले कार्यक्रम नगर्न चेतावनी दिँदा दिँदै, कार्यक्रम गर्न जाने एमाले दोषी होला ? कुनै पनि दलले स्वतन्त्रपूर्वक, जहाँ कहीँ कार्यक्रम गर्न पाउने अधिकारमाथि धावा बोल्दै, जाइलाग्न उर्दी जारी गर्ने मोर्चा दोषी होला? नागरिक समाज र अधिकारकर्मीको आवरणमा अनाहकमा मान्छे उक्साउने वर्ग जिम्मेवार होला? पोलिटिकल्ली करेक्ट हुने निहुँमा ‘अति नै’ उदारवादी देखिने होडबाजीमा लागेर मान्छेलाई उचाल्ने वुद्धिजिविहरु दोषी होलान्? गोली हान्न आदेश दिने दोषी होलान् ? गोली चलाउने दोषी होलान् ? ख्वै, को होलान् ?
¯\(°_o)/¯
दोषी को ? was originally published in Aakar Post on Medium, where people are continuing the conversation by highlighting and responding to this story.
हिजोआज फोटो प्रशस्त खिचिन्छ, तर पहिलेको जस्तो फोटो धुलाएर एल्बम बनाएर राखिन्न । अहिले डिजिटल एल्बम बनाइन्छ, खिचिएका हरेक फोटोहरु गुगल फोटो, फ्लिकर, आइक्लाउड आदिमा भण्डारण भएर बस्छन् । पहिलेका फोटोहरु यत्तिकै एल्बममा थन्किएर बसेकाछन् । पुराना दिनहरु सम्झना आउँदा कहिलेकाँही ती एल्बमहरु पल्टाएर हेरिन्छ तर पुराना फोटोहरु पुराना हुँदैजाँदा बिग्रदैँ जान्छन् ।
पुराना फोटोहरु कतिले स्क्यानर प्रयोग गर्दै आफ्नो डिजिटल लाइब्रेरीमा राख्छन् भने कतिले फोटोबाट फोटो नै खिचेर राख्ने गरेकाछन् । स्मार्टफोनको पहुँच बढेसँगै अधिकांशले मोबाइल क्यामेराबाट पुराना फोटोहरु खिच्ने गरेकाछन् । तर फोटोबाट फोटो खिच्न भनेजस्तो सजिलो छैन, फोटो स्क्यानर पनि धेरैको पहुँच बाहिरको कुरा हो । यही कुरालाई मध्यनजर गरेर गुगलले, केही महिना पहिले “फोटो स्क्यान” मोबाइल एप सार्वजनिक गरेको थियो ।
आइफोन र एन्ड्रोइडको लागि उपलब्ध फोटो स्क्यान एप चलाउन सजिलो छ, फोटो स्क्यानको फ्रेमभित्र फोटो राखेपछि, अटोमेटिक रुपमा फोटोको छेउकुना पत्ता लगाएर स्क्यानरले फोटो खिच्छ । फोटोको छेउकुना चित्त नबुझेको अवस्थामा फोटो लिइसकेपछि सम्पादन पनि गर्न सकिन्छ । फोटो स्क्यानको फ्रेमभित्र पर्ने गरि फोटो राखेपछि, स्क्यान बटन (क्यामेरा) थिच्नुपर्छ, फोटोमाथि चार कुनाका थोप्लो देखिन्छन् । त्यसपछि मोबाइललाई यता उता सार्दै चारवटै थोप्लोको फोटो स्क्यान भित्र पार्नुपर्छ, यसपछि डिजिटल फोटो तयार हुन्छ । तयार भएको डिजिटल फोटोलाई सेभ गर्नुपर्छ, यसरी लिइएको फोटो गुगल फोटोमा अटोमेटिक स्टोर हुन्छ । तर एउटा कुरा चैँ के जानिराखौँ भने सुरुका २-४ वटा फोटोहरु लिन झन्झटिलो लाग्नसक्छ, केही फोटोहरु स्क्यान गर्ने प्राक्टिस गरेपछि चैँ फोटो स्क्यान एप एकदमै सजिलो र छरितो लाग्छ ।
➤ एन्ड्रोइडको लागि फोटोस्क्यान
➤ आइफोनको लागि फोटोस्क्यान
Originally published at www.aakarpost.com.
फोटो स्क्यान : पुराना फोटालाई डिजिटाइज गर्ने सजिलो एप was originally published in Aakar Post on Medium, where people are continuing the conversation by highlighting and responding to this story.
चित्र बनाउन भनेपछि, सबैलाई गाह्रो लाग्छ । हुन पनि हो, चित्र कोर्नलाई गाह्रो नै छ, सबैले गर्न सक्दैनन् । म केही पहिलेसम्म स्केच कोर्थेँ, तर अहिले तिनै स्केच कोर्न पनि म नसक्ने भएको छु, अत: चित्र कोर्न निरन्तर अभ्यास जरुरी छ भन्ने लाग्छ । आज यहाँ यस्तो ‘टेक्निक’ को चर्चा गरिएको ‘टेड’ भिडियो राख्दैछु, यो भिडियो हेरिसकेपछि जस्तोसुकै व्यक्तिले पनि चित्र कोर्न सक्नेछन् । चित्र कोर्ने भन्ने बित्तिकै, एकदम ‘पर्फेक्ट’, जेसुकै, जुनसुकै कुराको पनि चित्र बनाउन सकिन्छ भनेको चाँहि होइन, त्यसको लागि त निरन्तर अभ्यास नै आवश्यक पर्छ । तर यति चैँ भन्न सकिन्छ कि, यो भिडियो हेरिसकेपछि तपाईले ‘अल्बर्ट आइन्सटाइन’को स्केच चैँ सजिलै बनाउन सक्नुहुन्छ ।
वाँयाबाट दाँया क्रमैसँग । कागज र कलम तयारी अवस्थामा राखेर, चित्र बनाउन सिकाउने तलको टेड टकको भिडियो हेरौँ । टेड टक’को यो भिडियोमा ग्राम स्‌ ले भनेजस्तै सजिलै चित्र कोर्न सकिन्छ । एकपटक अवश्य बनाउनुहोस् ।
https://medium.com/media/a56e3215c2cd9932d3f0507bc91d0004/href
Originally published at www.aakarpost.com.
चित्र बनाउने सजिलो तरिका was originally published in Aakar Post on Medium, where people are continuing the conversation by highlighting and responding to this story.
इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो — सबै तिरबाट बारेको “देसी बाबा डट कम” (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो।
संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल। इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्टीको उदय, भूकम्प र मधेस आन्दोलनले संजालको शक्तिको महसुस गरायो भने यसै बिच अरब स्प्रिंग, लन्डन रायोटले संजालको उपयोग वा दुरुपयोग हुन सक्ने कुराहरु उजागर भयो।
इन्टरनेटको नक्सामा स्मार्टफोनको उदय सँगै “बिचार र बहसको” दृष्टिकोणबाट सामाजिक संजाल पुरै फेरिएकोछ। सामाजिक संजालको आशक्तिले इन्टरनेट र यस भित्रका असीमित सम्भावनाहरू सीमित भएको छ भने हामी भेडो, लहडी र बकमफुसेमा परिणत हुँदैछौ। डेस्कटपमा जस्तो मोबाइलमा फ्याट्ट खोजि गर्न वा दिइएका लिंकहरू पढ्न सजिलो छैन, महँगो पनि छ। नबुझी, नसोची, नहेरी, रिट्विट, सेयर, लाइक, कमेन्ट गर्छन् धेरै! त्यसैको फाइदा उठाउँदै रोमान्चक शब्दहरु शीर्षकमा राखेर असामाजिक तत्वहरु भ्रम छर्न सफल भएका छन्। मूलाधारे पत्रकाहरुले पनि बेला बेला यस्ता यस्ता स्टन्ट गर्ने हुँदा झुटको खेती गर्नेलाई बल पुगेको छ।
इन्टरनेट त धान र भुस भरिएको भकारी हो, धान झिक्ने कि भुस त आफैँले हेर्ने हो। तर त्यो भन्दा खतरनाक फेसबुक, ट्विटर जस्ता सामाजिक संजालले हामीलाई वैचारिक चरमता तिर धकेलेकोछ। अधिकांश भिन्न विचार भएकाहरूलाई हामी हटाउँछौ र मिल्ने विचार भएकालाई रोज्छौँ, वैचारिक होमोजेनीटिको तयार गर्छौ। अनि फरक विचार यसै त कटौती भै सक्छ त्यसमाथि फेसबुक जस्ता सामाजिक संजालले त्यसैको आधारमा हामीलाई सामग्री प्रस्तुत गर्छ। अब यिनै सामाजिक संजाल नै हाम्रो सूचना, समाचारको स्रोत भयो भने हामी फरक विचारबाट धेरै टाढा पुग्छौँ र वैचारिक चरमता तिर धकेलिन्छौँ। त्यसैले अहिले हाम्रा विचारहरू ध्रुविकरण भएका छन्, बहसहरू तल्लो स्तरको घिनलाग्दो आरोप प्रत्यारोपमा सीमित भएको छ।
ट्विटर त झन् स्वतन्त्र विचार लेख्ने ठाउँ हो, आफूलाई मनमा लागेको लेख्न पक्कै छुट हुनुपर्छ, तर जिम्मेवार हुनु पर्ने मान्छेहरू नै अतिवादी, जातिवाद, रंगभेदी, भड्काउ अभिव्यक्ति दिन्छन् भने क्षमायाचना गर्न बाध्य पारिनुपर्छ, उसको कार्यलय/संघ/संस्थाले स्पष्टिकरण दिनु पर्छ, उनीहरुलाई बहिस्कार गर्नु पर्छ, उस्तै परे सामान्य सजाय पनि दिनु पर्छ नत्र मलाई डर छ, हामी अराजकता तिर जानेछौँ ।
एक जना सरले भनेका थिए “शब्दहरु आफैमा जीवित हुँदैनन्, तर जब शब्दहरु बोलिन्छन् ति जीवित हुन थाल्छन्”। छेडछाड, व्यंग, आरोप, रिस, आवेग, प्रति प्रश्न मात्र व्यक्त गरेर के चाहिँ जीवित होला? त्यस माथि यहाँ सत्य र असत्यको मतलब हुँदैन। झूटो समाचार र हुइँयाहरूको जग जगी छ। भ्रमित समाचारहरू आगो सरि फैलिन्छ। सत्यको खुलासा त हुन्छ तर झुट स्थापित भै सकेपछि! यस्तै हो भने प्रोपगाण्डाले मात्र भरिन्छ हाम्रो मगज, पाकिस्तानीले अमेरिकालाई देखे जस्तो, अमेरिकाले हिलारी देखे जस्तो, नेपालीले भारत देखे जस्तो?
सामाजिक संजालको चरित्र नै हो कि यो संधै रोमाञ्चक हुन चाहन्छ, सामग्रीहरु भाइरल हुनुमा र विचार तरंगित हुनुमा नै त्यसको भलाई छ। इन्टरनेटमा दाम वा नाम कमाउने धन्दा गर्नेहरुको लागि, राजनीतिक अभिष्ट पुरा गर्न खोज्ने, सद्भाव वा शान्तीमा खलल पुर्‍याउन खोज्ने आदिका लागि यो औजार पनि हो। ट्रंपको जितले यो कुरा अझै बाहिर आएको छ। तर धेरैको लागि यो रोमान्चकता, अनुत्पादक, भ्रमित र विभाजनमुखी हुन्छ। सामान्य मान्छे नै पनि लाखौँ फलोअर भए पछि शक्तिशाली हुन्छ, त्यसैले उ आफ्नो अभिव्यक्तिले सम्पूर्ण सामाजिक संजाल एकतातिर धकेलिन सक्छ भनेर सचेत हुनुपर्छ। तर रिट्विट हुन सक्ने शब्दहरुको चयन गर्दा गर्दै वा आवेगमा फलाकेका बिचारहरूको कारण नैतिकता, सत्यता, जिम्मेवारीले नराम्रोसँग माटो खान्छ। त्यसलाई शक्ति दुरुपयोग भन्ने कि नभन्ने? ओबामाले एक पत्रकारको घोचक प्रश्नको उत्तर दिंदा भनेका थिए “It took me couple of days (to speak in public) because I like to know what I am talking about”
हामीले चेतमा आउनु पर्ने छ, जागरुक हुनुपर्ने छ, सृजनात्मक हुनु पर्ने छ, आउट अफ बक्स सोच्नु पर्ने छ, त्यसैले बोल्नु पर्ने छ तर यो सामाजिक संजालको छद्म महत्वकाँक्षालाई काँध हालेर गलत प्रवृतिमा जाना-जान फसिरहन चाहिं घातक हुनेछ। यो जिम्मेवारीको विणा सामजिक संजालमा लाखौँ फलोअर हुनेहरुले उठाउनुपर्छ। उनीहरुको सकारात्मक आवाजहरुले संजाललाई सकारात्मकता तिर धकेल्छ, म त भन्छु सम्पूर्ण देशलाई सकरात्मकता तिर धकेलने मद्दत गर्नेछ। सबै सामाजिक संजालमा पनि हामी व्यक्तिगत जीवनमा जस्तै जिम्मेवार हुनु पर्छ! सकारात्मकता त आफैँमा अभ्यास हो।
त्यसो त जब सम्म संजालमा उठ्ने विचारहरूले मूर्त रूप लिन सक्दैन यहाँबाट समाज फेरिन्न, यहाँबाट नेता फेरिन्न, यहाँ बसेर विचार फेरिन्न, यहाँ कराएर अवस्था फेरिन्न। त्यसको उल्टो गलत विचार र नकारात्मकताहरूले मूर्त रुप लिन थाले के होला हाम्रो भविष्य? यो संजालको राग धेरैलाई महँगो परेको छ हामी पालो कुरी बस्नु गलत हुनेछ।
सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा ‘असामाजिक’ पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal फलो गर्न सकिन्छ।​
पहिलो पटक आकार पोष्टमा प्रकाशित।
सामाजिक सञ्जालको राग was originally published in Aakar Post on Medium, where people are continuing the conversation by highlighting and responding to this story.
मदन पुरस्कार पुस्तकालयले २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, “फेसबुकमा कसरी नेपाली टाइप गर्ने?” अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु।
प्रिती, कान्तिपुर लगायतका ‘ट्रु टाइप फन्ट’ (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही “ब, क, म, न” कै ‘फर्म्याट’मा ‘टाइप’ गर्नुपर्छ, फरक यत्ति हो कि तपाईले कम्प्युटरमा नेपाली युनिकोड ट्रेडिसनल लेआउट राखेको हुनुपर्छ (सेटिङ मिलाएको हुनुपर्छ) ।
नेपाली ट्रेडिसनलमा टाइप नै नगरेकाहरुलाई मैले सँधै मपुपुकै नेपाली रोमनाइज्ड युनिकोड किबोर्ड लेआउट सिफारिश गर्ने गरेको छु । मैले अनुभव गरेको कुरा के हो भने, अधिकांश नेपाली इन्टरनेट प्रयोगकर्ताहरु नेपालीमा टाइप गर्नुपर्यो भने, कुनै साइट वा एपमा गएर गुगल ट्रान्सलिटेरेट प्रयोग गरेर (वा प्रितीआदि फन्टमा लेखेको युनिकोडमा कन्भर्ट गरेर) नेपाली भाषामा लेख्छन्, अनि त्यसलाई ‘कपी’ गर्छन्, अनि कहाँ ‘पोस्ट’ गर्नुपर्ने हो त्यहाँ गएर ‘पेस्ट’ गर्छन् । मलाई त यो प्रक्रिया सम्झिँदै झन्झटिलो लाग्छ ।
कतिले गुगल ट्रान्सलिटेरेट (गुगल इनपुट) पनि कम्प्युटरमा राखेका हुन्छन्, तर एउटै शब्दको लागि पनि ‘अंग्रेजी स्पेलिङ’ मिलाउँदै, आफूलाई चाहिएको शब्द छान्दै राख्नुपर्छ, यसो गर्दा कहिलेकाँही त आफूले लेख्न खोजेकै शब्द पनि लेख्न सकिन्न । गुगल इनपुटकै लेआउटमा आधारित भएर नेपाली टाइप सजिलो बनाउन दर्जनौँ साइट र मोबाइल एप बनेकाछन्, तर मपुपुले तयार गरेको लेआउटका अगाडि यी सबै झन्झटिला लाग्छन् ।
नेपाली रोमनाइज्ड युनिकोड लेआउट
रोमनाइज्ड लेआउटमा अंग्रेजी अक्षरहरुको आधारमा नेपाली अक्षरहरु लेखिन्छ । भन्नको मतलब, अंग्रेजीमा बोल्दा उस्तै सुनिने अक्षरहरलाई सिधै देवनागिरीमा नेपाली अक्षरहरुलाई जोडा मिलाइएको छ, जसले गर्दा कुनै पनि नेपाली अक्षर वा शब्द रोमनाइज्ड लेआउटमा सजिलै लेख्न सकिन्छ । तपाईले नेपाली अक्षरको बनोट छुट्याउना साथ रोमनाइज्डमा खरर नेपाली लेख्न सक्नुहुन्छ ।
हामीले ‘ka’ — ‘क’, ‘kha’ — ख, भनेर पढ्ने गरेका छौँ, तर रोमनाइज्ड लेआउटमा ‘क’ लेख्नलाई ‘k’ मात्र लेखे पुग्छ भने ‘ख’ लेख्नलाई ठूलो ‘K’ ! तर यही कुरा गुगल ट्रान्सलिटेरेसनमा लेख्नुपर्दा ‘k’ र ‘kha’ नै लेख्नुपर्छ । तलका केही उदाहरणहरु हेरौँ ।
k — क
K — ख
g — ग
G — घ
, — ङ
c — च
C — छ
j — ज
J — झ
y — ञ
यी त केही उदाहरणहरु मात्र भए, प्राय: उस्तै सुनिने अक्षरको लागि एउटै ‘अंग्रेजी’ सानो र ठूलो अक्षर प्रयोग गरिन्छ । नेपाली अक्षरको बनोट (साउन्ड) अनुसार अंग्रेजी अक्षरसँग जोडा मिलाइएको कारण, यो किबोर्ड जो कोहीले पनि सजिलै चलाउन सक्छन् ।
k — क
ka — का
ki — कि
kI — की
ku — कु
kU — कू
ke — के
kE — कै
ko — को
kw — कौ
kM — कं
आकार, उकार, इकार आदि लेख्नको लागि पनि नेपाली अक्षरको बनौट अनुसार अंग्रेजीसँग मिल्दोजुल्दो अक्षर टाइप गरेर लेख्न सकिन्छ । बुझ्नुपर्ने कुरा के हो भने, रोमनाइज्ड लेआउटमा, ‘स्पेलिङ’ लेख्ने होइन । रोमनाइज्ड लेआउटमा नेपाली अक्षरको बनौट अनुसार मिल्दोजुल्दो अंग्रेजी अक्षर टाइप गर्ने हो । यसले गर्दा नेपाली आफूले चाहे जसरी शुद्धसँग लेख्न सकिन्छ । ह्रस्व तथा दीर्घको लागि shift + अक्षर ले काम गर्छ ।
अनि आधि/काटिएको/जोडिएको अक्षर लेख्नको लागि ‘/’ संकेत प्रयोग गरिन्छ ।
js/to — जस्तो
Akarpos/t — आकारपोस्ट
b/lg — ब्लग
केही अक्षरहरु भने किबोर्डमा भेट्न सकिन्न । ती अक्षरहरुको लागि दुईवटा अक्षर जोडेर लेख्नुपर्ने हुन्छ, तर ती अक्षरहरु पनि बनोटको आधारमा लेखिने भएकोले लेख्ने बानी भएपछि एकदमै सजिलो लाग्छ ।
क्ष = क + ् + ष
त्र = त + ् + र
ज्ञ = ज + ् + ञ
त्त = त + ् + त
द्ध = द + ् + ध
श्र = श + ् + र
द्य = द + ् + य
हिजोआज आएका प्राय: सबै अपरेटिङ सिस्टममा (विन्डोज तथा लिनक्सका भर्सनहरु) पहिले नै मपुपु लेआउटमा आधारित नेपाली युनिकोड किबोर्ड समावेश गरिएको छ, प्रयोगकर्ताले कम्प्युटरको भाषा तथा किबोर्ड सेटिङमा गएर नेपाली युनिकोड (ट्रेडिसनल वा रोमनाइज्ड) छान्नु मात्र पर्छ (विन्डोज एक्सपी तथा विन्डोज सेभेनको लागि नेपाली युनिकोड रोमनाइज्ड राख्ने तरिका पहिले नै ब्लगमा उल्लेख गरेको छु)।
मोबाइलका लागि, हाम्रो पात्रोले निर्माण गरेको, नेपाली किबोर्ड देखि गुगलले निर्माण गरेको गुगल किबोर्डसम्ममा मपुपुको लेआउटमा आधारित नेपाली युनिकोड रोमनाइज्ड र ट्रेडिसनल किबोर्ड समावेश गरिएको छ ।
मोबाइलका लागि बनाइएका किबोर्डहरुमा पनि मपुपुले विकसित गरेको रोमनाइज्ड किबोर्ड लेआउट समावेश गरिएका कारण, कम्प्युटर होस् वा मोबाइल सबैतिर एकै किसिमले लेख्न सकिन्छ ।
नेपाली रोमनाइज्ड युनिकोड किबोर्ड लेआउट राख्नुस्, खरर नेपाली टाइप गर्नुस् । तपाईको कम्प्युटरमा पहिले नै रोमनाइज्ड लेआउट (भाषा तथा सेटिङमा गएर किबोर्ड हेर्नुस्) समावेश छैन भने मपुपुको साइटबाट डाउनलोड गरेर इन्स्टल गर्नसक्नुहुन्छ ।
पहिलो पटक आकार पोष्टमा प्रकाशित!
नेपाली टाइप गर्ने सजिलो तरिका was originally published in Aakar Post on Medium, where people are continuing the conversation by highlighting and responding to this story.